Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

११ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु  भएको छ । काठमाडौं, चिततवन र रुपन्देहीका २/२ जना, सुनसरी, सप्तरी, भक्तपुर, ललितपुर र गोरखाका १/१ जनाको मृत्यु भएको विभिन्न अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका सुनसरीका ५० वर्षका पुरुषको सोमबार राति १२ बजेर ५५ मिनेटमा बीपी […]

बाघको आक्रमणबाट दुई युवकको मृत्यु

११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको […]

बाँकेका सीडीओ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

११ कात्तिक, राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवासमै आइसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला […]

गोरखाकी कोरोना संक्रमित महिलाको मृत्यु

११ कात्तिक, काठमाडौं । गोरखाकी एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।  बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र […]

भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिइने

११ कात्तिक, काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते […]

१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

११ कात्तिक, काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक […]

भारतीय विज्ञ भन्छन्– रअ प्रमुखको भ्रमणपछि अब दुई देशबीच वार्ता हुन सक्छ

११ कात्तिक, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् । भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले अनलाइनखबरसँग […]

कथा : त्यसपछि जिन्दगी

त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ […]

कठोर संघर्षपछि संगीतमा जम्दै रवि ओड

गत महिना सोह्रश्राद्ध चलिरहँदा, नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड आफ्नी ‘आमाहरू’को सम्झनामा कोरोना भाइरस महामारीका कारण छाक टार्न नसकेका मानिसलाई काठमाडौँको नयाँ बसपार्कमा खाना खुवाउन व्यस्त थिए । सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र […]

भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु किन राज्यविहीन महसुस गर्छन् ?

११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए ।  तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]

भारत र अमेरिकाले गरे महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर

११ कात्तिक, काठमाडौं । भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । लद्धाख घटनापछि भारत र चीनको  बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत  र अमेरिकाबीच एक आपसमा आदान […]

बारामा कपडा उद्योगमा आगलागी : एक जना घाइते, एक करोडको क्षति

११ कात्तिक, काठमाडौं । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]

सुपरम्यान

पुतलीसडकको सडक सफा र चौंडा थियो । फुटपाथ उत्तिकै ठूलो । छेउछेउमा रङ्गीचङ्गी फूल फुलिरहेका थिए । जाम थिएन ! ठाउँठाउँमा मेट्रो चढ्नका लागि मानिसहरू शान्त ढङ्गमा लाइन बसिरहेका थिए । एकादेशमा ऊ कम्युनिस्ट थियो । तर, ऊ आफूलाई ‘सुपरम्यान’ भन्न रूचाउँथ्यो । अरूले त्यसरी नै बुझुन् भन्ने उसको चाहना हुन्थ्यो । उसले प्रधानमन्त्रीको शपथ […]

जलजलामा एक घर एक पीसीआर परीक्षण

११ कात्तिक, पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे । उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने […]

कोरोना संक्रमणबाट पूर्वसभासद मानपुर चौधरीको मृत्यु

११ कात्तिक, सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ […]

यस वर्ष नेकपाले चियापन कार्यक्रम नगर्ने

११ कात्तिक, काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन […]

भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ

११ कात्तिक, काठमाडौं । एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई दुई […]

वैशाखयता विपदमा परेर ४६३ को मृत्यु

११ कात्तिक, काठमाडौं । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु  भएको छ भने १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ […]

सुब्बाहरूको दसैं र गोर्खालीको निशान

घटस्थापनाको अघिल्लो दिन मात्र छथर ओख्रे (तेह्रथुम) का भुवनजित तुम्खेवा काठमाडौंबाट दसैं मान्न घर आइपुगे । उनले घरमा पूर्खाहरूले गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा राख्ने गरेका छन् । तुम्खेवाले नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गरेका छन् । पहिले उनका पूर्खाले दसैंमा निशान जसरी पूज्थे, […]

भारतले तोक्यो सेना प्रमुख नरभानेको नेपाल भ्रमणको मिति

११ कात्तिक, काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । ‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको […]

भारत र अमेरिकासँग सम्बन्ध चिसिएकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक शुरु

११ कात्तिक, काठमाडौं । आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक शुरु भएको छ । सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ । भारत र अमेरिकासँग […]



from समाचार – Online Khabar https://ift.tt/3jI9n4t
via IFTTT
Powered by Blogger.