Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतीय राजदूतले भने– दसैंले नेपालीको राम्रो भाग्य ल्याओस्

१० कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका छन् । उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् । नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस […]

डिजिटल दशैं

नेपालीहरुको महान चाड बडादशैं मान्न देशका शहरी क्षेत्रबाट मानिसहरु यसवर्ष गाँउघरमा झरेका छैनन्, सडकमा यतायातको भिडभाड छैन, नयाँ कपडा, खाने कुरा खासै किनिएन, नवरात्रीमा मठ–मन्दिरमा श्रद्धालुहरुको घुँइचो देखिएन, मिष्ठान परिकारहरु कमै बने, घरहरु रङ्गले पोतिएका छैनन्, पिंगहरु सरर.. हुँइकेका छैनन्, लङ्गुरबुर्जाका गोटीहरु घोलिएका छैनन् । घर–घरमा जमराहरु कमै राखिए । २०७७ सालको दशैं कोरोना महामारीका […]

बालुवाटारमा सामन्त : बुढेसकालमा माताजीसँग…

२०७३ साल मंसिर १९ गते साँझको कुरो हो । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र गोकर्ण बिष्टलगायतका नेताहरु एउटा रात्रिभोजमा सरिक थिए । तत्कालीन विपक्षी दलका नेता रहेका ओलीले त्यहाँ बालब्रह्मचारी वृद्ध जोगी र माताजीवीचको ‘लसपस’ को कहानी सुनाएका थिए । आजीवन ब्रह्मचर्यका लागि […]

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दसैंको टीका

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले […]

चिनियाँ राजदूतले गाइन् रेशम फिरिरि…

१० कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् । ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं,’ उनले ट्वीटरमा लेखेकी छन् […]

थारु समुदायको मौलिक दसैं, नवमीमै सेतो टीका र सखिया नाच

१० कात्तिक, घोराही । दाङका थारु समुदायले पनि मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ । उनीहरुले चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् । दसैं थारु समुदायको माघी र अत्वारी पछिको ठूलो चाड हो । उनीहरु दसैं आउनुभन्दा अगाडि […]

‘दसैंको अक्षता पात वा प्लेटमा राखेर दिउँ’

यस वर्ष कोरोनासँगै दसैं मनाउनुपरेको छ । यसर्थ, कोरोनाको जगजगीमा दसैं मनाउँदा के कसो गर्नु बेस होला भनी मनमा उब्जिएका कल्पनाहरु आम पाठकसमक्ष प्रस्तुत गरेको छु । यसपटकको दसैं सबैले तनावमुक्त भएर मनाउने अभ्यास गर्न सबैमा सार्वजनिक अपिल गर्छु । ज्येष्ठ नागरिकको सुरक्षा हिन्दू धर्मअनुसार दसैंमा मान्यजन वा आफूभन्दा उमेरले पाका मानिसबाट आर्शिवाद लिने हो […]

आज दसैंको मुख्य दिन, टीका–जमरासहित मान्यजनबाट आशिर्वाद ग्रहण गरिँदै

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र […]

दसैंले विपत्ति सामना गर्ने सामर्थ्य प्रदान गरोस् : प्रधानन्यायाधीश जबरा

१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई […]

परिवारजनमा सीमित भएर दसैं मनाउन सभामुखको आग्रह

१० कात्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरे । विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र […]

दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– फजूल खर्च नगरौं

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् । औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित […]

दसैंको टीका लगाउँदा कता फर्किने ?

१० कात्तिक, काठमाडौं । आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ । भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र […]

चौरपाटी गाउँपालिकाका किसानले फलेको कोदोसँग चामल साट्न पाउने

१० कात्तिक, काठमाडौं । अछामको चौरपाटी गाउँपालिकाले कोदोसँग चामल साट्ने कार्यक्रम सुरु गर्दैछ । स्थानीय किसानहरुले आफूले उत्पादन गरेको कोदो गाउँपालिकालाई दिएर चामल लिन सक्नेछन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि फलेको कोदोसँग चामल साट्ने र भटमास खरिदबिक्री सुरु गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशीले जानकारी दिए । यो […]

सामाजिक दूरी कायम गरी दसैं मनाउन राष्ट्रपतिको आग्रह

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू […]

दसैंलाई कोरोना फैलने माध्यम बन्न नदिऔं : उपराष्ट्रपति पुन

१० कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले महान चाड बडादशैंलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको उल्लेख […]

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दसैं मनाउन प्रचण्डको अपिल

१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै दशैंलगायतका चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । दशैं, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी […]

घर–डेरामै सीमित रहेर दसैं मनाऔं, आफ्नो परिवारलाई सुरक्षित राखौं : सभापति देउवा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् । कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी […]

राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो, बेन स्टोक्सको शतक

१० कात्तिक, काठमाडौं । आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ । मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १० बल बाँकी छँदै पूरा गर्यो । बेन स्टोक्सले नटआउट १०७ र सामसनले नटआउट ५४ रन बनाए । यी दुवैले तेस्रो विकेटका लागि १३.४ […]

उबेलाका चार दसैं : अस्तित्वविहीन बने दुईवटा दसैं

९ कात्तिक, काठमाडौं । शारदीय नवरात्रलाई बडादसैं, विजयादशमी र काठमाडौं उपत्यकामा मोहनी भन्ने नामले चिन्ने गरिन्छ । धुमधामका साथ मनाउने शारदीय नवरात्रलाई बडा दसैं नै नाम किन राखियो होला ? यो दसैं ठूलो हो भने साना दसैंहरू कतिवटा होलान् ? दसैंलाई चिनाउन काठमाडौंमा प्रयोग गरिने मोहनीको अर्थ प्रभाव पार्ने वा लठ्याउने काम हो । दसैंको […]

दसैंको मामिलामा फरक छ मनाङ

९ कात्तिक, काठमाडौं । पूर्वमा ताप्लेजुङको लेलेप र ओलाङचुङ्गोलादेखि कर्णालीको हुम्लाको लिमीसम्मको उच्च हिमाली भूभागमा बसोबास गर्ने मंगोलियन समूहमा प्रायः जातजातिहरूले दसैं खासै मनाउँदैनन् । तर, यस्तै हिमाली भूगोलमा बस्ने मनाङका गुरुङ लगायतका जातिले धुमधामका साथ दसैं मनाउने गर्छन्, किन होला ? धेरै बली दिने अष्टमी र नवमीको दिन घरमाथिको डाँडामा गएर शान्तिको कामना गर्न […]

बाबुरामले जस्तो बाल्टीमा भात बाँड्ने सोख छैन : यादव

९ कात्तिक, काठमाडौं । गोकर्ण बिष्टलाई हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रामेश्वर राय यादवलाई गत मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा नियुक्त गरे । नियुक्तिपछि केही महिना गुमनाम रहेका मन्त्री यादव पछिल्लो समय विभिन्न विवादमा मुछिँदै आएका छन् । कोरोनाको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनपछि सबैभन्दा बढी प्रभावित श्रमिकहरु नै थिए । […]



from समाचार – Online Khabar https://ift.tt/3os0cZu
via IFTTT
Powered by Blogger.