समाचार
२७ असोज, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१२ का वडासदस्य शिवनारायण यादवको निधन भएको शोकमा राजविराज नगरपालिका बन्द गरिएको छ । राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय सोमबार एक दिनका लागि बन्द गरिएको राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले बताए । राजविराज नगरपालिका-१२ का वडासदस्य ६५ वर्षीय शिवनारायण यादव (शिवु) को शुक्रबार निधन भएको […]
२७ असोज, काठमाडौं । दशैंको बेला यात्रुहरुबाट मनलाग्दी भाडा असुल्ने १७ वटा सवारी साधनलाई प्रदेश २ ट्राफिक प्रहरीले कारबाही गरेको छ । तोकिएभन्दा बढी भाडा लिने गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालय, पथलैया र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् । यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था […]
२७ असोज, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा लगिएको छ । कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौरहा लगिएको आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए । आरक्षका सहायक संरक्षण अधिकृत तिवारीका अनुसार कोशी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने […]
२७ असोज, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएपछि घिमिरेलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताए । घिमिरेको शवलाई […]
२७ असोज, काठमाडौं । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् । पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा अरु तीन गोल थप्दा भने एक गोल खायो । २० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई […]
२७ असोज, रुकुमपूर्व । अरिंगाल खाँदा रुकुमपूर्वका पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गंगा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ […]
२७ असोज, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१औं सम्मेलनमा भाग लिनसर्बियाको बेलग्रेड प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको संघीय संसदको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा […]
२७ असोज, बागलुङ । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जंगलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा […]
२७ असोज, काठमाडौं । नेपाल र छिमेकी देश भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । यसअघि गत माघ ९ र १० मा पोखरामा सम्पन्न समितिको बैठक सोमबारदेखि भारतमा हुन लागेको हो । बैठकलाई नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतकाे तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले […]
२८ असोज, मोरङ । एक जना नेपाली चेलीको भारतमा हत्या भएको छ । विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो । उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ । मृतकको […]
२७ असोज, काठमाडौं । सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष र गृहमन्त्री अमित शाहका छोरा जय शाह सचिव बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्व क्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ । दैनिक जागरणका अनुसार, मुम्बईमा आइतबार साँझ भएको […]
२७ असोज, घोराही । दाङमा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही–१५ का प्रवीन विश्वकर्मा छन् । उनीहरु सबै आइतबार घोराहीको नयाँ बसपार्कबाट पक्राउ […]
२७ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रहरी महानिरीक्षक खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर […]
२६ असोज, काठमाडौं । प्रहरीले बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार राति साढे १० बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट ४ लाखभन्दा बढी रुपैयाँ पनि बरामद गरेको छ । थप अनुसन्धान […]
२६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताउँदै यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी बताएका छन् । चिनियाँ राष्ट्रपति दुई दिने भ्रमण सकेर स्वदेश फर्केकै दिन आइतबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणबाट म एकदमै खुशी छु । यसलाई मैले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी […]
२६ असोज, काठमाडौं । चीनले पहिलोपटक नेपालमा सुरुङमार्ग निर्माणमा लगानी गर्न चासो दिएको छ । केरुङ–काठमाडौंबीचको दूरी घटाउने गरी सुरुङमार्ग सहितको सडक बनाइदिन चीन तत्पर भएको हो । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छोडेको थियो । त्यसकै विकल्पमा रसुवाको केरुङवारिको रसुवागढी नाकालाई चीनले अघि सारेको थियो । तर यो नाकासम्मको सडक बिजोक हलतमा रहेकाले […]
२६ असोज, सप्तरी । काठमाडौंबाट आफ्नो घर राजविराजतर्फ आउने क्रममा गत असोज १८ गते सडक दुर्घटनामा ज्यान गुमाएकी युवतीको परिवारले चालकको लापर्वाहीका कारण दुर्घटना भएको जनाएका छन् । मृतक परिवारले राज्यसँग क्षतिपूर्तीको माग समेत गरेका छन् । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपाल बसाई निकै व्यस्त रह्यो । शनिबार अपराह्न काठमाडौंमा ओलिँदा भब्य स्वागत पाएका उनी सिधै सोल्टी होटल पुगे । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास आए र रात्रीभोजका लागि फेरि होटलमा पुगे । त्यहाँ दुबै राष्ट्रपतिले सम्बोधन गरे । भोलिपल्ट आइतबार पनि राष्ट्रपति सी उच्चस्तरीय राजनीतिक […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिःङको नेपाल भ्रमण र दशैं चाडले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपालाई नजिक बनाएको छ । अक्सर विवाद गरिरहने दुई पार्टीका नेताहरु केही दिनयता निकट बनेका छन् । २३ बर्षपछि चीनबाट भएको राष्ट्रपतिस्तरीय नेपाल भ्रमणलाई दुबै दलका नेताहरुले स्वागत र प्रशंसा गरेका छन् । यसको प्रष्ट दृश्य […]
२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’ आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली […]
२६ असोज, वीरगञ्ज । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आधुनिक प्रविधिका कारण खेलकूदबाट बालबालिका टाढिंदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पर्साको कालिकामाई गाउँपालिका र बजरंग युवा क्लबद्वारा आयोजित प्रथम हरिहरपुर गोल्डकप प्रतियोगिताको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री गद्दीले पछिल्ला दिनमा बालबालिका खेलकूदमा भन्दा मोबाइल, इन्टरनेटमा रुमल्लिन थालेकोले खेलकूदबाट टाढिँदै गएको बताए । ‘बाल्यावस्थादेखि खेलकूदमा […]
from समाचार – Online Khabar https://ift.tt/2OHUpPM
via IFTTT






















