Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एनआरएनएको चुनावी भिडन्त : १२ पदमा ४२ जना चुनिने

२७ असोज, काठमाडौं । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्वसम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा हुँदैछ । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ […]

भूकम्प प्रतिरोधी नयाँ घर बनाए पनि पुरानै घरमा बास

२७ असोज, रामेछाप । रामेछापका अधिकांश भूकम्प पीडितले नयाँ घर निर्माण गरे पनि जोखिमयुक्त पुरानै घरमा बस्दै आएका छन् । कतिपयले त नयाँ बनेका भूकम्प प्रतिरोधी घरहरुलाई घाँसपात राख्न र बाख्रा, कुखुरा थुन्न प्रयोग गरेका छन् । रामेछापमा २०७२ सालमा आएको विनासकारी भूकम्पले करिब ४८ हजार घरमा क्षति भएको थियो । तीमध्ये ४३ हजारले घर […]

चीनबाट अपराधी होइन, प्रमाण ल्याउने समझदारी

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला चीनसँग सुपुर्दगी सन्धि हुने चर्चा थियो । सी भ्रमणको पूर्वसन्ध्यामा बिहीबार आयोजित पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँगको भेटघाटपछि सुपुर्दगी सन्धीमा हस्ताक्षर नहुने विषय सार्वजनिक भयो । छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘सुर्पुदगी सन्धि एजेण्डामै नरहेको’ बताएका थिए । यद्यपि, चिनियाँ प्रतिनिधिमण्डलसँग आइतबार होटल सोल्टीमा पारस्परिक कानूनी सहायतासन्बन्धी […]

प्राचीन पोखरी पुनर्निर्माण गरी बुद्धको मूर्ति राखियो

२७ असोज, पोखरा । कास्कीको मादी गाउँपालिका-३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरी पुनर्निर्माण गरिएको छ । १५ लाख ४८ हजार सात सय रुपैयाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो । पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ । स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम […]

१३ कात्तिकबाट अनशन बस्ने डा. केसीको चेतावनी

२७ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर […]

वडा सदस्यको निधनको शोकमा राजविराज नगरपालिका बन्द

२७ असोज, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१२ का वडासदस्य शिवनारायण यादवको निधन भएको शोकमा राजविराज नगरपालिका बन्द गरिएको छ । राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय सोमबार एक दिनका लागि बन्द गरिएको राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले बताए । राजविराज नगरपालिका-१२ का वडासदस्य ६५ वर्षीय शिवनारायण यादव (शिवु) को शुक्रबार निधन भएको […]

दशैंको बेला बढी भाडा असुल्ने १७ वटा गाडी कारबाहीमा

२७ असोज, काठमाडौं । दशैंको बेला यात्रुहरुबाट मनलाग्दी भाडा असुल्ने १७ वटा सवारी साधनलाई प्रदेश २ ट्राफिक प्रहरीले कारबाही गरेको छ । तोकिएभन्दा बढी भाडा लिने गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालय, पथलैया र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् । यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था […]

सौराहा लगियो कोशी टप्पुका हात्ती, माउते फुर्सदिला

२७ असोज, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा लगिएको छ । कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौरहा लगिएको आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए । आरक्षका सहायक संरक्षण अधिकृत तिवारीका अनुसार कोशी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने […]

छत्रकोटमा करेन्ट लागेर महिलाको मृत्यु

२७ असोज, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएपछि घिमिरेलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताए । घिमिरेको शवलाई […]

इक्वेडरको पोष्टमा अर्जेन्टिनाको ६ गोल

२७ असोज, काठमाडौं । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् । पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा अरु तीन गोल थप्दा भने एक गोल खायो । २० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई […]

अरिंगाल खाँदा १० जना बिरामी

२७ असोज, रुकुमपूर्व । अरिंगाल खाँदा रुकुमपूर्वका पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गंगा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

२७ असोज, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१औं सम्मेलनमा भाग लिनसर्बियाको बेलग्रेड प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको संघीय संसदको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा […]

पर्यटकीयस्थल बन्दै सहस्रधारा

२७ असोज, बागलुङ । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जंगलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा […]

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

२७ असोज, काठमाडौं । नेपाल र छिमेकी देश भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । यसअघि गत माघ ९ र १० मा पोखरामा सम्पन्न समितिको बैठक सोमबारदेखि भारतमा हुन लागेको हो । बैठकलाई नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतकाे तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले […]

दाइजो नदिएको भन्दै भारतमा नेपाली चेलीको हत्या

२८ असोज, मोरङ । एक जना नेपाली चेलीको भारतमा हत्या भएको छ । विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो । उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ । मृतकको […]

सौरभ गांगुलीलाई बीसीसीआईको अध्यक्ष बनाउने सहमति

२७ असोज, काठमाडौं । सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष र गृहमन्त्री अमित शाहका छोरा जय शाह सचिव बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्व क्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ । दैनिक जागरणका अनुसार, मुम्बईमा आइतबार साँझ भएको […]

घोराहीमा लागूऔषधसहित ५ जना पक्राउ

२७ असोज, घोराही । दाङमा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही–१५ का प्रवीन विश्वकर्मा छन् । उनीहरु सबै आइतबार घोराहीको नयाँ बसपार्कबाट पक्राउ […]

इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल चिली प्रस्थान

२७ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रहरी महानिरीक्षक खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर […]

‘बढी नफुर्कौं, अमेरिका र भारतसँग पनि मित्रता राख्नुपर्छ’

चिनियाँ राष्ट्रपति फर्केपछि हामीले यसबारेमा अलिकति समीक्षा गर्नुपर्छ । अतिथिलाई अपमान नहोस् भनेर हामी सबै चुप लागेका हौं । योवीचमा थुप्रै कमीकमजोरीहरु भएका छन् । हामीले यसबारेमा समीक्षा त गर्नैपर्छ । मेरो बुझाइ के छ भने चिनियाँ राष्ट्रपति धेरै पहिले नै नेपाल आउन सक्नुहुन्थ्यो । यो सरकार बनेको पनि दुई वर्ष भइसक्यो । योभन्दा अगाडिदेखि […]

बुढानीलकण्ठमा कौडाको खालबाट ११ जना पक्राउ

२६ असोज, काठमाडौं । प्रहरीले बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार राति साढे १० बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट ४ लाखभन्दा बढी रुपैयाँ पनि बरामद गरेको छ । थप अनुसन्धान […]

भारत र चीन नजिक हुँदा खुशी छौं – परराष्ट्रमन्त्री ज्ञवाली

२६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताउँदै यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी बताएका छन् । चिनियाँ राष्ट्रपति दुई दिने भ्रमण सकेर स्वदेश फर्केकै दिन आइतबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणबाट म एकदमै खुशी छु । यसलाई मैले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी […]



from समाचार – Online Khabar https://ift.tt/2McpkC5
via IFTTT
Powered by Blogger.