समाचार
१२ कात्तिक, काठमाडौं । भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ । दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी […]
१२ कात्तिक, काठमाडौं । कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ । मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा […]
१२ कात्तिक, दाङ । मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए । ‘मादल बनाउने हाम्रो पुर्ख्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं’, उनले भने । बजारमा […]
१२ कात्तिक, बुटवल । रुपन्देही र पाल्पाका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले […]
१२ कात्तिक, राजविराज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए । पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च […]
१२ कात्तिक, काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर (स्पिल) जाँदैछ । अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प छ, […]
१२ कात्तिक, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् । उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि रिक्त स्थानमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए । राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो । […]
१२ कात्तिक, हुम्ला । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो । पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी […]
१२ कात्तिक, कैलाली । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने […]
१२ कात्तिक, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए । पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका […]
१२ कातिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन तथा […]
१२ कात्तिक, झापा । मेचीनगर नगरपालिका झापाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलेशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए । मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले […]
१२ कात्तिक, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका १ मा सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् । मङ्गलबार बन्दगाह निर्माणस्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए […]
१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य […]
११ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । काठमाडौं, चिततवन र रुपन्देहीका २/२ जना, सुनसरी, सप्तरी, भक्तपुर, ललितपुर र गोरखाका १/१ जनाको मृत्यु भएको विभिन्न अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका सुनसरीका ५० वर्षका पुरुषको सोमबार राति १२ बजेर ५५ मिनेटमा बीपी […]
घटस्थापनाको अघिल्लो दिन मात्र छथर ओख्रे (तेह्रथुम) का भुवनजित तुम्खेवा काठमाडौंबाट दसैं मान्न घर आइपुगे । उनले घरमा पूर्खाहरूले गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा राख्ने गरेका छन् । तुम्खेवाले नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गरेका छन् । पहिले उनका पूर्खाले दसैंमा निशान जसरी पूज्थे, […]
११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको […]
११ कात्तिक, काठमाडौं । यतिबेला कसैले जिन्दगी के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ–ड्युटी, ड्युटी र ड्युटी । पहिला त उनलाई पनि कोरोना भाइरससँग बहुतै डर लाग्थ्यो । डरसँगै भाइरसको सामना गरिन् । कोराना लागेर मरिन्छ कि क्या हो भनेर डराएकी उनी अहिले सुरक्षा सावधानी अपनाएर कोरोना संक्रमणबाट अरुलाई पनि बचाउन सकिन्छ निश्कर्षमा […]
११ कात्तिक, काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते […]
११ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या […]
११ कात्तिक, राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवासमै आइसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला […]
from समाचार – Online Khabar https://ift.tt/2HxM5RP
via IFTTT