समाचार
११ जेठ, काठमाडौं । काठमाडौंको मध्यवानेश्वरमा मन्दिर पुनर्निर्माणको क्रममा प्राचीन इँटा भेटिएको छ । मध्यवानेश्वरको रत्न राज्यलक्ष्मी स्कुलको प्राङ्गणमा रहेको वाणेश्वर महादेव मन्दिर पुनर्निर्माणको क्रममा ऐतिहासिक इँटा भेटिएपछि मन्दिर व्यवस्थापनले पुरातत्व विभागलाई खबर गरेको थियो । विभागले त्यस इँटाबारे अध्ययन थालेको छ । पुनर्निर्माणको क्रममा मन्दिरको अघिल्लो भागबाट तीनवटा भिन्दाभिन्दै आकारका आधा दर्जनजति इँटा भेटिएको […]
११ असार, काठमाडौं । रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार राजधानीमा लालटिन जुलस गरेको छ । सरकार र न्यायलयले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनको लागि लालटिन जुलुस गरेको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीहरुले माइतीघरबाट लालटिनसहित नयाँ बानेश्वरसम्म जुलुस गरी कोणसभा गरेका छन् । पूर्वसांसद जीवन परियारले अदालतसमेत सरकारको […]
११ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद […]
११ असार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिए । वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिज क्वारेन्टिनमा खटिएका एक जना स्वास्थ्यकर्मी र भारतबाट विभिन्न मितिमा आएर बसेका १० […]
११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबा पुष्टि भएका मध्ये ३६ जना संक्रमित कर्णालीभित्रका जिल्लाका होइनन् । उनीहरु देशका विभिन्न जिल्लाका रहेको प्रदेशको समाजिक […]
११ असार, काठमाडौं । बिहीबार करिब डेढ सय यात्रु त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलमा आइपुगे । थुप्रै सवारी साधनले उनीहरूलाई विमानस्थलसम्म ल्याएको थियो । ती यात्रुले विमानस्थलको सुरक्षा जाँच, स्वास्थ्य जाँच, टिकेटिङलगायतका प्रक्रिया पूरा गरे । उनीहरू बुद्ध एयरको विमानसम्म पुगे । विमानभित्रिने बेलामा एयरहोस्टेजहरूले फेस मास्क वितरण गरे । सबै यात्रुलाई आ-आफ्नो सिटमा सुरक्षित बस्न […]
११ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार संक्रमित हुनेमा धनुषाका ९, महोत्तरीका ५ र सिराहाका २ जना गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार २ सय […]
११ असार, काठमाडौं । राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयहरू बचाउनका लागि सरकारले राहत प्याकेज ल्याउन माग गरेकी छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले निजी विद्यालय सञ्चालकहरूका लागि केही न केही राहत दिनुपर्ने बताएकी हुन् । शिक्षकहरूले चैत महिनाबाटै तलब नपाएको भन्दै सांसद राईले यस्तो माग गरेकी हुन् । सबै […]
११ असार, काठमाडौं । नेपाल उद्योग–वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई नियमन गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन नहुने बताएका छन् । संसदमा पारित हुने अवस्थामा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, तेस्रो संसोधन विधेयक, २०७६ मा राखिएका निजी क्षेत्रलाई नियमन गर्ने व्यवस्थाहरू सबै हटाउन गोल्छाले माग गरे । उनका अनुसार निजी क्षेत्रलाई […]
११ असार पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा […]
११ असार, वीरगञ्ज । वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महानरपालिका–२ घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो । ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको […]
११ असार, बुटवल । प्रदेश ५ सरकारले कानून संशोधन गरेर स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा वृद्धि गरेको प्रति साझा पार्टी प्रदेश ५ समितिले आपत्ति जनाएको छ । नागरिक भोक र रोगको त्रासमा बाँच्नुपर्ने अवस्थामा प्रदेश सरकारको प्रस्तावमा प्रदेश सभाले आफू खुशी राज्य कोषको रकम कानून बनाएर बढाउनु लज्जास्पद भएको साझा पार्टीले ठहर गरेको छ […]
११ असार, काठमाडौं । कोभिड–१९ को परीक्षण गर्ने ल्याबको लिस्टिङ गर्न भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुको टोली मंगलबार उपत्यकाको एउटा निजी ल्याबमा पुग्यो । तर सरकारले तोकेको मापदण्ड अनुसार परीक्षण गर्न नसक्ने भनेर ल्याबका अधिकारीहरुले एनपीएचएलको टोलीलाई फर्कायो । त्यसको केहीअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन परिचालन केन्द्रले कोभिड–१९ मोलिक्युलर परीक्षण गर्न अनुमति […]
११ असार, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले नेपाल-भारत सिमानामा काँडे तारबार लगाउन पर्साको ठोरी गाउँपालिकालाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले बुधबार गाउँसभामा आर्थिक वर्ष ०७७/७८ को लागि बजेट सार्वजनिक गर्ने क्रममा सीमा नाकामा तारबार लगाउन ठोरीलाई एक लाख रुपैयाँ उपलब्ध गराउन बजेट विनियोजन गरिएको जानकारी गराएकी हुन् । […]
११ असार, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ४९ करोड ६२ लाख १६ हजार ५ सय ९९ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ को तुलनामा केही घटाएर बजेट ल्याएको हो । नगरकी उपप्रमुख लिशा नकर्मीले बुधबार आयोजित नगरसभाको पाँचौ अधिवेशनमा वार्षिक बजेट तथा […]
११ असार, सुर्खेत । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य […]
११ असार, काठमाडौं । कालो हाफ प्यान्ट र निलो टिसर्ट लगाएका, कपाल सेतै फुलेको, पातलो ज्यान भएका एक पुरुष बाउसे गरेर ठिक्क बनाएको खेतको गरामा धमाधम धान रोपिरहेका छन् । खेतमा रहेका केही खेतालाहरु गराको तल्लोपट्टी खाजा खाँदैछन्, दिन घुरमैलो छ । एकजना महिला मोबाइलमा भिडियो खिच्दै भनिरहेकी छिन् ‘मामाले कति छिटो भ्याइसक्नु भयो एउटा […]
११ असार, काठमाडौं । टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् । गएराति १ बजे विवाद हुँदा उनले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले […]
११ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौं’ भन्दै ट्विट गरे । उनले ट्विटमा भनेका छन् ‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनुहुँदैन पनि ।’ देउवाले पूरक ट्विट पनि […]
११ असार पोखरा । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान […]
११ असार, सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरुले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ । ‘सुर्खेत जिल्लामा मात्रै १२ […]
from समाचार – Online Khabar https://ift.tt/2NsOCvF
via IFTTT






















