समाचार
१२ असार, सुर्खेत । महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा थपिएको चुनौतीका कारण स्थानीय तहले पनि आफ्ना प्राथमिकता बदलेका छन् । चालु तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सुर्खेतका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीको विषयलाई महत्व दिएका छन् । यहाँका नौवटै स्थानीय […]
१२ असार, रौतहट । रौतहटमा क्वारेन्टिन बाहिर रहेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० वर्षीय संक्रमित रौतहटको बौधिमाई नगरपालिकाको […]
१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते […]
१२ असार, चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्क कम संकलन गरेको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड ९२ लाख १३ हजार रुपैयाँ असुल गर्ने लक्ष्य लिएकोमा १७ अर्ब ९२ […]
१२ असार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको […]
१२ असार, काठमाडौं । सामाजिक अभियन्ता ई : आमरन अनशन बस्ने भएका छन् । पछिल्लो समय पीसीआरको क्षमता बढाउनु पर्ने, क्वारेन्टिनस्थलहरु व्यस्थित बनाउनु पर्ने भन्दै उनी ‘इनफ इज इनफ’ अभियानमा सक्रिय थिए । जीवन बचाउनको लागि सत्याग्र नारा राखेर शुक्रबार एक बजेबाट उनी अनशन बस्ने भएका हुन् ।
१२ असार, काठमाडौं । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३५/४० वर्षका श्याम परियारको हत्या भएको हो । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई बताए । पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम […]
१२ असार, जनकपुरधाम । जीवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए । घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री […]
१२ असार, काठमाडौं । न्युरोड गेटबाट दायाँ लागेपछि देखिन्छ अनेकानेक पसल । कुनै पसल अगाडि विविध रङ्गका खेलौना झुण्डाइएका छन् त कुनैमा स्टाइल-स्टाइलमा ब्यागहरू । पसलहरूका अगाडि फुटपाथमा पनि व्यापारका अनेकथरी सामान फिँजाइएका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड पनि बढेको देखियो । तीन महिनादेखि हात बाँधेर बस्ने भरियाहरू […]
१२ असार, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर […]
१२ असार, हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो । हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले […]
१२ असार, काठमाडौं । ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत […]
१२ असार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । […]
१२ असार, काठमाडौं । तपाईंको कुनै सपना पूरा हुन दशकभन्दा पनि बढी लामो समय लाग्छ । साथै कुनै एउटा महामारी आउँछ र तपाईंको सपना चकनाचुर पारिदिन्छ । अहिले त्यस्तै अवस्था एयरबीएनबीका सीईओ ब्रियन चेस्कीले भोगिरहेका छन् । यसै वर्ष आएको कोभिड–१९ को महामारीको कारण उनको व्यवसाय चौपट भएको छ । ‘हामीलाई एयरबीएनबी निर्माण गर्न १२ […]
१२ असार, काठमाडौं । सरकार विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्ने प्रक्रियाको टेण्डरमै अल्झिएको छ । आर्थिक वर्ष २०७०/०७१ सालको नीति तथा कार्यक्रम र बजेटमा परेदेखि निरन्तर सरकार ई–पासपोर्ट छाप्ने र नेपालमा लागू गर्ने तयारीमा छ । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार ई–पासपोर्ट छपाइका लागि सुरुमा १० भदौ २०७६ मा टेन्डर आह्वान गरिएको थियो । तर […]
१२ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरमा २१ जना, तनहुँमा २ जना तथा बाग्लुङ र स्याङ्जामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ सय ९२ पुगेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी […]
‘रेडियो नेपाल ।’ काँचको पारदर्शी ढोका अघिल्तिर पुगेर उनको ह्वीलचियर टक्क रोकिन्छ । ढोकामा सिंहदरबार परिसरको प्रतिविम्बलाई छल्दै एउटा अधवैंशे अनुहार देखा पर्छ । त्यही अनुहार, जसले असीमित पीडा लुकाएको छ । हिजो हीनताबोधले फतक्कै गलेको त्यो अनुहारमा आज प्रेरणाका आभा पोतिएको छ । सो अनुहारलाई चिनाउने संज्ञा हो, खड्ग गर्बुजा । जीवनका कतिपय सपनाहरु […]
१२ असार, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले अनलाइनखबरसँग भने, ‘विप्लव समूहका पर्चा टाँस्ने, समूहमा […]
१२ असार, चितवन । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत […]
१२ असार, तम्घास । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । कोरोना संक्रमण पुष्टि […]
१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा लुटेराको समूहले गोली चलाएको छ । बोधिचित्त रुँघेर बसेका स्थानीय व्यक्तिलाई हतियारधारी समूहले तर्साएर लुटपाट गरेका हुन् । घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । त्यसअघि हतियारधारी समूहले रुँघेर बसेका व्यक्तिलाई ताकेर गोली चलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए । एसपी […]
from समाचार – Online Khabar https://ift.tt/3i49SWN
via IFTTT