Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कटारीमा भएको सवारी दुर्घटनामा १७ जना घाइते   

२६ असोज, गाईघाट ।  कटारी नगरपालिकाको भोर्लेनीमा आइतबार एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको […]

महोत्तरीमा चाँदीसहित एक जना पक्राउ   

२६ असोज, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक […]

सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने नेपाल–चीन सहमति

२६ असोज, काठमाडौं । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा/जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ । जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख […]

नेपालले ७.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण

२६ असोज, काठमाडौं । विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व वैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो संतोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो । विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक […]

‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’   

२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी दुई दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किए लगत्तै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीले नेपाल र […]

सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : देउवा

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे । ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् […]

कांग्रेसको चियापानमा प्रचण्ड : अहिले दुई तिहाइको कुरा नगरौं

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले […]

कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने – देउवासँग ४५ वर्षदेखिको सम्बन्ध हो

२६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् । आइतबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागी भएका उनले चाडपर्वमा आयोजना हुने यस्ता कार्यक्तमले सम्बन्ध अझै राम्रो बनाउने बताए । ‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो […]

सिन्धुपाल्चोक दुर्घटना :  मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने   

२६ असोज, बनेपा ।  यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई ५/५ लाख रुपैयाँ दिने आइतबार सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई […]

विमानस्थलमा यसरी भयो चिनियाँ राष्ट्रपतिको विदाइ

२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी […]

चीनको सियान र बुटवलबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता

२६ असोज, बुटवल । ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सियान नगरीका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको छ । चीनका राष्ट्रपति सी र […]

७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीको पोल्टामा

२६ असोज, काठमाडौं । लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइनालाई दिएको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको सयममा लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको हो । बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत […]

मानव तस्करी र बेचबिखनसम्बन्धी मुद्दाको अनुसन्धान एकै स्थानबाट

२६ असोज, काठमाडौं । मानव तस्करी र बेचबिखनसम्बन्धी अनुसन्धान एकै निकायबाट गर्नेगरी नेपाल प्रहरीमा ‘मानव बेचबिखनसम्बन्धी अनुसन्धान ब्युरो’ स्थापना गरिएको छ । प्रहरी नियमावली सातौं पटक संशोधन गरी गृह मन्त्रालयले नेपाल प्रहरीमा मानव बेचबिखनसम्बन्धी अनुसन्धान ब्युरोको स्थापनालार्ई कानुनी मान्यता दिएको छ । वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढको भन्दै सरकारले २७ जेठ २०७५ मा नेपाल […]

चीनको नानजिङ शहर र काठमाडौंबीच भगिनी सम्बन्ध स्थापना

२६ असोज, काठमाडौँ । काठमाडौं महानगरपालिका र चीनको जियाँग्सु प्रान्तको राजधानी नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदान भएको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा यी दुई शहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्झौतापत्र आदानप्रदान भयो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य […]

पूर्वराष्ट्रपतिको टिप्पणी : नेताहरुमा न हृदय छ, न भिजन

२६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको टिप्पणी गरेका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताए । तात्कालिन शसस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा […]

चिनियाँ लगानीमा निर्मित १० भूकम्प मापन केन्द्र हस्तान्तरण

२६ असोज, काठमाडौं । चीनले आफ्नो सहयोगमा निर्मित १० भूकम्प मापन केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय नेपाल भ्रमणको दोस्रो दिन आइतबार चिनियाँ राष्ट्रपति सी जीनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हिमालसँग जोडिएका १० जिल्लामा निर्मित केन्द्रहरु हस्तान्तरण गरिएको हो । भूगर्व विभागका अनुसार संखुवासभा, सोलुखुम्बु, रसुवा, […]

नेपाल र चीनबीच २० वटा सम्झौता, रेलको सम्भाव्यता अध्ययन गरिने (सूचीसहित)

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता […]

सीको भ्रमणअघि फ्रि तिब्बतको झोला बेच्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बत लेखिएको झोला विक्री वितरण गरेको आरोपमा समातिएका दुई जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा म्याद थप भएको छ । बौद्धको फूलबारीमा रहेको पसलबाट पक्राउ गरेको काठमाडौं-६ का दवाङ निमा लामा र कास्कीका हिस्सी ग्याडो लामाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान थालिएको हो । […]

डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव   

२६ असोज, अमरगढी ।   गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला पर्‍यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान गर्न परीक्षण गर्नुपर्ने अवस्था आयो तर ‘विशिष्ट विशेषज्ञ’ सहितको डडेल्धुरा अस्पतालमा परीक्षण गर्ने डाक्टर थिएनन् । अस्पतालमा डाक्टर नभएपछि बैतडीबाट डाक्टर वसन्त […]

‘बढी नफुर्कौं, अमेरिका र भारतसँग पनि मित्रता राख्नुपर्छ’

चिनियाँ राष्ट्रपति फर्केपछि हामीले यसबारेमा अलिकति समीक्षा गर्नुपर्छ । अतिथिलाई अपमान नहोस् भनेर हामी सबै चुप लागेका हौं । योवीचमा थुप्रै कमीकमजोरीहरु भएका छन् । हामीले यसबारेमा समीक्षा त गर्नैपर्छ । मेरो बुझाइ के छ भने चिनियाँ राष्ट्रपति धेरै पहिले नै नेपाल आउन सक्नुहुन्थ्यो । यो सरकार बनेको पनि दुई वर्ष भइसक्यो । योभन्दा अगाडिदेखि […]

सडकमा चिनियाँ राष्ट्रपतिको विदाइ (फोटो फिचर )

२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा झाँकीसहितको टोलीले विदाइ […]



from समाचार – Online Khabar https://ift.tt/2MapV7k
via IFTTT
Powered by Blogger.