समाचार
७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने […]
बार्सिलोना । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी […]
नयाँ वर्ष ०७६ को कार्यक्रम । बैशाख ७ गते । (२०१९ अप्रिल २०) हामी अमेरिका थियौँ । तर, सबै झकिझकाऊ नेपालका थिए, नेपालका पोष्टर टाँसिएका थिए । हाम्रा बालबालिका अंग्रेजीमा कुरा गरिरहेका थिए । तर, मञ्चमा उभिएर तिनीहरुले नै नेपालको राष्ट्रिय गाना गाए । अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाल दिवस मनाउने परम्परा सन् २०१७ बाट सुरु […]
७ असार, काठमाडौं । हेटौंडामा सडक सीमा विवाद पुनः बल्झिएको छ । संघीय सरकारले प्रदेश सरकारले हेटौंडा बजारको राजमार्ग क्षेत्रको दायाँ-बायाँ १६/१६ मिटर कायम गर्न गरेको सिफारिस कार्यान्वयन नगर्ने भएको छ । हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन भन्दै संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार फेरि सूचना जारी गरेको छ । गत […]
७ जेठ, काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरणका लागि पूर्वाधार बनाउने गरी सहकार्य गर्न सहमत भएका छन् । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल-बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएको छ । नेपालको जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने, नेपालबाट बंगलादेशसम्म विद्युत निर्यात गर्ने र दुबै […]
७ असार, काठमाडौं । वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई […]
७ असार, काठमाडौं । सुनको मूल्यले बिहीबार र शुक्रबार लगातार नयाँ रेकर्ड राख्यो । यससँगै राजधानीका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको संख्या बढ्दो छ । नयाँ बानेश्वर, दरबारमार्ग, न्यूरोड, बागबजार क्षेत्रका सुन पसलहरुमा सुन बेच्न चाहनेहरुको सानोतिनो भीड नै छ । बिहीबार र शुक्रबार औसत २० जना भन्दा धेरै ग्राहकले पुरानो सुन फिर्ता गर्न आएको […]
७ असार, काठमाडौं । उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । नेपाली साहित्य र साहित्यकारका विषयमा मिहिन जानकारी राख्ने व्यक्तिमा पनि शर्मा चिनिन्छन् । समालोचक वासुदेव त्रिपाठीका […]
श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें । हतार–हतारमा खोज्दै जाँदा […]
७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ । जिल्ला […]
७ असार, रामेछाप । स्थानीय तह चुनावका लागि गाउँ आएका खाँडादेवी गाउँपालिका–१ का युवा सकिएलगत्तै सहर फर्किए । कतिपय त विदेश नै हानिए । चुनावको बेलामा चहल–पहल भएको गाउँ एकाएक सुनसान, चकमन्न भयो । गाउँ युवाविहीनजस्तै बन्न पुगेपछि वडाध्यक्षमा विजयी विष्णुबहादुर श्रेष्ठको मन खिन्न भयो । मनमा युवालाई गाउँमै रोक्नेबारे अनेक तर्कना चले । यहीबीच […]
७ असार, काठमाडौं । ‘सम्हालेर राख, संगालेर राख, फेरि फूल्ने हो कि होइन जोवनको फूल’ गीतले ख्यातिको शिखरमा पुगेकी संगीतकार शान्ति ठटाल उनको समयकी चर्चित संगीतज्ञ मध्येकी एक हुन् । हाल ८१ वर्षमा यात्रा गरिरहेकी दार्जिलिङकी यी मूर्धन्य संगीतकार यतिबेला नेपाल आएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना मदनमा नयाँ संगीत भरिरहेकी छिन् । उतिबेलै तत्कालीन […]
७ असार, काभ्रे । मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ । शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्किँदा थलप्रसाद सापकोटोको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् । उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको […]
७ असार, डोटी । जिल्ला कारागारका कैदी प्लास्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लास्टिक राखेर सुत्ने गरेका छन् । […]
७ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको हो । मन्त्रालयले कानूनी बहस, छलफल, […]
७ असार, काठमाडौं । टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् । मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका […]
७ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएराति दुई बस ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो […]
७ असार, काठमाडौं । नैतिकता र जवाफदेहितालाई राजनीतिको सबैभन्दा ठूलो पुँजी मानिन्छ । तर हाम्रोमा नेतृत्वको छवि र पारदर्शितामाथि अनेक प्रश्न उठ्दासमेत लाभको पदमा टाँसिरहने परिपाटी छ । नेपालको राजनीतिमा इमानको खडेरी परेको भन्दै बेलाबेला चिन्ता व्यक्त हुने गरे पनि जर्जियाको जर्जियाको राजनीतिज्ञको संस्कार भने निकै भिन्न छ । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन […]
६ असार, काठमाडौं । आर्थिक वर्ष ०७५/०७६ को वैशाखसम्म मुलुकभर ३ हजार २२ आत्महत्याका घटना भए । तीमध्ये अधिकांशमा प्रहरी प्रशासनले एउटैखाले विवादको सामना गर्नुपरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार यो अवधिमा एक हजार १ सय ८० महिलाले मृत्युको बाटो रोजेका छन् । तीमध्ये अधिकांश घटनामा चिकित्सकको रिपोर्टसँग आफन्तजन सहमत नभएको केन्द्रीय प्रहरी […]
६ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदाय, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले […]
६ असार, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिए पनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्देश्य भए पनि बजेटको सही ठाउँमा उपयोग नहुँदा यसको प्रभावकारीता सन्तोषजनक छैन । रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, […]
from समाचार – Online Khabar http://bit.ly/2L9mcqS
via IFTTT






















