Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउनपछि शान्त स्वयम्भू (फोटो फिचर)

१२ चैत, काठमाडौं । सरकारी निर्देशनपछि अहिले देशभरका मानिस आकस्मिक कामबाहेक घर बाहिर निस्केका छैनन् । त्यसैले सधैं व्यस्त रहने काठमाडौंका धार्मिक स्थलहरु सुनसान छन् । हरेक दिन विहान मर्निङ वाक गर्नेदेखि पूजापाठ र घुमफिर गर्न जानेहरुका कारण भीड लाग्ने स्वयम्भूनाथ हिजोआज सुनसान छ । यहाँ एकाधबाहेक मान्छे भेटिन मुश्किल छ । हेर्नुहोस् तस्वीरहरु  

कोरोना रोकथाममा सहयोग नगर्ने निजी अस्पताललाई कारबाही गरिने

१२ चैत, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा सरकारलाई सहयोग नगर्ने निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कारबाही गर्ने भएको छ । कोरोना नियन्त्रण र प्रतिकार्यमा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाइलाई सक्रिय बनाइने र सहयोग नगर्ने संघसंस्थाहरुको विवरण तयार गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद बैठकले निर्णय […]

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

१२ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो । यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ । अहिले नागरिक घर बाहिर निस्कन […]

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल

१२ चैत, बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने बताएका छन् । बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिदै उनले भने ‘कोरोनाविरुद्धको साझा लडाईलाई सबैले साथ दिऔं, यो अवधि (लकडाउन) लम्बिन पनि सक्छ ।’ मुख्यमन्त्री पोखरेलले सबै नागरिकले सरकारको निर्देशन पालना गरेर साथ दिएमा मात्र कोरोनाविरुद्धको लडाई जितिने बताए […]

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीलाई कोरोना

१२ चैत, काठमाडौं । भारतको मध्य प्रदेशमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको छ । आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका […]

संक्रमित युवतीसँगै आएकाहरुको माग : हाम्रो पनि कोरोना परीक्षण गरियोस्

१२ चैत, चितवन । कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै चैत ४ गते कतारको दोहाबाट नेपाल आएकाहरु मध्ये ६ जना चितवन जिल्लाका रहेको पाइएको छ । उनीहरुमध्ये पाँच जना प्रहरीको सम्पर्कमा आएका छन् र, छैटौं व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न जिल्ला […]

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ । ७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै […]

सर्वसाधारणलाई घरमै बस्न राष्ट्रपति भण्डारीको अपिल

१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गरेकी छन् । बुधबार एक सन्देश जारी गर्दै उनले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् । ‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना […]

चितवन जिल्ला प्रशासनमा पास लिनेको भिड

१२, चैत, चितवन । भारतले नाकाबन्दी लगाउँदा जिल्ला प्रशासन कार्यालय चितवनमा डिजेल तथा पेट्रोलको कुपन लिनेहरुको भिड लाग्ने गर्दथ्यो । अहिले सरकारले कोरोना भाइरसको प्रकोप नफैलियोस् भनेर सात दिने लकडाउन गरेका बेला जिल्ला प्रशासन कार्यालय चितवनमा ‘पास’ बनाउनेहरूको भिड लाग्न थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा राजनीतिक दलको फोर्स लगाएर पास लिनेदेखि विभिन्न समयमा […]

अर्थमन्त्रीले दातृ निकायसँग भने- नेपाललाई विशेष सहयोग चाहिएको छ

१२ चैत, काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवम् अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय  वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच संयुक्त भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको एमवम् पार्न सक्ने प्रभाव र त्यसलाई सम्बोधन गर्ने उपायबारे बुधबार भिडियो कन्फरेन्समार्फत छलफल […]

भरतपुर कोरोना अस्पतालले माग्यो स्वास्थ्यकर्मी

१२ चैत, चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहितको स्वास्थ्यकर्मी माग गरेको हो । अस्पतालका प्रवक्ता एवं सदस्य सचिव डा. भोजराज अधिकारीले बुधबार एक सूचना जारी गरी स्वास्थ्यकर्मी जरुरी भएकोले चैत १३ गते साँझ ५ बजेसम्म सम्पर्कमा […]

भिडियो कन्फ्रेन्समार्फत परराष्ट्रमन्त्री ज्ञवालीले बुझे विदेशमा रहेका नेपालीको अवस्था

१२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार विभिन्न देशमा रहेका नेपालीहरुको अवस्थाको जानकारी लिएका छन् । मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाका नेपाली नियोगका प्रमुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै मन्त्री ज्ञवालीले कोरोनाको संक्रमण र त्यहाँका नेपालीको अवस्थाको बारे जानकारी लिएका हुन् । भिडियो कन्फ्रेन्समार्फत उनले कोभिड-१९ सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको […]

