समाचार
२७ असोज, बुटवल । कोही एक तोला सुनका लागि हत्यारा बन्ला ? अधिकांशलाई पत्याउन गाह्रो पर्छ । तर, बुटवलमा एक व्यक्तिले मुन्द्राको लोभमा महिलाको विभत्स हत्या गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख हेम थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा हेटौंडा घर भइ बुटवल–३, ज्योतिनगरमा बस्दै आएका ४२ वर्षीय राम लामा पक्राउ परेका छन् […]
२६ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदका लागि ४२ जनाको निर्वाचन हुने भएको छ । महाधिवेशनको उद्घाटन मंगलबार काठमाडौंमा हुँदैछ । अध्यक्षमा कुल आचार्य र कुमार पन्तवीच द्वीपक्षीय प्रतिस्पर्धा हुने यसपटकको महाधिवेशनमा रोचक भिडन्त चाहिँ ५ उपाध्यक्ष पदका लागि हुने देखिएको छ । गैरआवासीय नेपाली संघको २००३ […]
२७ असोज, काठमाडौं । सामूहिक हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई निशर्त रिहाइ गर्नु पर्ने माग राख्दै नेपाली कांग्रेसले रौतहटमा प्रदर्शन गरेको छ । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले सोमबार रौतहटका विभिन्न […]
२७ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् । ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ,’ स्रोतले भन्यो, […]
२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदिने औपचारिक भ्रमणमा आएका आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा सार्वजनिक गरिन् । ‘हाम्रोनिकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश […]
२७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो […]
२७ असोज, बुटवल । बुटवल ज्योतीनगरकी टिकीसरी गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । गत असोज १७ गते धारीलो हँसिया प्रयोग गरी हत्या गरिएकी गुरुङको हत्या अभियोगमा मकवानपुर जिल्ला हेटौडा घर भएका राम लामालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । बाख्रा चराउन गएकी गुरुङलाई हँसिया प्रहार गरी बुटवल बहुमुखी क्याम्पस पछाडीको […]
२७ असोज, बुटवल । बुटवलसंग मैत्री सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख सहर सिआन सिटीको टोलीले बुटवलको अवलोकन भ्रमण गर्दै सहकार्यलाई उन्नत स्तरमा पुर्याउने प्रतिबद्धता जनाएको छ । सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वका त्यहाँको रेल–वे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीहरुको विशेष टोली बुटवलमा आएको छ […]
२७ असोज, पोखरा । ‘१ निर्वाचन क्षेत्र १ नमुना कृषि गाउँ’ विकास गर्न गण्डकी प्रदेश सरकार लागि परेको छ । चैत १० गते योजनाको सुरुआत तनहुँको भीमाद ९ पाथर्दीबाट प्रदेश सरकारले गरेको थियो । योजनाकोे शुभारम्भ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘अबको ५ वर्षमा प्रदेशको उत्पादन दोब्बर हुन्छ । यहाँ अझैं १४ प्रतिशत जनता […]
२७ असोज,काठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर […]
२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व सम्मेलनमा सहभागी हुन सोमबार मध्यान्हसम्म १ हजार ५ सयभन्दा बढी मतदाताहरु काठमाडौं ओर्लिसकेका छन् । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको मूख्य आयोजक नै नेपाल सरकार रहेको छ । परराष्ट्र मन्त्रालयको संयोजकत्वमा नेपाल […]
२७ असोज, विराटनगर । मोरङमा प्रहरीले औषधि पसलबाट लागुऔषध बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका– २ पशुपति चोकका २० बर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ४ का २६ बर्षका नरेश यादवलाई पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठलाई असोज २३ गते सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो । […]
२७ असोज, काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम दिएको हो । उक्त समयावधिभित्र पनि कुनै कारवाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने चेतावनी आयोनले दिएको […]
२७ असोज, काठमाडौं । नेपालमा दुई दर्जन भन्सार बिन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ । तर, निर्यात व्यापार भने केवल ४ वटा भन्सारमा मात्र सिमित रहेको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिनामा सबैभन्दा बढी निर्यात व्यापार वीरगन्ज भन्सारबाट भयो । यस भन्सार विन्दुबाट २७.९७ प्रतिशत निर्यात भएको छ […]
२७ असोज, काठमाडौं । सन् २०१९ को सेप्टेम्बर महिनामा १८ हजार ३ सय ५१ जना विदेशी पर्यटक गण्डकी प्रदेशको भ्रमणमा पुगेका छन् । मुख्य पर्यटकीय सिजन सुरु भएकै महिनामा ठूलो संख्यामा विदेशी पर्यटक गण्डकी प्रदेश भ्रमणमा पुगेका हुन् । प्रदेश सरकारले अघिल्लो महिनादेखि कास्कीस्थित पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीबाट प्रवेश […]
२७ असोज, सप्तरी । चिकित्सक डयूटीमा नआएको भन्दै राजविराजस्थत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सोमबार तोडफोड गरिएको छ । बिरामी लिएर आएका केही ब्यक्तिले दिउँसो २ बजेसम्म पनि चिकित्सक अस्पतालमा नआएको भन्दै तोडफोड गरेका हुन् । अस्पतालमा कार्यरत चिकित्सक डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव दिउँसो २ बजेसम्म पनि अस्पताल नआएको भन्दै तोडफोड […]
२७ असोज, सुनसरी । सरकारले आगामी वर्ष सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा पर्ने कोसीटप्पु वन्य जन्तु आरक्ष घुम्नका लागि आकर्षक गन्तव्य बन्न सक्छ । तर, प्रदेश १ सरकार र स्थानीय सरकारले कोसीको पर्यटन विकासमा खासै ध्यान दिएको छैन । यतिसम्म कि यहाँका हात्ती चितवनको […]
२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन […]
२७ असोज, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा लगिएको छ । कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौरहा लगिएको आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए । आरक्षका सहायक संरक्षण अधिकृत तिवारीका अनुसार कोशी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने […]
२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्। काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे । एक महासचिवका लागि धेरैले उम्मेदवारी घोषणा गरेकोले आचार्य टिम मिलेको […]
२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे छैन । २६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल […]
from समाचार – Online Khabar https://ift.tt/35x6Eop
via IFTTT






















