Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संघीय सरकारसँग प्रदेश २ को आग्रह– मल आपूर्तिमा गम्भीर बन

८ असार, जनकपुरधाम । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारको ध्यानकर्षण गराएको छ । मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केही […]

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा, भने- लाज लाग्यो

८ असार, पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले अनलाइनखबरलाई बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो […]

पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका […]

दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी   

८ असार, तुलसीपुर । दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना […]

वीरगञ्जमा डेढ वर्षका बालकले जिते कोरोना, उनीसहित ११ जना डिस्चार्ज

८ असार, वीरगञ्ज । वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० […]

तोलामै ९१ हजार पुग्यो सुनको भाउ

८ असार, काठमाडौं । नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल […]

नागरिकताको ७ वर्षे प्रावधानको राष्ट्रिय जनमोर्चाद्वारा स्वागत

८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको स्वागत गरेको छ  । सोमबार विज्ञप्ति जारी गर्दै राजमोले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्ने बताएको छ । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई […]

भरतपुरको पुङ्गी खोलामा आकर्षक तलाउ बनाइँदै

८ असार, चितवन । भरतपुरको मुख्य शहरी क्षेत्र भएर बग्ने पुङ्गी खोलामा तलाउ बनाइने भएको छ । भरतपुर महानगरपालिका(२ सप्तकन्या मन्दिर परिसरमा निर्माण हुन लागेको तलाउको बागमती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा शिलान्यास गरे । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको […]

कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

८ असार, सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण […]

काहीँ नभएको चेकिङ नागढुंगामा !

८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे । सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागु गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग […]

मालपोत कार्यालयमा भिडभाड, पाँच दिनमै ३० करोड राजस्व संकलन

८ असार, काठमाडौं । चाबहिलस्थित मालपोत कार्यालयमा पुग्नुभयो भने तपाईंले एकछिनका लागि कोरोना भाइरस बिर्सिनुहुनेछ । सेवाग्राहीको निधारमा थर्मल गन तेर्स्याउनेबाहेक यहाँ कुनै पनि सतर्कता अपनाइएको पाइँदैन । आइतबार अनलाइनखबरको टोली मालपोत कार्यालयमा पुग्दा मालपोत भवनको अगाडि कानुन व्यवसायीको फर्ममा सेवाग्राही भरिभराउ थिए । कार्यालय प्रवेश गर्ने मुख्यद्वारमा पनि भिडभाड थियो । प्रवेशद्वारमा बसेका सुरक्षा […]

देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद्

८ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ । मौसमविद मिन […]

राष्ट्रिय गौरव र रुपान्तरणकारी ३८ आयोजनालाई डेढ खर्ब बजेट

३२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ठूला र रुपान्तरणकारी आयोजनालाई प्राथमिकता दिने बताएको छ । सोहीअनुसार सरकारले राष्ट्रिय गौरवका २१ आयोजना र रुपान्तरणकारी नाम दिइएका १४ आयोजनाले बजेट पाएका छन् । विकास बजेटतर्फको सबैभन्दा ठूलो बजेट यी ३८ वटा आयोजना/कार्यक्रममा खर्च गर्ने लक्ष्य सरकारको रहेको छ । यी ३८ वटा आयोजनालाई १ खर्ब […]

हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध

८ असार, मकवानपुर । हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएका ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । […]

तनाव चीन र भारतको, चिन्ता गोर्खालीको

८ असार, काठमाडौं । दुई विशाल छिमेकी देशहरु सीमा क्षेत्रमा आमने–सामने भइरहँदा नेपालीहरुको पनि यथेष्ट ध्यान तानिएको छ । भारत र चीनबीचको जारी तनावले युद्धको रुप नलेओस् भन्ने कामना नेपालीहरुले पनि गरिरहेका छन् । छिमेकी देशहरु युद्धमा होमिएको खण्डमा नेपाललाई प्रत्यक्ष/परोक्ष असर त परिहाल्छ । त्यसबाहेक नेपालीहरुले चिन्ता लिनुको अर्को महत्वपूर्ण कारण हो, सम्भावित लडाईंमा […]

सरकारलाई गर्भवतीको प्रश्न : यो उद्धार हो कि सैनिक शासन ?

८ असार, काठमाडौं । दुबईबाट शुक्रबार हुने दोस्रो चार्टर्ड फ्लाइटमा नेपाल फर्किन शर्मिला रेग्मीले टिकट काटिन् । गर्भवती अवस्थामा रहेकाले उनी स्वदेश फर्कने प्राथमिकताको सूचीमा परेकी थिइन् । स्थानीय समय अनुसार बिहीबार बेलुकी ६ (नेपालको बेलुकी ७.४५) बजे उनी दुबईको एयरपोर्टमा छिरिन् । उडान दुबईको समय अनुसार राति १ बजे (नेपालको बिहान २.४५ बजे) हुने […]

सरकारले उत्पादक र आपूर्तिकर्तासँग माग्यो विद्युतीय बसबारे जानकारी

८ असार, काठमाडौं । साझा यातायातलाई दिएको ३ अर्ब फिर्ता लिएको ५ महिनापछि सरकारले विद्युतीय बस किन्न प्रक्रिया सुरु गरेको छ । सरकारले सोमबार एक सार्वजनिक सूचना निकालेर विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग ‘जानकारी’ मागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै जुलाई १ तारेकसम्म आफूसँग उपलब्ध विद्युतीय बसबारे विस्तृत […]

भारतमा रोकिएन कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ४४५ को मृत्यु

८ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ८२१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि चार लाख २५ हजार २८२ पुगेको छ । अघिल्लो २४ घण्टामा पनि भारतमा कोरोना भाइरसका […]

विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै […]

गुल्मीमा ८ महिने शिशुसहित १४ जना कोरोना संक्रमितलाई घर पठाइयो

८ असार, गुल्मी । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै गुल्मीमा आठ महिने शिशुसहित १४ जना संक्रमितलाई घर पठाइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का आठ महिने शिशुसहित १४ जना डिस्चार्ज भएका रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । संक्रमित भएकाहरुमा कुनै पनि लक्षण नदेखिएकाले कोरोना मुक्त भए/नभएको जाँच नगरी घर पठाइएको […]

नेकपाकै कारण गिजोलियो एमसीसी : के भन्छन् स्थायी कमिटीका नेता ?

८ असार, काठमाडौं । चिया पसलदेखि भट्टीपसलसम्म अहिले सर्वाधिक चर्चा र चासोको ‘टपिक’ बनेको छ एमसीसी । राजनीतिको शीर्ष तहमा रहेका नेतादेखि युट्युबरले बनाएका भाइरल मेनहरु पनि एमसीसीकै बहसमा केन्द्रित भइरहेका छन् । यस्तोबेला संसदबाट सम्झौता पारित गर्ने वा नगर्ने निर्णायक ठाउँमा चाहिँ सत्तारुढ नेकपा छ । अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) […]



from समाचार – Online Khabar https://ift.tt/2Bv9XSm
via IFTTT
Powered by Blogger.