Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रपति भण्डारी पर्सी म्यानमार जाने

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन […]

एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार बनेकी छन् । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर साथीहरुको सल्लाहमा जानकीलाई […]

वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे छैन । २६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल […]

एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा

२७ असोज, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् । महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु […]

अध्यक्ष रिसाएपछि एनआरएनएले गर्‍यो दोहोर्‍याएर पत्रकार सम्मेलन

२७ असोज, काठमाडौं । आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्‍यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ । सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट […]

कोसीटप्पु : घुम्ने ठाउँ छ, सरकारको ध्यान छैन

२७ असोज, सुनसरी । सरकारले आगामी वर्ष सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा पर्ने कोसीटप्पु वन्य जन्तु आरक्ष घुम्नका लागि आकर्षक गन्तव्य बन्न सक्छ । तर, प्रदेश १ सरकार र स्थानीय सरकारले कोसीको पर्यटन विकासमा खासै ध्यान दिएको छैन । यतिसम्म कि यहाँका हात्ती चितवनको […]

सी भ्रमणको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री खुशी

२७ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थाको प्रशंसा गरेका छन् । सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको उनले टिप्पणी गरे । सी को भ्रमणका क्रममा प्रदान गरेको सुरक्षाले नेपालको […]

दरबारमार्ग आगलागी : ८ करोड क्षति भएको सञ्चालकको दाबी

२७ असोज, काठमाडौं । दरबारमार्गको भिक्टी लाउन्जमा भएको आगलागीमा ८ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरिएको छ । क्लबका सञ्चालकले प्रहरीसमक्ष क्षतिको ठूलो आँकलन प्रस्तुत गरेका हुन् । तर, सञ्चालकको दाबीलाई प्रहरीले विश्वास गरेको छैन । काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार क्षति भएका सामानको विल र नष्ट भएका सामग्रीको रकमसहित यर्थाथ विवरण पुनः […]

विराटनगरका ज्येष्ठ नागरिकले दशैंमा पाएनन् भत्ता

२७ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले यस वर्षको दशैंअघि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएन । दशैंअघि भत्ता नपाउँदा महानगरभित्रका पाँच हजार भन्दाबढी ज्येष्ठ नागरिकको दसैं खल्लो बन्न पुग्यो । सामाजिक सुरक्षा भत्ताबाट दशैंको गर्जाे टार्ने योजना बनाए पनि दशै‌ं अभावमै बितेको विराटनगर– ९ कि सुकमाया गुरुङले बताइन् । विराराटनगर – ९ कै बुचिया ठाकुर […]

प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने अभियान सुरु

२७ असोज, बुटवल । पाल्पा र बुटवलमा पर्ने दुईवटा सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न बसेका डेढ दर्जन व्यक्तिलाई हटाएर प्रदेश ५लाई सडक मानवमुक्त बनाउने अभियान सुरु भएको छ । प्रदेश सरकारले गत वर्ष घोषणा गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो । सामाजिक विकास मन्त्रालयले पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा औपचारिक कार्यक्रम गरी प्रदेशलाई सडक मानवमुक्त […]

चितवनमा उपनिर्वाचन : कांग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस   

२७ असोज, चितवन । नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत […]

चिनियाँ ठेकेदारले पाएका ठूला आयोजना : कुनमा कति प्रगति ?

