समाचार
१३ कात्तिक, काठमाडौं । दसैं टीकाका दिन देहरादुनमा निर्घात कुटिएका नेपाली विद्यार्थीहरूलाई नेपाल फर्काउने सहमति भएको छ । हरिद्वारस्थित शाक्य एकेडेमी र नेपाली समाजका प्रतिनिधिहरूबीच बिहीबार एक हप्तामा विद्यार्थी फिर्ता गर्ने सहमति भएको हो । एकेडेमीका तर्फबाट प्रिन्सिपल छिरिङ छोदेनले नेपाली समाजका प्रतिनिधिहरूसँग फर्कने चाहने विद्यार्थीलाई नेपाल–भारत सीमानासम्म ल्याउने सहमति गरेका हुन् । ५१ जना […]
कात्तिक ६ गतेको घटना हो- पर्साको बिन्दवासिनी गाउँपालिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोसपथ ग्रहण कार्यक्रम थियो । कार्यक्रमभन्दा धेरै पहिले को अध्यक्ष, को सचिव भन्ने टुङगिसकेको थियो । साविक एमालेबाट अध्यक्ष विक्रम चौरसिया र साविक पूर्वमाओवादीबाट सचिव स्व. मुकेश चौरसिया पर्नुभएको थियो । ६ गते उहाँहरुसहित कमिटीका सदस्यहरुको सपथग्रहण कार्यक्रम राखिएको थियो । केही अराजक […]
१३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । काठमाडौंका ७, भक्तपुर , काभ्रे र मोरङका २/२ तथा झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् । असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार […]
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र दक्षिण एशियाली मुलुकबीचको सम्बन्धलाई भडकाउन खोजेको चीनस्थित युनान विश्व विद्यालयका प्रोफेसर युआन छुनले गुनासो गरेका छन् । प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् । हालै अमेरिकी विदेशमन्त्री पम्पियोले भारतलगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेको सन्दर्भलाई चीनले कसरी हेरिरहेको छ भनेर […]
१३ कात्तिक, काठमाडौं । दसैं टीकाको दिन देहरादुनमा निर्घात कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् । विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पाँचै विद्यार्थी रोल्पाका हुन् । महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे […]
१३ कात्तिक, काठमाडौं । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ । संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने […]
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे । केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको थियो तर पछि रद्ध भयो । यतिबेला उनी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा […]
१३ कात्तिक, काठमाडौं । र्याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । […]
१३ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचरत धुलिखेल नगरपालिका घर भएका ५५ वर्षीय पुरुष र ७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि ५५ वर्षीय पुरुष तीन दिनअघि र ७० वर्षीया महिला एक हप्ताअघि अस्पताल […]
१३ कात्तिक, पोखरा । कोरोना भाइरस संक्रमणका कारण बागलुङका ७२ वर्षका पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । कात्तिक ८ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका उनमा निमोनिया र […]
१३ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विराटनगरमा थप पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पताल)मा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो । विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीया महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय […]
१३ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ)जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए । ‘बिहीबार उहाँ(दाहाल)ले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा […]
१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । एक्कासी ज्वरो र […]
१३ कात्तिक, काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उनको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ । पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो । पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी […]
१३ कात्तिक, काठमाडौं । बुधबार धुम्म भएको काठमाडौं उपत्यकाको मौसम बिहीबार खुलेको छ । दिउँसो मौसम सफा भयो र चर्को घाम लाग्यो । मौसम सफा देखिएका बेला काठमाडौं उपत्यकाको उत्तरतिरका हिमाल प्रस्ट देखिएको छ । आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा हिमाल सेता देखिएका छन् । हेर्नुहोस् तस्वीरहरु
१३ कार्तिक,बुटवल । बुधबार साँझ बुटवलबाट हराएको ११ तोला सुनका गहना बुटवल प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरराज सारुको कमाण्डमा खटिएको टोलीले बुटवल–७ बसपार्कमा कपडाको झोलासहित ११ तोला सुनका गहना फेला पारेको हो । कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो […]
१३ कात्तिक, काठमाडौं । बिहिबार एकै दिन तीन अर्ब ३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर बजार परिसूचक नेप्से १.७८ प्रतिशतले ऋणात्मक बनेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३१ करोडले बढेर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ पुगेको हो । शून्य दशमलव ११ प्रतिशतले घटेको बजारमा नेप्से […]
१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख […]
१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको […]
१३ कात्तिक, काठमाडौं । साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को ब्युरो सदस्यमा सुशिल प्याकुरेल र डा. रेणु अधिकारी चयन भएका छन् । प्याकुरेल र आफूले ८५/८५ मत प्राप्त गरेको अधिकारीले अनलाइनखबरलाई जानकारी दिइन् । एसएएचआरको ब्युरो सदस्य चयनका लागि कात्तिक १० देखि १२ गतेसम्म अनलाइन भोटिङ भएको थियो । उम्मेदवारीपछि प्याकुरेलविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले मानव […]
१३ कात्तिक, जनकपुरधाम । सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ पर्नेमा स.७ प २५५३ नम्बरको […]
from समाचार – Online Khabar https://ift.tt/3mBlVfK
via IFTTT