कोरोना कोषमा उद्योग वाणिज्य महासंघ प्रदेश ५ को साढे २ लाख सहयोग

१२ चैत, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । प्रदेश ५ सरकारले स्थापना गरेको १० करोडको कोरोना भाइरस नियन्त्र कोषमा उक्त रकम सहयोग गर्ने निर्णय महासंघ प्रदेश ५ समितिले गरेको हो । कोभिड–१९ का कारण देश विषम परिस्थितिमा […]

सैनामैनामा आइसोलेसन अस्पताल

१२ चैत, बुटवल । रुपन्देहीको सैनामैनामा कोरोना आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । वडानम्बर १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्पताल निर्माण हुनेछ । व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका उपयुक्त कोठाहरुलाई नै थप सुविधा सम्पन्न बनाउँदै कोरोना विशेष अस्पताल बनाइने सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । उक्त […]

लकडाउनको अवधिभर अदालतले सेवा कटौती गर्ने

१२ चैत, काठमाडौं । सर्वोच्च अदालतले सरकारले लकडाउनको अवधि बढाएमा अदालतको सेवा पनि कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्चको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सरकारले लकडाउनको अवधि बढाए उक्त अवधिसम्म बन्दी प्रत्यक्षीकरणलगायत केही काममात्र गरेर बाँकी काम बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्चले आफू मातहतका अदालतलाई पनि यो निर्णय कार्यान्वयन गर्न भनेको छ […]

बाहिरबाट आएकाको पहिचान गर्न स्थानीय सरकारलाई मुख्यमन्त्री राउतको निर्देशन

१२ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो दुई हप्तायता बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गर्न सम्बन्धित निकाय र स्थानीय सरकारलाई निर्देशन दिएका छन् । उनले यस्ता व्यक्तिहरु भेटिएमा तत्काल छुट्टै राख्ने प्रबन्ध (आइसोलेसन) मिलाउन भनेका छन् । राउतले दक्षिणी सीमाका सबै साना ठूला प्रवेशद्वारमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउन सुरक्षा संयन्त्रलाई […]

लक डाउनले काठमाडौंको हावाको गुणस्तरमा उल्लेख्य सुधार

१२ चैत, काठमाडौं । सरकारले मंगलबारदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएपछि काठमाडौं उपत्यकासहित देशभर प्रदुषण घटेको छ । उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायुको गुणस्तर सुधार भएको हो । मानिसहरु घरबाहिर निस्कन छाडेपछि मानवीय कारणले हुने वायु प्रदुषण पनि घटेको छ । हिउँदयाममा प्रदुषण मापन गर्दा सधैं ‘रेड […]

मुस्लिम आयोगका अध्यक्षले कोरोना कोषमा एक महिनाको तलव दिने

१२ चैत, काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक महिनाको दलब दिने भएका छन् । कोरोना रोकथाममा थोेरै भए पनि सहयोग पुग्ला भनेर सहयोग गर्न लागिएको जानकारी दिए । राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रियसभा सदस्य, सांसद लगायतले यसअघि नै राहत कोषमा सहयोग गर्ने घोषणा गरिसकेका […]

सप्तरीमा कोरोना भगाउने भन्दै पूजापाठ

१२ चैत, सप्तरी । कोरोना भाइरसलाई भगाउन पूजापाठ तथा देवता खेलाउने क्रम सप्तरीमा बढेको छ । बुधबार मात्रै जिल्लाका दुई स्थानीय तहमा भिड जम्मा गरेर पूजापाठ गरिएको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडानम्बर ५ स्थित दुईवटा मन्दिरमा पूजापाठ गरेको पाइएको छ ।कोरोना भाइरसबाट बच्न भन्दै यो वडाको २ वटा भगवती मन्दिरमा सयौंको संख्यामा जम्मा […]

सीमा नाका बन्दको विरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

१२ चैत, काठमाडौं । सीमा नाका बन्द गर्ने र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सरकारलाई चैत २४ गते छलफलमा बोलाएको छ । सीमा र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गर्दा नेपालीलाई आफ्नो देश प्रवेश गर्न असहज भएको […]

डोटीबाट शंकास्पद् एकजनाको स्वाब परीक्षणका लागि पठाइयो

१२ चैत्र, डोटी । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो । उनको घाटी र […]



from समाचार – Online Khabar https://ift.tt/33JCNbT
via IFTTT
Powered by Blogger.