समाचार
१४ असार, तनहुँ । असारलाई मानो रोपेर मुरी उब्जाउने समय भनिन्छ । मध्य असारको गर्मीलाई सिमसिम पानीले प्रतिवाद गरिरहेको छ । धेरै ठाउँका किसान खेत रोप्ने तयारीमा रहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाका किसानलाई भने चैते धान भित्र्याउने चटारो छ । असार सुरुदेखि नै लगातार पानी परिरहेका कारण खेत हिलो भएको छ । जति हिलो भए […]
१४ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुंगो लागिसकेको छ भने […]
१४ असार, काठमाडौं । बझाङको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभीड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए । टेकुको […]
१४ असार, काठमाडौं । काभ्रेको बेथानथोक गाउँपालिकाका एक युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट २ असारमा आएका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हाल स्थानीय तहको क्वारेन्टिनमा छन् । काभ्रेमा यसअघि ५ पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । र, उनीहरु सबै निको भएर घर […]
१४ असार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन’ उनले भने ‘यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो […]
१४ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह देशैभर पुगेको हुनसक्ने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । तर कुनै पनि ठाउँमा ठूलो समूहमा नभएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । मन्त्रालयमा प्राप्त पछिल्लो सूचना अनुसार चितवन र मकवानपुरमा भने बालीनाली हानी गर्न सक्ने गरी सलहको झुण्ड देखिएको छ । ‘चितवन […]
१४ असार, काठमाडौं । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट आइतबार २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार आइतबार तीन जना महिलासहित २१ जना संक्रमित डिस्चार्ज भएका हुन् । पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. उपाध्यायले बताए । डिस्चार्ज हुनेमा पर्साको विन्दवासिनी गाउँपालिकाका १० जना, पोखरिया […]
१४ असार, काठमाडौं । यस वर्षको त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार शिक्षक मासिकलाई प्रदान गरिने भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले एक लाख नगद राशीको पुरस्कार शिक्षक मासिकलाई दिने घोषणा गरेको हो । नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति गरेको योगदानका लागि शिक्षक मासिकलाई पुरस्कृत गर्ने निर्णय गरेको उप्रेती शिक्षा केन्द्रका अध्यक्ष […]
१४ असार, काठमाडौं । सरकारको निर्देशन विपरीत निजी विद्यालयहरूले लकडाउन अवधीको शुल्क संकलन गर्न थालेका छन् । स्कुल बचाउने भन्दै केही विद्यालयले जबरजस्ती शुल्क तिर्न ताकेता गर्न थालेको अभिभावले बताएका छन् । हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलले ह्वाटस् एप ग्रुपमा अभिभावकलाई शुल्क तिर्न दबाब दिइरहेको छ । कक्षा ५ को विद्यार्थीका अभिभावकलाई ५० हजार रुपैयाँको बिल […]
१४ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा नेपाल प्रहरीले बनाएको भवन कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले लिने भएको छ । त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानको भवन नजिकै प्रहरीले आफैं बस्न बनाएको भवन विभिन्न विद्यार्थी र प्राध्यापक संगठनहरुको विरोधका कारण प्रयोगविहीन अवस्थामा थियो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका लागि त्रिविले जग्गा दिएर भवन निर्माण सुरु […]
१४ असार, वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका-५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ-६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ती युवक रुपन्देही […]
१४ असार, डोटी । कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेका हुन् । प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो । भारतीय सीमा […]
१४ असार, काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा कोरोना संक्रमण फैलिने संकेत पाएपछि तत्कालै कडा किसिमको लकडाउन गरे पनि सो मुलुक अहिले धेरै संक्रमितको सूचीमा छैटौं स्थानमा परेको छ । पेरुका राष्ट्रपति मार्टिन भिज्काराले लकडाउनका कारण पहिले अनुमान गरिएजस्तो भयावह अवस्था अहिले नरहेको दाबी गरिरहेका छन् । तर पेरु किन कोरोना भाइरसबाट यति धेरै प्रभावित […]
१४ असार, गोरखा । गोरखाको बारपाकमा सलह किरा देखिएपछि किसान चिन्तित भएका छन् । स्थानीय मीनबहादुर गुरुङका अनुसार शनिबार दिउँसो करिव दुई बजेतिर एक हुल फट्याङ्ग्राजस्तो किरा गाउँमा देखिएको थियो । ‘केही मकैबारीमा पसेको छ, अधिकांश बाटो र घरको छतमा बसेका छन्’ उनले भने । स्थानीयले उक्त किरा मार्न थालेका छन् । स्थानीय धर्तीमान घलेले […]
१४ असार, पोखरा । कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । महतगौंडाका किसानले सलह देखिएको भन्दै बिहान ७ बजेतिरै पोखरा महानगरपालिकामा जानकारी गराएका थिए । ‘स्थानीयले नै बिहान फोन […]
१४ असार, काठमाडौं । बाली संरक्षण विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले भारतबाट आएको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । सलह ठूलो समूहमा ८ करोडसम्म हुने भए पनि नेपालमा २–४ लाखको समूहमा मात्रै आएको बताए । विषादी प्रयोग गर्ने र थाल, स्पिकर, टिन बजाउने र धुँवा निकाल्ने लगायत काम गरेर […]
१४ असार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरण गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो । सरकारी निकायले यो विनाशकारी किरा […]
१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने बताए । ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ […]
१४ असार, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि […]
अबको केही महिनापछि वा बर्षपछि, –हामी अहिले जसरी सरसफाईमा ध्यान दिन्छौं होला ? जस्तो कि, अहिले साबुन पानीले हात धोइरहेका छौं । –हामी अहिले जसरी शारीरिक दूरी कायम राखेर काम गर्छौं होला ? जस्तो कि, अहिले भिडभाडमा एकअर्काबीच केही दूरी कायम राखिन्छ । –हामी अहिले जसरी पोषिलो खानपान र योग–व्यायामलाई आफ्नो हिस्सा बनाउँछौं होला ? […]
from समाचार – Online Khabar https://ift.tt/2YCs6qy
via IFTTT