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर फर्किसकेका छन् । यो भ्रमणले नेपाल–चीन सम्वन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास सरकारले लिएको छ । त्यसो त विगतदेखि नै चीन नेपालको हितैषी र प्रमुख विकास साझेदार हो । चिनियाँ सहयोगमा नेपालमा धेरै उद्योगधन्दाहरु नेपालमा खुलेका छन् भने धेरै आयोजनाहरुको निर्माण चिनीयाँ कम्पनीहरुले […]

गाडीको ठक्करबाट चितवनमा एक जनाको मृत्यु   

२७ असोज, चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]

साधु हत्याको आरोपमा तीन जना पक्राउ   

२७ असोज, अमरगढी ।  डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ […]

पर्सामा प्रहरीद्वारा २२ वटा भैंसी र पाडा नियन्त्रणमा

२७ असोज, वीरगञ्ज । पर्साको विन्दवासिनीबाट प्रहरीले २२ वटा भैंसी र पाडा नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली भित्र्याउँदै गरेको अवस्थामा विन्दवासिनी गाउँपालिका-१ अमरपट्टीबाट भैंसी नियन्त्रणमा लिईएको हो । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ भैंसी नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ […]

मानसिक रोगी महिला बलात्कृत

२७ असोज, काठमाडौं । संखुवासभाको मादी–४ मा मानसिक रोगी महिला बलात्कृत भएकी छन् । स्थानीय ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३९ वर्षीय शेफ कुलिनलाई पक्राउ गरेको छ । आइतबार बिहान मेलबोटे जंगलमा बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार कुलिन […]

हत्या आरोपी आलम सांसद पदबाट निलम्वित

२७ असोज, काठमाडौं । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि […]

हराउँदै गुल्मीको मौलिक सरायँ नाच

२७ असोज, गुल्मी । गुल्मीको पुरानो मौलिक सरायँ नाच लोप हुन थालेको छ । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मीलगायत आसपासका क्षेत्रहरुमा नाचिन्थ्यो । यो एउटा खेल पनि हो । प्रायः सरायँ नाच दशैंको टीकाको दिनदेखि कोजाग्रत पूणिर्माको दिनसम्म देखाउने प्रचलन थियो । परापूर्वकालदेखि नाच्न थालिएको सरायँ घरबाट टाढा गएकाहरु दशैंंमा […]

शिक्षण अस्पतालबाट विदा हुँदा डा. केसीको बाचा : शिक्षा र स्वास्थ्यका लागि लडिरहन्छु

२७ असोज, काठमाडौं । ३० वर्षे सेवा अवधि पूरा गर्दै त्रिवि शिक्षण अस्पतालबाट विदा लिँदै गर्दा डा. गोविन्द केसीले भनेका छन्, ‘अवकासपछि पनि म डाक्टर हुँ । नागरिकका रुपमा शिक्षा र स्वास्थ्यका लागि लडिरहन्छु ।’ अर्थोपेडिक सर्जनका रुपमा शिक्षण अस्पतालमा ३० वर्ष सेवा गरेका डा. केसी त्यसबेला चर्चामा आए, जब चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा […]

मुस्कान खातुनको मुस्कान खोस्नेहरुलाई अदालतमा पेश गर्ने तयारी

२७ असोज, वीरगञ्ज । वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुन माथि एसिड प्रहार गर्ने दुई युवकलाई प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ । उनी माथि एसिड प्रहार भएको ३८ दिन बितिसकेको छ । कानुनतः अभियुक्तलाई २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाउने भएपछि प्रहरी दबावमा छ । दशैं विदाका कारण अदातल मंगलबारबाट मात्रै खुल्दैछ । प्रहरीले […]

चीनबाट अपराधी होइन, प्रमाण ल्याउने समझदारी

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला चीनसँग सुपुर्दगी सन्धि हुने चर्चा थियो । सी भ्रमणको पूर्वसन्ध्यामा बिहीबार आयोजित पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँगको भेटघाटपछि सुपुर्दगी सन्धीमा हस्ताक्षर नहुने विषय सार्वजनिक भयो । छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘सुर्पुदगी सन्धि एजेण्डामै नरहेको’ बताएका थिए । यद्यपि, चिनियाँ प्रतिनिधिमण्डलसँग आइतबार होटल सोल्टीमा पारस्परिक कानूनी सहायतासन्बन्धी […]



from समाचार – Online Khabar https://ift.tt/2nIwkgH
via IFTTT
Powered by Blogger.