समाचार
११ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्तावको माइन्यूट गरिएको छ । पदाधिकारीहरुको जुम मिटिङबाट पारित भएको खेद प्रस्ताव कार्यसमितिले समेत अनुमोदन गरेको थियो । ढकालले महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अपशब्द प्रयोग गरेको, सञ्चार माध्यमहरुमा व्यक्तिगत कुराहरु गरेर बद्नाम गर्न खोजिएको […]
११ असार, काठमाडौं । २२ साउन ०७५ देखि विचाराधीन नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार पारित गरी प्रतिनिधिसभामा पुर्याएको छ । विधेयकको समर्थन र विरोधमा जनमत बाँडिएको छ । विधेकमा व्यवस्था गरिएको नेपाली पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता पाउनका लागि नेपालमा निरन्तर […]
११ असार, काठमाडौं । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–२ कालापानी बस्ने १७ वर्षीया सम्झना घिसिङ र सोही ठाउँ बस्ने २५ वर्षीया बिना घिसिङ रहेका छन् । आफ्नै घरमा बसिरहेको अवस्थामा बुधबार राति चट्याङ पर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो भने बिना गम्भीर घाइते भएकी थिइन् । बिनाको […]
११ असार, गुल्मी । मुसिकोट नगरपालिकाकाले आर्थिक वर्ष ०७७/७८ को लागि ६२ करोड ४० लाख १० हजार बरावरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । उपमेयर कमला शर्माले चालु खर्च तर्फ ३९ करोड २ लाख ४२ हजार र पुँजीगततर्फ २३ करोड ६७ लाख ६८ हजार विनियोजन गरेको जानकारी गराइन् । जसमध्ये आर्थिक विकासतर्फ ७ करोड २४ […]
११ असार, काठमाडौं । निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति देउवाले निजी क्षेत्रलाई तर्साउने विधेयक अघि नबढाउन आफ्नो सहमति हुने बताएका हुन् । […]
११ असार, काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । कोभिड-१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार […]
११ असार, काठमाडौं । काठमाडौं इचंगुनारायणका किसानको खेतबारीमा ढकमक्क फूल फुलेका छन् । सामान्य अवस्थामा यी फूल बजारमा बिक्री गरेर किसानहरुले घर खर्च चलाउने गरेका थिए । तर अहिले कोरोना महामारी र लकडाउनका कारण फूल बारीमा ओइलाउने अवस्थामा पुगेका छन् । किसानले फूल टिपेर बजार पुर्याउने कोशिस त गरिरहेका छन्, महंगो गाडीभाडा तिरेर बजारसम्म फूल […]
११ असार, काठमाडौं । अवैध लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले पर्साबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ४३ वर्षीय मंगल सिंह रुम्बा, २१ वर्षका सुवास तामाङ, २० वर्षका रामबहादुर तामाङ, २२ वर्षका सुमन तामाङ र ५० वर्षका धनबहादुर तामाङ रहेका छन् । ठोरी गाउँपालिका–४ स्थित नयाँवस्तीबाट […]
११ असार, सप्तरी । सप्तरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए । मृत्यु […]
११ असार, बुटवल । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स […]
११ असार, पोखरा । अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. […]
१० असार, काठमाडौं । सरकारले जेठ ५ गते लिम्पियाधुरासमेत समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित गर्यो । त्यसको दुई दिनपछि ७ गते भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिब ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको नयाँ नक्सा सार्वजनिक गरिन् । त्यसपछि संविधान संशोधन भयो र नेपालको आधिकारिक निशान छापमा समेत लिम्पियाधुरा समेटियो । लिम्पियाधुरा […]
११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् । नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी […]
११ असार, काठमाडौं । कोभिड–१९ को परीक्षण गर्ने ल्याबको लिस्टिङ गर्न भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुको टोली मंगलबार उपत्यकाको एउटा निजी ल्याबमा पुग्यो । तर सरकारले तोकेको मापदण्ड अनुसार परीक्षण गर्न नसक्ने भनेर ल्याबका अधिकारीहरुले एनपीएचएलको टोलीलाई फर्कायो । त्यसको केहीअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन परिचालन केन्द्रले कोभिड–१९ मोलिक्युलर परीक्षण गर्न अनुमति […]
११ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अहिले विकासे अड्डाहरुलाई भ्याई नभ्याई छ । काम भएका तर भुक्तानी हुन बाँकी रकमको राफसाफ गर्नुपर्ने त छँदैछ, कतिपय ‘असारे विकास’ आयोजना पनि चालु छन् । यस्ता कामबाट सिर्जित दबाब तलका विकासे निकायदेखि अर्थ मन्त्रालयसम्मै परिरहेको छ । अर्थका अधिकारीहरू राजस्व कम उठेर तनावमा छन् । सर्वोच्च अदालतले […]
११ असार, तम्घास । गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुंगो लगाएको छ । गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका–६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो । स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुंगो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । गाउँपालिकाको […]
११ असार, धरान । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ को भवन बनाउन ललितबहादुर सापकोटाले २ कठ्ठा जग्गा दान दिएका छन् । इनरूवा नगरपालिका संखुवागाछी निवासी सापकोटाले एक करोड मूल्य बराबरको जग्गा ३ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न दिएका हुन् । वडा भवन बनाउन जग्गा दान दिएपछ संखुवागाछीसहित वडा नम्बर ३ का बासिन्दालाई थप […]
११ असार, काठमाडौं । मनोचिकित्सक प्राध्यापक डा. सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उनले यस्तो आग्रह गरेका हुन् । प्रा.डा.ओझाले कोभिड–१९ का कारण लगाइएको लकडाउनका बेला करिब २० प्रतिशतले आत्महत्या बढेको भन्दै रोकथामको पहल गर्नुपर्ने बताए । उनले भने, ‘आत्महत्या […]
११ असार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला […]
११ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ । अहिलेसम्म […]
११ असार, सप्तरी । सप्तरीमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ । घरमा पूजा लगाएर एकाबिहानै […]
from समाचार – Online Khabar https://ift.tt/3i4nhhI
via IFTTT





















