समाचार
१३ कात्तिक, काठमाडौं । र्याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । […]
१३ कात्तिक, काठमाडौं । बुधबार धुम्म भएको काठमाडौं उपत्यकाको मौसम बिहीबार खुलेको छ । दिउँसो मौसम सफा भयो र चर्को घाम लाग्यो । मौसम सफा देखिएका बेला काठमाडौं उपत्यकाको उत्तरतिरका हिमाल प्रस्ट देखिएको छ । आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा हिमाल सेता देखिएका छन् । हेर्नुहोस् तस्वीरहरु
१३ कार्तिक,बुटवल । बुधबार साँझ बुटवलबाट हराएको ११ तोला सुनका गहना बुटवल प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरराज सारुको कमाण्डमा खटिएको टोलीले बुटवल–७ बसपार्कमा कपडाको झोलासहित ११ तोला सुनका गहना फेला पारेको हो । कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो […]
१३ कात्तिक, काठमाडौं । बिहिबार एकै दिन तीन अर्ब ३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर बजार परिसूचक नेप्से १.७८ प्रतिशतले ऋणात्मक बनेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३१ करोडले बढेर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ पुगेको हो । शून्य दशमलव ११ प्रतिशतले घटेको बजारमा नेप्से […]
१३ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बिहीबारबाट सुरु भएको छ । कोरोना संक्रमणका कारण सरकारले समूहमा खेलिने खेलको प्रशिक्षणमा रोक लगाएका कारण गत चैतदेखि फुटबल, क्रिकेट लगायत खेल गतिविधि ठप्प थियो । अहिले पनि सरकारले त्यो प्रतिबन्ध हटाएको छैन । तर दुई हप्तापछि […]
१३ कात्तिक, काठमाडौं । साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को ब्युरो सदस्यमा सुशिल प्याकुरेल र डा. रेणु अधिकारी चयन भएका छन् । प्याकुरेल र आफूले ८५/८५ मत प्राप्त गरेको अधिकारीले अनलाइनखबरलाई जानकारी दिइन् । एसएएचआरको ब्युरो सदस्य चयनका लागि कात्तिक १० देखि १२ गतेसम्म अनलाइन भोटिङ भएको थियो । उम्मेदवारीपछि प्याकुरेलविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले मानव […]
१३ कात्तिक, जनकपुरधाम । सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ पर्नेमा स.७ प २५५३ नम्बरको […]
१३ कात्तिक, जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको […]
१३ कात्तिक, धनगढी । कोरोना संक्रमित महिलाको शव बस्तीको बीचमा गाडेको भन्दै धनगढीमा स्थानीयले विरोध गरेका छन् । स्थानीयवासीले गाडिएको कोरोना संक्रतिमको शव उत्खनन गरेर अर्काे स्थानमा गाड्न माग गर्दै विरोध गरेका हुन् । धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । स्थानीय प्रशासनले वडानम्बर १ मा रहेको कबि्रस्थानमा […]
१३ कात्तिक, काठमाडौं । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ । संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने […]
१३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल विद्यार्थी संघका नेता बताउने दीपक ओझा पक्राउ परेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय, कैलाली र इलाका प्रहरी कार्यालय, मालाखेतीको समन्वयमा पक्राउ गरिएको हो । ओझालाई काठमाडौं […]
१३ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले अब चोक–चोकमा बसेर नियमित ड्युटी गर्ने भएको छ । ट्राफिकसँग मिलेर सवारी व्यवस्थापन, चोक आसपासको सडकको अवस्थाको रेखदेख, फुटपाथ नियन्त्रण, पार्किङको व्यवस्थापन लगायतका काम गर्ने गरी बिहीबारबाट ६ वटा चोकमा नगर प्ररहीको नियमित ड्युटी लगाउन थालिएको हो । मेयर चिरीबाबु महर्जनको योजना र निर्देशन अनुरुप नगर […]
१३ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिएको हो । यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश […]
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र दक्षिण एशियाली मुलुकबीचको सम्बन्धलाई भडकाउन खोजेको चीनस्थित युनान विश्व विद्यालयका प्रोफेसर युआन छुनले गुनासो गरेका छन् । प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् । हालै अमेरिकी विदेशमन्त्री पम्पियोले भारतलगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेको सन्दर्भलाई चीनले कसरी हेरिरहेको छ भनेर […]
१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ । सञ्चार गृहहरुलाई पत्रकारको […]
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ […]
१३ कात्तिक,काठमाडौं । असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने पनि उनको भनाइ छ । ‘एउटा चिनियाँ कन्टेनर नेपाल […]
१३ कात्तिक, काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य […]
१३ कात्तिक, काठमाडौं । दसैं टीकाको दिन देहरादुनमा निर्घात कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् । विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पाँचै विद्यार्थी रोल्पाका हुन् । महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे […]
१३ कात्तिक, काठमाडौं ।पर्वतको कुश्मामा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालनमा आउने भएको छ । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारी छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने […]
१३ कात्तिक, धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/3oFBDbi
via IFTTT