Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एटीएम मेसिन तोडफोड गर्न खोज्ने युवक पक्राउ

१४ कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको साथबाट प्रहरीले लागू औषध १ […]

उपत्यकामा आलुको मूल्यमा मनपरी

१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पुर्‍याइएको छ । व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ । कालीमाटी फलफूल तथा […]

नेपाली विद्यार्थी कुट्नेहरुलाई कारबाही गर्न भारतले तत्परता देखाओस् : नेविसंघ

१४ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कुटिएका नेपाली विद्यार्थीहरुको निःशुल्क उपचार गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि दसैंको टीकाको दिन निर्घात कुटपिट भएको थियो । केही विद्यार्थीहरु भागेर नेपाल आएका छन् । सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको पहल गर्न नेविसंघले सरकारसँग […]

खुमलटारमा प्रधानमन्त्रीका ‘दूत’हरुको ओइरो

१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो नेता […]

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् । २१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल […]

भत्काइयो गोंगबुको आकाशेपुल

१४ कात्तिक, काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् । १३ करोड खर्च […]

यस वर्ष नाचिएन सरायँ नाच

१४ कात्तिक, गुल्मी । दसैंको बेला गुल्मी जिल्लामा सरायँ नाचको बेग्लै रौनक हुन्थ्यो । तर यस वर्ष सरायँ नाच हुने स्थान सुनसान भए । दसैं खल्लो भयो । परापूर्वकालदेखि चल्दै आएको सरायँ नाच प्राय दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नाच्ने गरिन्छ । गोलो घेरा बनाई पञ्चेबाजाको तालमा खुँडा र तरबार कुशलतापूर्वक नचाउँदै एकअर्कामा ठोक्काएर सरायँ नाच […]

कैलालीमा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ  

१४ कात्तिक, टीकापुर । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर […]

मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदै

१४ कात्तिक, जनकपुरधाम । आज कोजाग्रत पूर्णिमा । आजको दिनबाट यस वर्षको दशैंलाई विधिवत रुपमा समापन गरिँदैछ भने तिहारको स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदैछ । कोजगराको अवसरमा पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि अन्तिम विधि गर्ने गरिन्छ । पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक जीवनको सुरुवात गरेका […]

गुल्मीमा ६३३ जनाले जिते कोरोना

१४ कात्तिक, गुल्मी । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको […]

शक्तिराष्ट्रको तानातानबाट साना मुलुक कसरी जोगिने ?

१४ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय मुद्दाहरुमा भएका केही प्रारम्भिक सहमतिले दक्षिण एसियाली मुलुकमा शक्ति राष्ट्रहरुवीचको संघर्ष आगामी दिनमा बढ्ने स्पष्ट संकेत देखिएको छ । पम्पियोले नेपालको […]

चितवनमा कोरोना संक्रमित २ पुरुषको मृत्यु

१४ कात्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए । उच्च रक्तचाप […]

आन्तरिक पर्यटकका कारण पोखरामा चहलपहल बढ्दै

१४ कात्तिक, पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै […]

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : थापा

१४ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् । […]

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

१४ कात्तिक, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण […]

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे […]

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

१४ कात्तिक, धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ । वडा नम्बर […]

प्रसूति गराउने क्रममा महिलाको मृत्यु, अस्पतालको लापर्बाही भन्दै आफन्तले शव बुझ्न मानेनन्

१४ कात्तिक, बुटवल । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक […]

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, प्रदेश २ मा सार्वजनिक विदा

१४ कात्तिक, काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक […]

हुम्लाको चेला सामुदायिक वनमा आगलागी

१४ कात्तिक, सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो । सुक्खा मौसम शुरु भएसँगै […]

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

१४ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने […]



from समाचार – Online Khabar https://ift.tt/37RaVGU
via IFTTT
Powered by Blogger.