समाचार
१४ असार, काठमाडौं । दिन आधा ढल्किसकेको छ । असारे झरी कुनबेला दर्किने हो, पत्तो छैन । लकडाउन आधा खुलेको आज १४ दिन भयो । ट्याक…ट्याक……। संगीतादेवी आफ्नै सुरमा ढुंगामा बुट्टा कुँदिरहेकी छिन् । यही बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको चार सदस्यीय परिवारको जिन्दगी । ‘सिलौटो आफैं बनाउनुहुन्छ ?’ बर्कोले मुख छोपेकी संगीताले आफैं बनाउछु […]
१४ असार, वीरगञ्ज । लकडाउन सुरु भएदेखि हालसम्म वीरगञ्ज भन्सार नाका हुँदै ४ अर्ब ८३ करोड ३९ लाख ४९ हजार ३ सय ९२ रुपैयाँको तयारी औषधी, कच्चा पदार्थ र केमिकल आयात भएको छ । ०७६ चैत ११ गतेदेखि ०७७ असार ७ गतेसम्म ४ अर्ब ९ करोड ५१ लाख ३ हजार ७ सय ५५ रुपैयाँको औषधि […]
१४ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं […]
१४ असार, जनकपुरधाम । प्रदेश २ सरकारले सलह किरालाई लिएर बढी संशय र चिन्ता नगर्न किसानसँग आग्रह गरेको छ । प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रेस विज्ञप्ती जारी गर्दै किराले पु¥याउने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानसँग आग्रह गरेका हुन् । ‘यी किरालाई बालीनाली र रुख बिरुवा […]
१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमुना परीक्षण थालेको छ । यसको सुरूवात माइतीघर मण्डलाबाट गरिएको छ । माइतीघर मण्डलामा अब साँझको सयममा पुग्दा झिलिमिली देख्न पाइनेछ । त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जोडिएको छ । काठमाडौँ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली सहरको सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने […]
१४ असार, काठमाडौं । नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरू पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट […]
१४ असार, विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । […]
१४ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवामा खस आर्यलाई दिन प्रस्ताव गरिएको आरक्षण प्रतिशत घटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको गुप्तचरसम्बन्धी विधेयक (विशेष सेवा विधेयक) मा खस आर्यलाई आरक्षण दिने व्यवस्था छ । राष्ट्रिय सभामा पेश भएको विधेयकमा […]
१४ असार, जाजरकोट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य […]
१४ असार, स्याङ्जा । गएराति जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती […]
१४ असार, विराटनगर । विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका– १, सिंघिया खोला किनारको बस्तीको नाम हो, टाइगर टोल । जनमजदुरी गरेर चलेको यो टोल सिंघिया खोलासँग सधैँ तर्सन्छ । तीन वर्ष अघिको बाढीमा मुस्किलले ज्यान जोगाएका टोलबासी त्यसयता आकाश कराउँदा राति सुत्न सक्दैनन् । ‘परार (तीन वर्ष अघि) लगाएको लुगा बाहेक केही जोगिएन’, बिगतका दुःख […]
१४ असार, सुर्खेत । कर्णाली प्रदेशमा ३६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको ३८ हजार तीन सय ८५ हेक्टर जमिनमा धान रोपाइँ गरिन्छ । प्रदेशका दशवटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै रोप्न सुरु गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष छिटो रोपाइँ सकिने कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर […]
१४ असार, काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक साढे ९ बजेबाट बस्ने भनिएकाे छ । भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान […]
१४ असार, काठमाडौं । बल्खुबाट कलंकीतर्फ जाँदा आजभोलि सवारीले सर्भिस लेनमा गुड्न पाउँदैनन् । चक्रपथको सर्भिस लेन खनेर अहिले मेलम्चीको पाइप बिछ्याइँदैछ । सडकको कालोपत्रे अहिले धमाधम मेसिन लगाएर काटिँदैछ । गाडी त के, पैदलयात्रीलाई नै हिँड्न मुस्किल छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले चक्रपथको सीता पेट्रोलपम्पदेखि कलंकीसम्म गत वर्षमात्रै […]
यूएई । सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो । यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको […]
१४ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९ं)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा […]
१४ असार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो । अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न सकेका […]
१४ असार, सुर्खेत । कर्णाली प्रदेशका २१४ जना काेराेना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर […]
१४ असार, तनहुँ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको […]
१४ असार, बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा […]
१४ असार, गुल्मी । गुल्मीका थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाका ६ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए । उनीहरु भारतबाट आएर गाउँपालिकाको बनाएको आइसोलेसनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आइसोलेसनमा बसेर डिस्चार्ज भएका हुन् । शनिवार एक कार्यक्रम आयोजना गरेर डिस्चार्ज […]
from समाचार – Online Khabar https://ift.tt/2VpNJZ4
via IFTTT