Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए […]

व्यापारीका पीडा : ‘पसल त खोलियो, ग्राहक छैनन्’

१२ असार, काठमाडौं । न्युरोड गेटबाट दायाँ लागेपछि देखिन्छ अनेकानेक पसल । कुनै पसल अगाडि विविध रङ्गका खेलौना झुण्डाइएका छन् त कुनैमा स्टाइल-स्टाइलमा ब्यागहरू । पसलहरूका अगाडि फुटपाथमा पनि व्यापारका अनेकथरी सामान फिँजाइएका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड पनि बढेको देखियो । तीन महिनादेखि हात बाँधेर बस्ने भरियाहरू […]

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित, अरुलाई पनि घर पठाइयो

१२ असार, काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख […]

कांग्रेसका संशोधनः कल ट्यापिङ गर्न अदालतको अनुमति चाहिन्छ

१२ असार, काठमाडौं । अदालतको अनुमतिबिना कल ट्यापिङ (इन्टरसेप्सन) गर्न नदिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विशेष सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयकले अदालतको अनुमति बिना नै गुप्तचर निकायले कल ट्यापिङको अधिकार पाउने व्यवस्था छ । अदालतको अनुमति […]

खड्ग गर्बुजा : जीवनमा हार खान नहुने रहेछ !

‘रेडियो नेपाल ।’ काँचको पारदर्शी ढोका अघिल्तिर पुगेर उनको ह्वीलचियर टक्क रोकिन्छ । ढोकामा सिंहदरबार परिसरको प्रतिविम्बलाई छल्दै एउटा अधवैंशे अनुहार देखा पर्छ । त्यही अनुहार, जसले असीमित पीडा लुकाएको छ । हिजो हीनताबोधले फतक्कै गलेको त्यो अनुहारमा आज प्रेरणाका आभा पोतिएको छ । सो अनुहारलाई चिनाउने संज्ञा हो, खड्ग गर्बुजा । जीवनका कतिपय सपनाहरु […]

रोपाइँ महोत्सवमा हिलो छ्याप्न नपाइने, मास्क र स्यानिटाइजर अनिवार्य

१२ असार, काठमाडौं । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ । कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने […]

लकडाउनमा बढ्यो साइबर अपराध

१२ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध भने बढेको पाइएको छ । यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेको नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए । शुक्रबार प्रतिनिधिभाको विकास तथा प्रविधि समतिमा अर्यालले जानकारी दिएअनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी […]

समाजवादी विद्यार्थी युनियनले भन्‍यो : निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नदिनू

१२ असार, काठमाडौं । समाजवादी विद्यार्थी युनियनले निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नतिर्न आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति निकालेर युनियनले दिनको १/२ घण्टा मात्रै अनलाइन कक्षा संचालन गरेर सबै अभिभावकसँग शुल्‍क असुल्न खोज्नु ठीक नहुने बताएको छ । हाल निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरे पनि कतिपय विद्यार्थी इन्टरनेटको पहुँच बाहिर रहेको र स्मार्ट […]

नेपालको जनसंख्या तीन करोड नाघ्यो

१२ असार, काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको […]

वीरगञ्जमा महानगरपालिकाले किनेको मेसिनबाट कोरोना परीक्षण सुरु

१२ असार, वीरगञ्ज । कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिन सञ्चालनमा आएको छ । महानगरपालिकाले हस्तान्तरण गरेको ६ दिनपछि मेसिन सञ्चालनमा ल्याइएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । अब नारायणी अस्पतालमा कोरोना परीक्षण गर्ने दुईवटा मेसिन भएको छ । पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक ५÷६ सय नमुना सहजै परीक्षण […]

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

१२ असार, काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. […]

कोरोना संक्रमितका लागि फिजियोथेरापी निर्देशिका तयार

१२ असार, काठमाडौं । नेपाल फिजियोथेरापी संघ (नेप्टा) ले कोभिड-१९ भएका बिरामीहरुका लागि उपयोगी हुने गरी फिजियोथेरापी उपचारको निर्देशिका बनाएको छ । अन्तर्राष्ट्रियस्तरमा विभिन्न देशहरुले यस्तो निर्देशिका तयार गरिसकेको भए पनि नेपालमा चाहिँ थिएन । पछिल्लो समय कोरोना संक्रमण भएका कतिपय बिरामीका लागि फिजियोथेरापी प्रभावकारी हुने देखिएको संघले जनाएको छ । नेपालमा पनि कोरोनाका बिरामी बढेसँगै […]

सरकारलाई संसदीय समितिको निर्देशन : एप र सामाजिक सञ्जाल जथाभावी प्रयोग नगर्नू

११ असार, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै एप्स र सामाजिक सञ्जाल प्रयोग गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालमा अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको निश्कर्ष निकाल्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले शुक्रबार साइबर अपराध र […]

अध्यक्ष हिँडेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित   

१२ असार, भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि २९ करोड ६४ लाख ७३ हजार रुपैयाँको वार्षिक बजेट पारित भएको जानकारी दिए । उनले यही असार १० गते गाउँपालिकाको […]

वीरगञ्ज महानगरले संक्रामक रोगको उपचारका लागि छुट्टै अस्पताल बनाउने

१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संक्रामक रोगको उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ । त्यसका लागि नगरसभाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले अहिले नारायणी अस्पताल अन्तर्गत रहेको गण्डक अस्थायी कोभिड अस्पतालको व्यवस्थापन गरिरहेको छ । कोरोना महामारीबाट पाठ सिकेर भविष्यमा आउन सक्ने संक्रामक रोगको उपचारका लागि अस्पताल बनाउने निर्णय […]

सल्यानमा पहिरोमा वृद्धको शव भेटियो

१२ असार, सल्यान । सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एकजना वृद्धको शव फेला परेको छ । कालीमाटी गाउँपालिका वडानम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । वृद्ध यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी […]

विराटनगरमा श्रीमान्-श्रीमतीमा कोरोना स‌ंक्रमण पुष्टि

१२ असार, विराटनगर । विराटनगर महानगरपालिकामा शुक्रबार थप दुई जनामा संक्रमण पुष्टि भएको छ । विराटनगर-६ का ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा स‌ंक्रमण पुष्टि भएको हो । उनीहरू श्रीमान् र श्रीमती रहेको पाइएको छ । विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘संक्रमण पुष्टि भएका उनीहरू श्रीमान् र श्रीमती हुन् । दुवै […]

नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो

१२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरू स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो । बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरू […]

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

१२ असार, विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् । मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला […]

दाङमा राप्ती स्वास्थ्य प्रतिष्ठानका तीन कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण

१२ असार, बुटवल । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा प्रतिष्ठानकै तीन जना कर्मचारीसहित ७५ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित पुष्टि हुनेहरुमा घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, […]

भीमसेन थापा गाउँपालिकामा लकडाउन कडाइ

१२ असार, गोरखा । भीमसेन थापा गाउँपालिकाले लकडाउनमा कडाइ गरेको छ । समुदायस्तरमा कोरोना फैलिन सक्ने भन्दै मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाका अनुसार स्थानीयतमा कोरोना देखिएको टोललाई सिल गरिएको छ । स्थानीय पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पालिकाभर हालसम्म संक्रमितको […]



from समाचार – Online Khabar https://ift.tt/2BKDasE
via IFTTT
Powered by Blogger.