Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बुढानिलकण्ठमा कौडाको खालबाट ११ जना पक्राउ

२६ असोज, काठमाडौं । प्रहरीले बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार राति साढे १० बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट ४ लाखभन्दा बढी रुपैयाँ पनि बरामद गरेको छ । थप अनुसन्धान […]

दुम्जा दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारद्वारा क्षतिपूर्ती माग

२६ असोज, सप्तरी । काठमाडौंबाट आफ्नो घर राजविराजतर्फ आउने क्रममा गत असोज १८ गते सडक दुर्घटनामा ज्यान गुमाएकी युवतीको परिवारले चालकको लापर्वाहीका कारण दुर्घटना भएको जनाएका छन् । मृतक परिवारले राज्यसँग क्षतिपूर्तीको माग समेत गरेका छन् । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा […]

तस्वीरमा राष्ट्रपति सीको नेपाल दौडाह

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपाल बसाई निकै व्यस्त रह्यो । शनिबार अपराह्न काठमाडौंमा ओलिँदा भब्य स्वागत पाएका उनी सिधै सोल्टी होटल पुगे । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास आए र रात्रीभोजका लागि फेरि होटलमा पुगे । त्यहाँ दुबै राष्ट्रपतिले सम्बोधन गरे । भोलिपल्ट आइतबार पनि राष्ट्रपति सी उच्चस्तरीय राजनीतिक […]

कांग्रेसको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– योबेला झूलो चकमक लगाउने काम नगरौं

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिःङको नेपाल भ्रमण र दशैं चाडले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपालाई नजिक बनाएको छ । अक्सर विवाद गरिरहने दुई पार्टीका नेताहरु केही दिनयता निकट बनेका छन् । २३ बर्षपछि चीनबाट भएको राष्ट्रपतिस्तरीय नेपाल भ्रमणलाई दुबै दलका नेताहरुले स्वागत र प्रशंसा गरेका छन् । यसको प्रष्ट दृश्य […]

दरबारमार्गको आगलागी नियन्त्रणमा

२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’ आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली […]

बालबालिका खेलकुदबाट टाढिएकोमा मुख्यमन्त्री राउत चिन्तित

२६ असोज, वीरगञ्ज । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आधुनिक प्रविधिका कारण खेलकूदबाट बालबालिका टाढिंदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पर्साको कालिकामाई गाउँपालिका र बजरंग युवा क्लबद्वारा आयोजित प्रथम हरिहरपुर गोल्डकप प्रतियोगिताको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री गद्दीले पछिल्ला दिनमा बालबालिका खेलकूदमा भन्दा मोबाइल, इन्टरनेटमा रुमल्लिन थालेकोले खेलकूदबाट टाढिँदै गएको बताए । ‘बाल्यावस्थादेखि खेलकूदमा […]

कात्तिक १ र २ गते दोलखामा आलु महोत्सव हुने    

२६ असोज, दोलखा । मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो । वार्षिक रु एक करोडभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए । मेलुङ गाउँपालिका–३ को भुमेस्थान, […]

सुरुङमार्गको सन्देश : चीनको प्राथमिकता तातोपानी होइन रसुवागढी

२६ असोज, काठमाडौं । चीनले पहिलोपटक नेपालमा सुरुङमार्ग निर्माणमा लगानी गर्न चासो दिएको छ । केरुङ–काठमाडौंबीचको दूरी घटाउने गरी सुरुङमार्ग सहितको सडक बनाइदिन चीन तत्पर भएको हो । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छोडेको थियो । त्यसकै विकल्पमा रसुवाको केरुङवारिको रसुवागढी नाकालाई चीनले अघि सारेको थियो । तर यो नाकासम्मको सडक बिजोक हलतमा रहेकाले […]

दाइजो नदिँदा नेपाली मूलकी युवतीको हत्या

२६ असोज, विराटनगर । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिएको छ । विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको […]

बुटवलमा ८ बर्षदेखि नियमित सराँय नाच

२६ असोज, बुटवल । पश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको सराय नाच बुटवलमा ८ बर्षदेखि कोजाग्रत पूर्णिमाका दिन देखाइएको हो । दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल देवीनगरमा प्रदर्शन गरिएको हो । पहाडी जिल्लामा […]

रामेछापमा बसको छतबाट खस्दा एक युवकको मृत्यु

२६ असोज, रामेछाप । रामेछापबाट काठमाडौं जाँदै गरेको बसको छतबाट खसेर आइतबार एक जनाको मृत्यु भएको छ । बा ४ ख ४४२८ नम्बरको बसको छतबाट खसेर रामेछाप नगरपालीका-५ रामपुर खानिडाँडाका २५ बर्षिय पृथ्वी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइले जानकारी दिए । रामपुरबाट काठमाडौंको लागि छुटेको बस मन्थली […]

बारामा प्रहरीद्वारा ५ लाखको समान बरामद

२६ असोज, वीरगञ्ज । बाराको विभिन्न स्थानबाट प्रहरीले ५ लाख मुल्य बराबरको अवैध समान बरामद गरेको छ । कलैया उप–महानगरपालिका-१० मटिअर्वा टोल स्थित सडक खण्डबाट ४ लाखको कपडा बरामद गरिएको हो । भारतबाट भन्सार छली गरी ४ वटा साईकलमा नेपाल भित्र्याउँदै गरेको रेडिमेड लेडिज कुर्ता १ हजार ५ थान र चौबन्दी २ सय ५ थान […]

पर्सामा महिलाको शंकास्पद मृत्यु, गाडेको शव निकालेर पोष्टमार्टम

२६ असोज, वीरगञ्ज । पर्सा प्रहरीले महिलाको शंकास्पद मृत्यु भएको घटनामा छानबिनका लागि परिवारका तीन जना सदस्यलाई नियन्त्रणमा लिएको छ । पकाहामैनपुर गाउँपालिका-४ धोविया टोलका नसुरद्दीन मीयाँ, उनको भाइ विल्टु मियाँ र भाउजु तुना खातुन पक्राउ परेका हुन् । इलाका प्रहरी कायालय पोखरीयाले नियन्त्रणमा लिएका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ […]

कटारीमा भएको सवारी दुर्घटनामा १७ जना घाइते   

२६ असोज, गाईघाट ।  कटारी नगरपालिकाको भोर्लेनीमा आइतबार एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको […]

रौतहटमा गोली हानेर युवकको हत्या

२६ असोज, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला […]

महोत्तरीमा चाँदीसहित एक जना पक्राउ   

२६ असोज, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक […]

सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने नेपाल–चीन सहमति

२६ असोज, काठमाडौं । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा/जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ । जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख […]

‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’   

२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी दुई दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किए लगत्तै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीले नेपाल र […]

नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी

२६ असोज, काठमाडौं । नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)कार्यान्वयनमा जोड दिइएको छ । नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ । संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं-पोखरा-लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि […]

नेकपालाई सीका पाँच सन्देश

२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु […]

सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : देउवा

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे । ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् […]



from समाचार – Online Khabar https://ift.tt/32bzGI1
via IFTTT
Powered by Blogger.