Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाढी पहिरोका विषयमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१५ असार, काठमाडौं । बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै सोमबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बाढी पहिरोको नियन्त्रण र रोकथामको चुस्त र प्रभावकारी तयारी गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावको कांग्रेस सांसदहरु लक्ष्मी […]

राप्रपा अध्यक्ष लोहनीको आरोप- केपी ओली श्री ३ नवसामन्तवादी !

१५ असार, काठकाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीलाई नवसामन्त, श्री ३ को संज्ञा दिएका छन् । ओलीले आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको डा. लोहनीको प्रतिक्रिया छ । ‘सम्माननीय प्रधानमन्त्रीजी, नेपालको नयाँ नक्सा जारी गरेवापत विदेशी र स्वदेशी मिलेर तपाईलाई हटाउन प्रयास हुँदैछ […]

रानीपोखरीको पिँध र पर्खाल तयार

१५ असार, काठमाडौं । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवम पानी रहने भागको पर्खाल निर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम […]

खोकनाका किसान : आफ्नै खेत खनजोत गर्न पनि प्रहरीसँग घम्साघम्सी

१५ असार, काठमाडौं । आज असार १५ । अन्य जिल्लाका किसानहरू जस्तै ललितपुरको खोकनाबासी पनि सोमबार बिहानै खेतमा रोपाइँ गर्न निस्किए । सुडोल फाँटमा खेत जोत्ने, आली लगाउने, पानी लगाउनेलगायतका काम सुरु गर्नै लाग्दा प्रहरीको टोली त्यहाँ पुग्यो र उनीहरूको काममा अवरोध गर्‍यो । प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो । स्थानीय कृष्ण […]

सुर्खेतमा विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

१५ असार, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे […]

नेकपाले रोक्ने निर्णय गरेको दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा

१५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल अघि नबढाउने निर्णय गरेको विधेयक राष्ट्रिय सभाले पारित गर्दैछ । नेकपा सचिवालय बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयक तत्काललाई अघि नबढाउने निर्णय गरेको थियो । राष्ट्रिय सभाको एक बजे बस्ने बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान […]

लकडाउनमा टल्किएका सडकमा फेरि रातो झण्डा !

१५ असार, काठमाडौं । लकडाउन अवधिभरि काठमाडौंका चिल्ला र खाली सडकहरूको फोटो सामाजिक सञ्जालमा भाइरल बने । नबनुन् पनि किन ? यो वर्षको हिउँदमा नै गत वर्षहरूको भन्दा छिटो गतिमा सडक मर्मतको काम भयो । त्यसैले मंसिरसम्म भौतिक पूर्वाधार मन्त्री बनेका वसन्त नेम्वाङ र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा एकाएक चर्चामा आए । असार १ […]

सलह नियन्त्रणमा भारत र पाकिस्तानको अनुभव : राति ११ बजेदेखि बिहान ७ बजेको समय उपयुक्त

१५ असार, काठमाडौं । कोरोनापछि अर्को संकट छिमेकी देश भारतबाट नेपाल छिरेको छ- सलह । आउँदैन भन्दाभन्दै नेपालमा आयो । ‘ढिलो आयो, कडा आयो’ भनेजस्तो सलहले एकैपटक देशव्यापी रूपमा आतंक सिर्जना गरेको छ । अहिले नेपालमा देखिएको सलह सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको थियो । त्यहाँबाट साउदी अरब, इरान हुँदै गत डिसेम्बरमा सलह […]

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

१५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो । अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या […]

बन्दाबन्दीमै बढ्यो बलात्कार

१५ असार, कैलाली । घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो । घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो । घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्रीमान् र […]

खुमलटारमा रोपाइँ, हेर्नुस् ७ तस्वीर

१५ असार, काठमाडौं । आज विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । खुमलटारस्थित कृषि अनुसन्धान परिषद्‍मा रोपाइँ महोत्सव आयोजना गरिएको छ । महोत्सवमा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेलगायत पुगेका छन् । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिने उद्देश्यले आफूहरू खेतमा पुगेको […]

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ घाइते

१५ असार, कैलाली । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । […]

असारमा सांसद कोषको पैसा सक्ने चटारो, कोरोना कोषमा तान्ने निर्णय भन्नलाई मात्र

१५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसदीय क्षेत्र विकास कोष)अन्तर्गत विनियोजित १५ लाखको लागतमा मध्यपुर थिमी नगरपालिका–६ को दुवाफल्चादेखि स्वङ्गा पुखुसम्मको बाटोमा ईटा छपाईको सांसद महेश बस्नेतले गत असार १ गते विविध काम थाले । त्यसको भोलिपल्ट असार २ गते यही कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका–१५ स्थित झोलुंगे बिष्णुमति करिडोरमा लिंकरोड क्रसिङ पुलको […]

महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैनः कृषि सचिव

१५ असार, काठमाडौं । कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण केही समस्या भए पनि धान उत्पादनलाई रोक्नु नहुने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कृषि अनुसन्धान परिषद्, खुमलटार पुगेका भारीले अनलाइनखबरसँग भने, ‘महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैन ।’ उनले कृषिकलाई प्रोत्साहन होस् भन्ने […]

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश […]

भोजपुरमा आगलागी, तीन वर्षीया बालिकाको मृत्यु

१५ असार, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनको तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

१५ असार, काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले अनलाइनखबरलाई बताए । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको […]

पुरातत्वले अनुमति दिए चारखालको जीर्ण संरचना २४ घण्टाभित्र हटाउछौं : मानन्धर

१५ असार, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरातत्व विभागले अनुमति दिएमा डिल्लीबजारको चारखालस्थित पुराना संरचना २४ घण्टाभित्रै हटाउने बताएका छन् । केही दिनअघि डिल्लीबजार कारागारको पुरानो भवनको बाहिरी पर्खाल भत्किएको थियो । वर्षाको समयमा पुरानो जिर्ण भवनका अन्य भाग पनि भत्किने जोखिम कायमै छ । कारागारको बाहिरी क्षेत्रमा रहेको जिर्ण भवनको व्यवस्थापनका लागि […]

१७ वर्षपछि भएन पोखरामा रोपाइँ महोत्सव

१५ असार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्ने ।’ यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्‍यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा […]

कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस

१५ असार, काठमाडौं । आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् । कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ । राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री […]

निजामती विधेयक : अब महिला आरक्षण पनि समावेशी

१५ असार, काठमाडौं । निजामती सेवामा महिला आरक्षणलाई पनि समावेशी बनाइने भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिचाराधीन ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा महिला आरक्षणलाई समावेशी बनाउने विषयमा सहमति जुटेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र समितिका सदस्यहरुबीच पटक–पटक […]



from समाचार – Online Khabar https://ift.tt/2Bahs1C
via IFTTT
Powered by Blogger.