Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साउन र भदौमा आयात घट्यो, निर्यातमा उल्लेख्य वृद्धि

२७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो […]

राष्ट्रपति भण्डारी पर्सी म्यानमार जाने

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको नियन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन […]

एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा (उम्मेदवारको सूचीसहित)

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्। काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे । एक महासचिवका लागि धेरैले उम्मेदवारी घोषणा गरेकोले आचार्य टिम मिलेको […]

वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे छैन । २६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल […]

एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा

२७ असोज, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् । महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु […]

अध्यक्ष रिसाएपछि एनआरएनएले गर्‍यो दोहोर्‍याएर पत्रकार सम्मेलन

२७ असोज, काठमाडौं । आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्‍यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ । सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट […]

बालुवाटारमा जग्गा किनेर ठगियौं : एनआरएनए

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको बताएको छ । नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव बद्री केसीले बताए । ‘संस्थाको नाममा जग्गा छ । ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो’ उनले भने ‘राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं […]

कोसीटप्पु : घुम्ने ठाउँ छ, सरकारको ध्यान छैन

२७ असोज, सुनसरी । सरकारले आगामी वर्ष सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा पर्ने कोसीटप्पु वन्य जन्तु आरक्ष घुम्नका लागि आकर्षक गन्तव्य बन्न सक्छ । तर, प्रदेश १ सरकार र स्थानीय सरकारले कोसीको पर्यटन विकासमा खासै ध्यान दिएको छैन । यतिसम्म कि यहाँका हात्ती चितवनको […]

सी भ्रमणको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री खुशी

२७ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थाको प्रशंसा गरेका छन् । सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको उनले टिप्पणी गरे । सी को भ्रमणका क्रममा प्रदान गरेको सुरक्षाले नेपालको […]

दरबारमार्ग आगलागी : ८ करोड क्षति भएको सञ्चालकको दाबी

२७ असोज, काठमाडौं । दरबारमार्गको भिक्टी लाउन्जमा भएको आगलागीमा ८ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरिएको छ । क्लबका सञ्चालकले प्रहरीसमक्ष क्षतिको ठूलो आँकलन प्रस्तुत गरेका हुन् । तर, सञ्चालकको दाबीलाई प्रहरीले विश्वास गरेको छैन । काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार क्षति भएका सामानको विल र नष्ट भएका सामग्रीको रकमसहित यर्थाथ विवरण पुनः […]

विराटनगरका ज्येष्ठ नागरिकले दशैंमा पाएनन् भत्ता

२७ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले यस वर्षको दशैंअघि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएन । दशैंअघि भत्ता नपाउँदा महानगरभित्रका पाँच हजार भन्दाबढी ज्येष्ठ नागरिकको दसैं खल्लो बन्न पुग्यो । सामाजिक सुरक्षा भत्ताबाट दशैंको गर्जाे टार्ने योजना बनाए पनि दशै‌ं अभावमै बितेको विराटनगर– ९ कि सुकमाया गुरुङले बताइन् । विराराटनगर – ९ कै बुचिया ठाकुर […]

प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने अभियान सुरु

२७ असोज, बुटवल । पाल्पा र बुटवलमा पर्ने दुईवटा सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न बसेका डेढ दर्जन व्यक्तिलाई हटाएर प्रदेश ५लाई सडक मानवमुक्त बनाउने अभियान सुरु भएको छ । प्रदेश सरकारले गत वर्ष घोषणा गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो । सामाजिक विकास मन्त्रालयले पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा औपचारिक कार्यक्रम गरी प्रदेशलाई सडक मानवमुक्त […]

चितवनमा उपनिर्वाचन : कांग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस   

२७ असोज, चितवन । नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत […]

चिनियाँ ठेकेदारले पाएका ठूला आयोजना : कुनमा कति प्रगति ?

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर फर्किसकेका छन् । यो भ्रमणले नेपाल–चीन सम्वन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास सरकारले लिएको छ । त्यसो त विगतदेखि नै चीन नेपालको हितैषी र प्रमुख विकास साझेदार हो । चिनियाँ सहयोगमा नेपालमा धेरै उद्योगधन्दाहरु नेपालमा खुलेका छन् भने धेरै आयोजनाहरुको निर्माण चिनीयाँ कम्पनीहरुले […]

गाडीको ठक्करबाट चितवनमा एक जनाको मृत्यु   

२७ असोज, चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]

साधु हत्याको आरोपमा तीन जना पक्राउ   

२७ असोज, अमरगढी ।  डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ […]

पर्सामा प्रहरीद्वारा २२ वटा भैंसी र पाडा नियन्त्रणमा

२७ असोज, वीरगञ्ज । पर्साको विन्दवासिनीबाट प्रहरीले २२ वटा भैंसी र पाडा नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली भित्र्याउँदै गरेको अवस्थामा विन्दवासिनी गाउँपालिका-१ अमरपट्टीबाट भैंसी नियन्त्रणमा लिईएको हो । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ भैंसी नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ […]

मानसिक रोगी महिला बलात्कृत

२७ असोज, काठमाडौं । संखुवासभाको मादी–४ मा मानसिक रोगी महिला बलात्कृत भएकी छन् । स्थानीय ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३९ वर्षीय शेफ कुलिनलाई पक्राउ गरेको छ । आइतबार बिहान मेलबोटे जंगलमा बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार कुलिन […]

हत्या आरोपी आलम सांसद पदबाट निलम्वित

२७ असोज, काठमाडौं । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि […]

हराउँदै गुल्मीको मौलिक सरायँ नाच

२७ असोज, गुल्मी । गुल्मीको पुरानो मौलिक सरायँ नाच लोप हुन थालेको छ । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मीलगायत आसपासका क्षेत्रहरुमा नाचिन्थ्यो । यो एउटा खेल पनि हो । प्रायः सरायँ नाच दशैंको टीकाको दिनदेखि कोजाग्रत पूणिर्माको दिनसम्म देखाउने प्रचलन थियो । परापूर्वकालदेखि नाच्न थालिएको सरायँ घरबाट टाढा गएकाहरु दशैंंमा […]

शिक्षण अस्पतालबाट विदा हुँदा डा. केसीको बाचा : शिक्षा र स्वास्थ्यका लागि लडिरहन्छु

२७ असोज, काठमाडौं । ३० वर्षे सेवा अवधि पूरा गर्दै त्रिवि शिक्षण अस्पतालबाट विदा लिँदै गर्दा डा. गोविन्द केसीले भनेका छन्, ‘अवकासपछि पनि म डाक्टर हुँ । नागरिकका रुपमा शिक्षा र स्वास्थ्यका लागि लडिरहन्छु ।’ अर्थोपेडिक सर्जनका रुपमा शिक्षण अस्पतालमा ३० वर्ष सेवा गरेका डा. केसी त्यसबेला चर्चामा आए, जब चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा […]



from समाचार – Online Khabar https://ift.tt/33xkXHA
via IFTTT
Powered by Blogger.