Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रसूति गराउने क्रममा महिलाको मृत्यु, अस्पतालको लापर्बाही भन्दै आफन्तले शव बुझ्न मानेनन्

१४ कात्तिक, बुटवल । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक […]

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

१४ कात्तिक, धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ । वडा नम्बर […]

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, प्रदेश २ मा सार्वजनिक विदा

१४ कात्तिक, काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक […]

हुम्लाको चेला सामुदायिक वनमा आगलागी

१४ कात्तिक, सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो । सुक्खा मौसम शुरु भएसँगै […]

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

१४ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने […]

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार मुद्दामा पुनः जेल सजाय

१४ कात्तिक, काठमाडौं । दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । […]

अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई ६ विकेटले विजयी

१४ कात्तिक, काठमाडौं । अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । १७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो । चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । […]

देहरादुनबाट विद्यार्थी फिर्ता गर्ने सहमति, अभिभावक भन्छन्–जानकारी छैन

१३ कात्तिक, काठमाडौं । दसैं टीकाका दिन देहरादुनमा निर्घात कुटिएका नेपाली विद्यार्थीहरूलाई नेपाल फर्काउने सहमति भएको छ । हरिद्वारस्थित शाक्य एकेडेमी र नेपाली समाजका प्रतिनिधिहरूबीच बिहीबार एक हप्तामा विद्यार्थी फिर्ता गर्ने सहमति भएको हो । एकेडेमीका तर्फबाट प्रिन्सिपल छिरिङ छोदेनले नेपाली समाजका प्रतिनिधिहरूसँग फर्कने चाहने विद्यार्थीलाई नेपाल–भारत सीमानासम्म ल्याउने सहमति गरेका हुन् । ५१ जना […]

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन् !

१३ कात्तिक, काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो भेटघाटबारे नयाँ तथ्य (?) अघि सारेका छन् । प्रधानमन्त्री ओलीले यो भेटबारे औपचारिकरुपमा केही बताएका छैनन् । तर, आफू नजिकका नेताहरुलाई भने ब्रिफिङ गर्न थालेका छन् ।प्रधानमन्त्री ओलीले […]

वीरगञ्जका नेकपा नेताको वयान : मुकेश चौरसियाको हत्या कसरी भयो ?

कात्तिक ६ गतेको घटना हो- पर्साको बिन्दवासिनी गाउँपालिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोसपथ ग्रहण कार्यक्रम थियो । कार्यक्रमभन्दा धेरै पहिले को अध्यक्ष, को सचिव भन्ने टुङगिसकेको थियो । साविक एमालेबाट अध्यक्ष विक्रम चौरसिया र साविक पूर्वमाओवादीबाट सचिव स्व. मुकेश चौरसिया पर्नुभएको थियो । ६ गते उहाँहरुसहित कमिटीका सदस्यहरुको सपथग्रहण कार्यक्रम राखिएको थियो । केही अराजक […]

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । काठमाडौंका ७, भक्तपुर , काभ्रे र मोरङका २/२ तथा झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् । असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार […]

चिनियाँ प्रोफेसर भन्छन्– अमेरिकाले एसियाली मुलुक र चीनको सम्बन्धलाई भड्काउन खोज्यो

१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र दक्षिण एशियाली मुलुकबीचको सम्बन्धलाई भडकाउन खोजेको चीनस्थित युनान विश्व विद्यालयका प्रोफेसर युआन छुनले गुनासो गरेका छन् । प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् । हालै अमेरिकी विदेशमन्त्री पम्पियोले भारतलगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेको सन्दर्भलाई चीनले कसरी हेरिरहेको छ भनेर […]

देहरादुनमा कुटिएकामध्ये पाँच विद्यार्थी महेन्द्रनगर आइपुगे

१३ कात्तिक, काठमाडौं । दसैं टीकाको दिन देहरादुनमा निर्घात कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् । विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पाँचै विद्यार्थी रोल्पाका हुन् । महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे […]

यस्तो छ संघीय सांसदहरूको सुधारिएको लोगो

१३ कात्तिक, काठमाडौं । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ । संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने […]

अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?

१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे । केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको थियो तर पछि रद्ध भयो । यतिबेला उनी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा […]

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

१३ कात्तिक, काठमाडौं । र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । […]

बालुवाटार आउने ओलीको निम्तो प्रचण्डले मानेनन्

१३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । छलफलका लागि बालुवाटार आउन प्रचण्डलाई ओलीले तीन दिनदेखि आग्रह गरिरहेका छन् । विहीबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पोखरेलले […]

काभ्रेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१३ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचरत धुलिखेल नगरपालिका घर भएका ५५ वर्षीय पुरुष र ७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि ५५ वर्षीय पुरुष तीन दिनअघि र ७० वर्षीया महिला एक हप्ताअघि अस्पताल […]

संक्रमित हुने पालो कुर्दै अरुको स्वाब परीक्षण

१३ कात्तिक, काठमाडौं । नेपालमा कोभिड– १९ को संक्रमण फैलिरहँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको माहोल कस्तो थियो ? ‘डर नै डर थियो । न सुरक्षा कवच, न भाइरसबारे पर्याप्त ज्ञान । यो भवनमा छिर्नै डरमर्दो थियो’, मेडिकल ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरी सम्झन्छन्, ‘हामीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि अलिपछि मात्र आयो ।’ सुरुवाती […]

कोरोना संक्रमणबाट बागलुङका ७२ वर्षीय पुरुषको मृत्यु

१३ कात्तिक, पोखरा । कोरोना भाइरस संक्रमणका कारण बागलुङका ७२ वर्षका पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । कात्तिक ८ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका उनमा निमोनिया र […]

कोरोना संक्रमणबाट विराटनगरमा थप पाँच जनाको मृत्यु

१३ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विराटनगरमा थप पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पताल)मा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो । विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीया महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय […]



from समाचार – Online Khabar https://ift.tt/37TKIaP
via IFTTT
Powered by Blogger.