समाचार
१२ असार, काठमाडौं । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ । कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने […]
१२ असार, बुटवल । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा प्रतिष्ठानकै तीन जना कर्मचारीसहित ७५ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित पुष्टि हुनेहरुमा घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, […]
१२ साउन, गोरखा । भीमसेन थापा गाउँपालिकाले लकडाउनमा कडाइ गरेको छ । समुदायस्तरमा कोरोना फैलिन सक्ने भन्दै मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाका अनुसार स्थानीयतमा कोरोना देखिएको टोललाई सिल गरिएको छ । स्थानीय पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पालिकाभर हालसम्म संक्रमितको […]
१२ असार, काठमाडौं । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका […]
१२ असार, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ […]
१२ असार, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर १० वटा प्रयोगशाला थप गरेको छ । असार १० गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमा कोरोना परीक्षण गर्ने ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयअनुसार झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, […]
१२ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । शुक्रबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या एक हजार ७०२ पुगेको हो । शुक्रबार डोटीमा २५, बैतडीको पञ्चेश्वरमा २, कञ्चनपुरको भीमदत्तमा १ र कैलालीको चुर गउँपालिकामा ५ तथा भजनीमा २ जनामा संक्रमण पुष्टि भएको […]
१२ असार, काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. […]
१२ असार, बुटवल । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका संक्रमित मध्ये ७२ जना पुरुष र ५ […]
१२ असार, काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।
१२ असार, काठमाडौं । सरकारले असार १५ गते १७ औं राष्ट्रिय धान दिवस मनाउने भएको छ । कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्याक्तिगत दूरी कायम गर्दै धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि […]
१२ असार, वीरगञ्ज । बाराको करैयामाईबाट प्रहरीले १ सय २५ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरी टोल बस्ने २५ वर्षीय सुवोधप्रसाद यादव, पर्साको बहुदरमाई नगरपालिका –९ घर भई बारा करैयामाई गाउँपालिका–४ बस्ने ६२ वर्षीय समसुल हक देवान र चितवनको राप्ती नगरपालिका–७ का ४५ वर्षीय लक्ष्मीबहादुर राई पक्राउ परेका हुन् । […]
१२ असार, जनकपुरधाम । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, […]
११ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका र टिप्पणीहरू उब्जिएका छन् । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री काम विशेषले एकछिन […]
१२ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र […]
१२ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: अनसन बसेका छन् । कोरोना महामारीबाट सर्वसाधारणको जीवन बचाउनका लागि आफू अनसनमा बसेको उनले बताएका छन् । शुक्रबार १ बजे दिउँसो पाटन दरबार क्षेत्रमा उनी अनसनमा बसेका हुन् । उनी कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको […]
१२ असार, जनकपुरधाम । जनकपुरधामबाट एक जना १७ वर्षीय किशोर कटुवा पेस्तोलसहित बिहीबार पक्राउ परेका छन् । जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट धनुषाको जनक नन्दनी गाउँपालिका-१ घर भई जनकपुरधाम उपमहानगरपालिका-१ बस्दै आएका १७ वर्षीय श्याम सहनीलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट […]
१२ असार, काठमाडौं । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति ८ः३० बजे मृत्यु भएको अस्पतालका मेसु डा. लक्ष्मण खड्काले जानकारी दिए । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी बिहीबार दिउँसो अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । डा. […]
१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगले अवरोध नगर्न आग्रह गरेको हो । पोखरा घटनाको अनुगमन गर्दा स्थानीय वासिन्दाले कोभिड–१९ […]
१२ असार, काठमाडौं । नेपालमा थुनुवाहरुविरुद्ध अहिले पनि यातना र दुर्व्यवहारको घटना रोकिन नसकेको एक अध्ययनले देखाएको छ । इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), एडभोकेसी फोरम र तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) ले गरेको एक अध्ययनले थुनुवाविरुद्ध र यातना र दुर्व्यवहार प्रचलनमै रहेको देखाएको हो । एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठाकुरीले […]
१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी थालेको छ । हेटौंडामा रहेको जिल्ला अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णय गरेको सरकारले प्रतिष्ठानको अध्यापन र कार्यालय हेटौंडा उपमहानगरपालिका ८ मा राख्ने तयारी गरेको छ । जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको लगानीमा उपमहानगरको-८ नम्बरमा ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा […]
from समाचार – Online Khabar https://ift.tt/2NsKKLk
via IFTTT