Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज  

१६ असार, गुल्मी । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु म‌ंगलबार डिस्चार्ज भएका हुन् । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला छन् । पछिल्लो तथ्यांक अनुसार […]

यूएनएफपीएले भन्यो–छोरीभन्दा छोराको चाहना बढी राख्दा लै‌ङ्गिक असन्तुलन बढ्यो

१६ असार, काठमाडौं । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले बालविवाह र छोरीभन्दा छोराको चाहना बढी गर्ने संस्कार तत्काल रोक्नुपर्ने बताएको छ । यूएनएफपीएले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने संस्कारले लैङ्गिक भेदभावलाई बढावा दिएको र छोराको छनौट बढी भई नवजात शिशु जन्ममा लैङ्गिकअनुपात असन्तुलन बढेको जनाएको छ । नेपालमा सन् २००५ मा १०० नवजात […]

जनकपुर ल्याबमा कोरोना पोजेटिभ, हेटौंडामा नेगेटिभ

१६ असार, रौतहट । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ भएको रिपोर्ट दिएपछि सोमबार साँझ रौतहट जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरु तनावमा परे । स्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइयो । तर हेटौंडामा […]

कर्णालीमा भित्रियो सलह, नार्ककै जग्गामा भेटियो

१६ असार सुर्खेत । कर्णाली प्रदेशमा पनि सलह भित्रिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-३ दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)कै बारीमा मंगलबार सलह देखिएको हो । कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो […]

निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन

१६ असार, काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ,  हामी जाँचबुझ गर्दै छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीको अध्यक्षको नाम सञ्जय अधिकारी लेखिएको छ […]

त्रिविको वार्षिक परीक्षा हुने, सेमेष्टरबारे कार्यदलले अध्ययन गर्दै

१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका […]

काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिए

१६ असार, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण […]

चित्तलको मासुसहित एकजना पक्राउ

१६ असार, वीरगञ्ज । पर्सामा चित्तलको मासु खाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सखुवा पर्सौनी गाउँपालिका-१ औराह बस्ने ४५ वर्षीय लक्ष्मण माझी मुसहर पक्राउ परेका हुन् । डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको टोली र राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले सोमबार माझीलाई पक्राउ गरेको हो । छापामारीको क्रममा बाह्र बोरको […]

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७ जिल्लामा संक्रमितको संख्या ५०० नाघ्यो

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार […]

भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित

१६ असार, काठमाडौं । आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ। मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा […]

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : ‘सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूत’लाई किन देश निकाला गर्नुहुन्न ?

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने यदि त्यस्तो षड्यन्त्र गरेको भए किन […]

खानेपानीका इन्जिनियरको १० करोड ७७ लाख अवैध आम्दानी, भाञ्जीको नाममा समेत जग्गा

१६ असार, काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोप छ । २०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा […]

दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु

१६ असार, कैलाली । दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महरा र शैल्यशिखर नगरपालिका –४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ घाँस काट्दा भिरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भए पनि प्रहरीले घटनाबारे मंगलबार बिहान मात्रै जानकारी पाएको […]

एसईईको नतिजा ३० असारसम्म परीक्षा बोर्डमा पुगिसक्नुपर्ने

१६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो । ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा […]

२४ जिल्लामा फैलियो सलह, कता छन् ठूला झुण्ड ?

१६ असार, काठमाडौं । नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रले जनाएको छ। सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर […]

प्रदेश २ मा ३७ जनामा कोरोना संक्रमण

१६ असार, वीरगञ्ज । प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीमा २९, रौतहटमा ५, धनुषामा ३ जनामा संक्रमण देखिएको हो । १ सय ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए । महोत्तरीको सम्सी क्वारेन्टिनका […]

नागरिकता विधेयकविरुद्ध जसपाका नेताहरु सडकमा

१६ असार, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी […]

‘यो पार्टी ओली एण्ड प्रचण्ड लिमिटेड कम्पनी होइन, दुबैलाई हटाउन सकिन्छ’

१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नेकपाभित्र स्पष्ट वक्ता मानिन्छन् । यद्यपि उनी अहिलेको ध्रुवीकरणमा माधव नेपाल पक्षमा छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको समीक्षा हुने र आवश्यकता पर्‍यो भने पार्टीले प्रधानमन्त्री फेर्न पनि सक्ने नेता पाण्डेको भनाइ छ । ‘नेकपा […]

कर्णालीमा थपिए १६ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज

१६ असार, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित पुष्टि भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका […]

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

१६ असार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए । श्वासप्रश्वासमा समस्या भएपछि […]

‘प्रधानमन्त्री पद पार्टीको बहुमत अल्पमतसँग ‘टाइअप’ हुँदैन’

१६ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेकपा अध्यक्ष केपी ओलीनिकट नेता हुन् । जनताको बहुदलीय जनवाद (जबज) को वकालत गरेसँगै पूर्वमाओवादी समूहबाट पोखरेल बेला बखत तारो बन्दै आएका छन् । सत्तारुढ पार्टीकै नेताहरुबाट सरकारको आलोचना भइरहेको सन्दर्भमा विगतमा पनि यस्तै हुने गरेकाले यो स्वाभाविक भएको पोखरेलको तर्क छ । उपप्रधानमन्त्री पोखरेलले अनलाइनखबरसँग […]



from समाचार – Online Khabar https://ift.tt/2Zm4A0m
via IFTTT
Powered by Blogger.