Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ   

१२ असार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको […]

सामाजिक अभियन्ता ई : अनशनमा

१२ असार, काठमाडौं । सामाजिक अभियन्ता ई : आमरन अनशन बस्ने भएका छन् । पछिल्लो समय पीसीआरको क्षमता बढाउनु पर्ने, क्वारेन्टिनस्थलहरु व्यस्थित बनाउनु पर्ने भन्दै उनी ‘इनफ इज इनफ’ अभियानमा सक्रिय थिए । जीवन बचाउनको लागि सत्याग्र नारा राखेर शुक्रबार एक बजेबाट उनी अनशन बस्ने भएका हुन् ।  

‘मापसे’ गरेर सामान्य विवादमा साथीको हत्या

१२ असार, काठमाडौं । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३५/४० वर्षका श्याम परियारको हत्या भएको हो । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई बताए । पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम […]

मोरङमा स्कारपियोको ठक्करबाट तीनजनाको मृत्यु

१२ असार, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर […]

राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

१२ असार, जनकपुरधाम । जीवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए । घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री […]

हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध

१२ असार, हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो । हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले […]

इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति 

१२ असार, काठमाडौं । ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

१२ असार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । […]

एयरबीएनबी : निर्माणमा १२ वर्ष लाग्यो, ६ सातामा ध्वस्त भयो !

१२ असार, काठमाडौं । तपाईंको कुनै सपना पूरा हुन दशकभन्दा पनि बढी लामो समय लाग्छ । साथै कुनै एउटा महामारी आउँछ र तपाईंको सपना चकनाचुर पारिदिन्छ । अहिले त्यस्तै अवस्था एयरबीएनबीका सीईओ ब्रियन चेस्कीले भोगिरहेका छन् । यसै वर्ष आएको कोभिड–१९ को महामारीको कारण उनको व्यवसाय चौपट भएको छ । ‘हामीलाई एयरबीएनबी निर्माण गर्न १२ […]

ई–पासपोर्टको टेण्डरमा अल्झियो सरकार, एमआरपीले डेढ वर्ष धान्ने

१२ असार, काठमाडौं । सरकार विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्ने प्रक्रियाको टेण्डरमै अल्झिएको छ । आर्थिक वर्ष २०७०/०७१ सालको नीति तथा कार्यक्रम र बजेटमा परेदेखि निरन्तर सरकार ई–पासपोर्ट छाप्ने र नेपालमा लागू गर्ने तयारीमा छ । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार ई–पासपोर्ट छपाइका लागि सुरुमा १० भदौ २०७६ मा टेन्डर आह्वान गरिएको थियो । तर […]

गण्डकीका चार जिल्लामा थपिए २५ संक्रमित, ९ जना डिस्चार्ज

१२ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरमा २१ जना, तनहुँमा २ जना तथा बाग्लुङ र स्याङ्जामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ सय ९२ पुगेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी […]

खड्ग गर्बुजा : जीवनमा हार खान नहुने रहेछ !

‘रेडियो नेपाल ।’ काँचको पारदर्शी ढोका अघिल्तिर पुगेर उनको ह्वीलचियर टक्क रोकिन्छ । ढोकामा सिंहदरबार परिसरको प्रतिविम्बलाई छल्दै एउटा अधवैंशे अनुहार देखा पर्छ । त्यही अनुहार, जसले असीमित पीडा लुकाएको छ । हिजो हीनताबोधले फतक्कै गलेको त्यो अनुहारमा आज प्रेरणाका आभा पोतिएको छ । सो अनुहारलाई चिनाउने संज्ञा हो, खड्ग गर्बुजा । जीवनका कतिपय सपनाहरु […]

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

१२ असार, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले अनलाइनखबरसँग भने, ‘विप्लव समूहका पर्चा टाँस्ने, समूहमा […]

चितवनमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि

१२ असार, चितवन । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत […]

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

१२ असार, तम्घास । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । कोरोना संक्रमण पुष्टि […]

काभ्रेमा हतियार देखाएर बोधिचित्त लुटपाट, पाँच जना घाइते

१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा लुटेराको समूहले गोली चलाएको छ । बोधिचित्त रुँघेर बसेका स्थानीय व्यक्तिलाई हतियारधारी समूहले तर्साएर लुटपाट गरेका हुन् । घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । त्यसअघि हतियारधारी समूहले रुँघेर बसेका व्यक्तिलाई ताकेर गोली चलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए । एसपी […]

आज विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै

१२ असार, काठमाडौं । विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान […]

क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी

१२ असार, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । क्वारेन्टिनबाट कचौरा […]

बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै

१२ असार, काठमाडौँ । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताए। […]

कैलालीका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ

१२ असार, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. […]

अमेरिकामा दुई करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण हुने आशंका

१२ असार, काठमाडौं । अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने आशंका गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले यो आशंका गरेको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले बिहीबार सन्चारकर्मीहरुसँग भने, ‘हाम्रो आँकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ ।’ सीडीसीका […]



from समाचार – Online Khabar https://ift.tt/31hKBlT
via IFTTT
Powered by Blogger.