Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चौरसियालाई कसले हानेको भन्ने एकदमै क्लियर छ : एसपी गंगा पन्त

१४ कात्तिक, वीरगञ्ज । कात्तिक ६ गते पर्साको विन्दबासिनी गाउँपालिकामा नेकपा गाउँ कमिटीको सपथग्रहण कार्यक्रममा पार्टीकै दुई पक्षबीच झडप भयो । झडपमा परेर गाउँ सचिव मुकेश चौरसियाको मृत्यु भयो । मृतकका आफन्तले १२ जना विरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले सुरुमा जाहेरी लिएन । प्रहरीले जाहेरी नलिएको विरोधमा नेकपाको एउटा पक्ष सडकमा आयो ।  […]

बालुवाटारको जग्गा फिर्ता ल्याउन खुट्टा कमाउँदै सरकार !

१४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको २९९ रोपनी ९ आना सरकारी, सार्वजनिक र गुठीका जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको एक वर्ष पुग्नै लागेको छ । २२ माघ २०७६ मा आयोगले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्व सचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी, […]

झडपका क्रममा मारिएका मुकेशको ८ दिनपछि अन्त्येष्टि

१४ कात्तिक, काठमाडौं । पर्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपका क्रममा मारिएका मुकेश चौरसियाको ८ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । बिहीबार सरकारी वकिलको कार्यालयमार्फत पर्सा प्रहरीले १२ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्ट मृतकका परिवारले चौरसियाको शव बुझेर अन्त्येष्टि गरेको हो । पीडित परिवारले हत्यामा संलग्नविरुद्ध जाहेरी दिएपनि प्रहरीले […]

विजय मिश्र भन्छन् : बास्कोटाविरुद्धको प्रमाण मंगलबार अख्तियारलाई बुझाउँछु

१४ कात्तिक, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेको भनिएको अडियो टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले आइतबार अदालतमा हाजिर हुने बताएका छन् । मिश्रले आफू जापानबाट दसैँमा काठमाडौं आएको र आइतबार अदालतमा हाजिर भएर अदालती प्रक्रिया पूरा गर्ने बताए । सोमबारसम्म अदालतमा आफूले […]

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, भक्तपुर, काभ्रे र रुपन्देहीका २/२, चितवन, नुवाकोट, धादिङ, रामेछाप, कास्की र स्याङ्जाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् । काठमाडौंकी ८४ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । निमोनिया र शक भई […]

सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडान हुने

१४ कात्तिक, विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्रमा  फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर महिना भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो । फ्लड लाइट जडानका लागि आवश्यक सामग्री आइसकेका कारण मंसिर भित्रमा जडान सकिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । […]

कोरोनाले दुई छोराको मृत्यु, बुवाको वार्षिकी रोकियो

१४ कात्तिक, विराटनगर । शिवसताक्षी नगरपालिका–२, झापाका स्वर्गीय चुडामणि भट्टराईको वर्ष दिनको काम शनिबार गर्ने तयारी थियो । तर बुधबार जेठो छोरा दयारामको स्वास्थ्यमा खराबी देखियो । नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना भए । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनको मृत्युपछि बुबाको वर्षदिनको काम […]

अब चौरपाटी ब्राण्ड कोदो !

१४ कात्तिक, काठमाडौं । ‘हाम्री आमा साह्रै नै बाठी छन्, चामलसंग पिठो पो साटीछिन् ‘।’ कुनै बेलाको यो चर्चित गीतले भनेझैं अछामको चौरपाटी गाउँपालिकाले कोदोसंग चामल साट्ने कार्यक्रम ल्याएको छ । गीतको आशय झैं चामल दिएर कस्ले कोदो लेला भन्ने लाग्न सक्छ, तर यो कारोबार चल्छ भन्ने विश्वास यो स्थानीय सरकारलाई छ । आगामी १ मंसिरदेखि […]

दाइको ससुराली गएका युवक मृत भेटिए

१४ कात्तिक, हेटौंडा । दसैँको टीका थाप्न दाइको ससुराली गएका युवक मृत फेला परेका छन् । दाजु र भाउजुसँगै गएका हेटौंडा उपमहानगरपालिका– ४ कर्र्राका राम गुरुङको शव बागमती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ । दाजुको ससुरालीबाट फर्कने क्रममा सामुदायिक भवनको झ्यालमा ठोक्किँदा सीसाले काटेर अधिक रगत जादा मृत्यु भएको […]

देहरादूनमा १० नेपाली विद्यार्थी मात्र कुटिएका हुन् : परराष्ट्र मन्त्रालय   

१४ कात्तिक, काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चार माध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी […]

थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । […]

३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

१४ कात्तिक, काठमाडौं । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश […]

पर्वत सदरमुकाममा एक हप्तालाई निषेधाज्ञा

१४ कात्तिक, काठमाडौं । पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पर्वतमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेको र मानिसको मृत्यु पनि भएको भन्दै निषेधाज्ञा जारी गरेको हो । शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय […]

इन्सपेक्टर तिमिल्सिना बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

१४ कात्तिक, काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । असोज महिनाको विभिन्न मितिमा गरी ९ जना फरार […]

बाराबाट लागूऔषधसहित एकजना पक्राउ

१४ कात्तिक, काठमाडौं । बाराबाट प्रहरीले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका छन् । प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हो । साइकल चढेर भारततर्फ जाँदै […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । काभ्रे, सिन्धुपाल्चोक र म्याग्दीमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ डालाबेंसीस्थित वीपी राजमार्गमा ज.१२ प ८३९१ नम्बरको मोटरसाइकल र ना.१ ज ७७५० नम्बरको जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का २३ वर्षीय नवीनकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

काठमाडौंमा छुरा प्रहारबाट युवकको मृत्यु

१४ कात्तिक, काठमाडौं । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । […]

मेलम्ची आयोजनाको नयाँ भाका आउँदो नयाँ वर्ष

१४ कात्तिक, काठमाडौं । सरकारले  मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ । प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना सरकारको छ । मेलम्ची आयोजनाको […]

स्वास्थ्य सामग्री बाँडेर तरुण दलले मनायो ६८ औं स्थापना दिवस

१४ कात्तिक, काठमाडौं । नेपाल तरुण दल केन्द्रीय समितिले स्वास्थ्य सामग्री वितरण गरेर आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई चार हजार थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड दिएर तरुण दलले स्थापना दिवस मनाएको हो । तरुण दल अध्यक्ष जितजंग बस्नेतले जनताको स्वास्थ्य रक्षाका लागि […]

काठमाडौं उपत्यकामा १८८८ जना संक्रमित थपिए

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभरमा भने ३५१७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको […]

अभिभावकको माग– छोराहरूलाई देहरादुनबाट सकुशल नेपाल ल्याउन पहिल गरिदिनुस्

१४ कात्तिक, काठमाडौं । दसैं टीकाका दिन देहरादुनस्थित शाक्य एकेडेमीमा ५१ नेपाली विद्यार्थी कुटिएपछि चिन्तित बनेका अभिभावकहरूले आफ्ना छोराहरूलाई सकुशल नेपाल फर्काउन आग्रह गरेका छन् । नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको अभिभावकहरूले बताउँदै आएका छन् । एकेडेमीले पनि गल्ती भएको स्वीकार गरेको […]



from समाचार – Online Khabar https://ift.tt/2GdCE9g
via IFTTT
Powered by Blogger.