Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गोरखाकी कोरोना संक्रमित महिलाको मृत्यु

११ कात्तिक, काठमाडौं । गोरखाकी एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।  बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गतेद अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र […]

भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिइने

११ कात्तिक, काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते […]

कठोर संघर्षपछि संगीतमा जम्दै रवि ओड

गत महिना सोह्रश्राद्ध चलिरहँदा, नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड आफ्नी ‘आमाहरू’को सम्झनामा कोरोना भाइरस महामारीका कारण छाक टार्न नसकेका मानिसलाई काठमाडौँको नयाँ बसपार्कमा खाना खुवाउन व्यस्त थिए । सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र […]

उनको प्रतीक्षा कहिले सकिएला ?

११ कात्तिक, काठमाडौं । यतिबेला कसैले जिन्दगी के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ–ड्युटी, ड्युटी र ड्युटी । पहिला त उनलाई पनि कोरोना भाइरससँग बहुतै डर लाग्थ्यो । डरसँगै भाइरसको सामना गरिन् । कोराना लागेर मरिन्छ कि क्या हो भनेर डराएकी उनी अहिले सुरक्षा सावधानी अपनाएर कोरोना संक्रमणबाट अरुलाई पनि बचाउन सकिन्छ निश्कर्षमा […]

गोयलको भ्रमण : राजनीतिक सम्बन्धको भर्‍याङ कि गन्तव्य ?

११ कात्तिक, काठमाडौं । भारतको खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल किन काठमाडौं आए, कसको निम्तोमा आए र प्रधानमन्त्री केपी ओलीसँग के विषयमा कुराकानी भयो भन्ने विषयमा केही दिन विभिन्न अड्कलबाजी भए । आइतबार प्रधानमन्त्री कार्यालय समेत हेर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही कुरा खुलाए । पोखरेलले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, […]

भारत र अमेरिकाले गरे महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर

११ कात्तिक, काठमाडौं । भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । लद्धाख घटनापछि भारत र चीनको  बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत  र अमेरिकाबीच एक आपसमा आदान […]

बारामा कपडा उद्योगमा आगलागी : एक जना घाइते, एक करोडको क्षति

११ कात्तिक, काठमाडौं । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]

जलजलामा एक घर एक पीसीआर परीक्षण

११ कात्तिक, पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे । उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने […]

कोरोना संक्रमणबाट पूर्वसभासद मानपुर चौधरीको मृत्यु

११ कात्तिक, सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ […]

यस वर्ष नेकपाले चियापन कार्यक्रम नगर्ने

११ कात्तिक, काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन […]

भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ

११ कात्तिक, काठमाडौं । एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई दुई […]

वैशाखयता विपदमा परेर ४६३ को मृत्यु

११ कात्तिक, काठमाडौं । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु  भएको छ भने १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ […]

सुब्बाहरूको दसैं र गोर्खालीको निशान

घटस्थापनाको अघिल्लो दिन मात्र छथर ओख्रे (तेह्रथुम) का भुवनजित तुम्खेवा काठमाडौंबाट दसैं मान्न घर आइपुगे । उनले घरमा पूर्खाहरूले गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा राख्ने गरेका छन् । तुम्खेवाले नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गरेका छन् । पहिले उनका पूर्खाले दसैंमा निशान जसरी पूज्थे, […]

कथा : त्यसपछि जिन्दगी

त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ […]

भारतले तोक्यो सेना प्रमुख नरभानेको नेपाल भ्रमणको मिति

११ कात्तिक, काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । ‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको […]

भारत र अमेरिकासँग सम्बन्ध चिसिएकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक शुरु

११ कात्तिक, काठमाडौं । आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक शुरु भएको छ । सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ । भारत र अमेरिकासँग […]

१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

११ कात्तिक, काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक […]

चन्द्रमामा पानी भेटिएको नासाको दाबी

११ कात्तिक, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ । दक्षिण ध्रुवको एक खाल्डोमा पानी फेला परेको नासाको दाबी छ । चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो । यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको क्लेभियस क्रेटरमा भेटिएको नासाले जनाएको छ । नासाको स्ट्रोटस्फियर अब्जरभेटरी […]

कास्कीका कैदीबन्दीले लगाएनन् टीका

११ कात्तिक,  कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए । ‘विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका […]

टीका र जमरा लगाउने क्रम आज पनि जारी

११ कात्तिक,  काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन […]

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ

११ कात्तिक, तम्घास । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् । तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई […]



from समाचार – Online Khabar https://ift.tt/3opTbrU
via IFTTT
Powered by Blogger.