समाचार
२६ असोज, दोलखा । मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो । वार्षिक रु एक करोडभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए । मेलुङ गाउँपालिका–३ को भुमेस्थान, […]
२६ असोज, काठमाडौं । चीनले पहिलोपटक नेपालमा सुरुङमार्ग निर्माणमा लगानी गर्न चासो दिएको छ । केरुङ–काठमाडौंबीचको दूरी घटाउने गरी सुरुङमार्ग सहितको सडक बनाइदिन चीन तत्पर भएको हो । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छोडेको थियो । त्यसकै विकल्पमा रसुवाको केरुङवारिको रसुवागढी नाकालाई चीनले अघि सारेको थियो । तर यो नाकासम्मको सडक बिजोक हलतमा रहेकाले […]
२६ असोज, विराटनगर । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिएको छ । विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको […]
२६ असोज, बुटवल । पश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको सराय नाच बुटवलमा ८ बर्षदेखि कोजाग्रत पूर्णिमाका दिन देखाइएको हो । दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल देवीनगरमा प्रदर्शन गरिएको हो । पहाडी जिल्लामा […]
२६ असोज, रामेछाप । रामेछापबाट काठमाडौं जाँदै गरेको बसको छतबाट खसेर आइतबार एक जनाको मृत्यु भएको छ । बा ४ ख ४४२८ नम्बरको बसको छतबाट खसेर रामेछाप नगरपालीका-५ रामपुर खानिडाँडाका २५ बर्षिय पृथ्वी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइले जानकारी दिए । रामपुरबाट काठमाडौंको लागि छुटेको बस मन्थली […]
२६ असोज, वीरगञ्ज । बाराको विभिन्न स्थानबाट प्रहरीले ५ लाख मुल्य बराबरको अवैध समान बरामद गरेको छ । कलैया उप–महानगरपालिका-१० मटिअर्वा टोल स्थित सडक खण्डबाट ४ लाखको कपडा बरामद गरिएको हो । भारतबाट भन्सार छली गरी ४ वटा साईकलमा नेपाल भित्र्याउँदै गरेको रेडिमेड लेडिज कुर्ता १ हजार ५ थान र चौबन्दी २ सय ५ थान […]
२६ असोज, वीरगञ्ज । पर्सा प्रहरीले महिलाको शंकास्पद मृत्यु भएको घटनामा छानबिनका लागि परिवारका तीन जना सदस्यलाई नियन्त्रणमा लिएको छ । पकाहामैनपुर गाउँपालिका-४ धोविया टोलका नसुरद्दीन मीयाँ, उनको भाइ विल्टु मियाँ र भाउजु तुना खातुन पक्राउ परेका हुन् । इलाका प्रहरी कायालय पोखरीयाले नियन्त्रणमा लिएका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ […]
२६ असोज, गाईघाट । कटारी नगरपालिकाको भोर्लेनीमा आइतबार एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको […]
२६ असोज, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला […]
२६ असोज, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक […]
२६ असोज, काठमाडौं । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा/जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ । जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख […]
२६ असोज, काठमाडौं । विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व वैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो संतोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो । विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक […]
२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी दुई दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किए लगत्तै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीले नेपाल र […]
२६ असोज, काठमाडौं । नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)कार्यान्वयनमा जोड दिइएको छ । नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ । संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं-पोखरा-लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि […]
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे । ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् […]
२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले […]
२६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् । आइतबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागी भएका उनले चाडपर्वमा आयोजना हुने यस्ता कार्यक्तमले सम्बन्ध अझै राम्रो बनाउने बताए । ‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो […]
२६ असोज, बनेपा । यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई ५/५ लाख रुपैयाँ दिने आइतबार सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई […]
२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी […]
२६ असोज, बुटवल । ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सियान नगरीका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको छ । चीनका राष्ट्रपति सी र […]
२६ असोज, काठमाडौं । लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइनालाई दिएको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको सयममा लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको हो । बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत […]
from समाचार – Online Khabar https://ift.tt/33sVmjb
via IFTTT






















