Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्ज महानगरले संक्रामक रोगको उपचारका लागि छुट्टै अस्पताल बनाउने

१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संक्रामक रोगको उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ । त्यसका लागि नगरसभाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले अहिले नारायणी अस्पताल अन्तर्गत रहेको गण्डक अस्थायी कोभिड अस्पतालको व्यवस्थापन गरिरहेको छ । कोरोना महामारीबाट पाठ सिकेर भविष्यमा आउन सक्ने संक्रामक रोगको उपचारका लागि अस्पताल बनाउने निर्णय […]

सल्यानमा पहिरोमा वृद्धको शव भेटियो

१२ असार, सल्यान । सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एकजना वृद्धको शव फेला परेको छ । कालीमाटी गाउँपालिका वडानम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । वृद्ध यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी […]

विराटनगरमा श्रीमान-श्रीमतीमा कोरोना स‌ंक्रमण पुष्टि

१२ असार, विराटनगर । विराटनगर महानगरपालिकामा शुक्रबार थप दुई जनामा संक्रमण पुष्टि भएको छ । विराटनगर-६ का ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा स‌ंक्रमण पुष्टि भएको हो । उनीहरु श्रीमान र श्रीमती रहेको पाइएको छ । विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘संक्रमण पुष्टि भएका उनीहरु श्रीमान र श्रीमती हुन् । दुवै […]

नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो

१२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरू स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो । बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरू […]

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

१२ असार, विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् । मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला […]

रोपाइँ महोत्सवमा हिलो छ्याप्न नपाइने, मास्क र स्यानिटाइजर अनिवार्य

१२ असार, काठमाडौं । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ । कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने […]

दाङमा राप्ती स्वास्थ्य प्रतिष्ठानका तीन कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण

१२ असार, बुटवल । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा प्रतिष्ठानकै तीन जना कर्मचारीसहित ७५ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित पुष्टि हुनेहरुमा घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, […]

भीमसेन थापा गाउँपालिकामा लकडाउन कडाइ

१२ असार, गोरखा । भीमसेन थापा गाउँपालिकाले लकडाउनमा कडाइ गरेको छ । समुदायस्तरमा कोरोना फैलिन सक्ने भन्दै मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाका अनुसार स्थानीयतमा कोरोना देखिएको टोललाई सिल गरिएको छ । स्थानीय पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पालिकाभर हालसम्म संक्रमितको […]

नेकपा बैठकमा कसले बाँड्यो चीनमा बनेको ‘कोरोना जन्तर’ ?

१२ असार, काठमाडौं । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका […]

आलुको बोराबाट साढे तीन लाख रुपैयाँ बरामद, दुई जना पक्राउ

१२ असार, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ […]

कोरोना परीक्षण गर्न थप १० वटा ल्याब सञ्चालन

१२ असार, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर १० वटा प्रयोगशाला थप गरेको छ । असार १० गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमा कोरोना परीक्षण गर्ने ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयअनुसार झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, […]

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो 

१२ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । शुक्रबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या एक हजार ७०२ पुगेको हो । शुक्रबार डोटीमा २५, बैतडीको पञ्चेश्वरमा २, कञ्चनपुरको भीमदत्तमा १ र कैलालीको चुर गउँपालिकामा ५ तथा भजनीमा २ जनामा संक्रमण पुष्टि भएको […]

नेकपा बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : भारत वार्ताका लागि सकारात्मक छैन

१२ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत वार्ताका लागि सकारात्मक नभएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ज्ञवालीले सीमा विवादबारे ब्रिफिङ गरेका हुन् । नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको भन्दै उनले बैठकमा भनेका छन्, ‘तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक […]

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

१२ असार, काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. […]

पाल्पामा थपिए ७७ जना कोरोना संक्रमित

१२ असार, बुटवल । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका संक्रमित मध्ये ७२ जना पुरुष र ५ […]

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

१२ असार, काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए […]

कोरोना महामारीले धान दिवसको कार्यक्रम नरोकिने

१२ असार,  काठमाडौं । सरकारले असार १५ गते १७ औं  राष्ट्रिय धान दिवस मनाउने भएको छ । कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्याक्तिगत दूरी कायम गर्दै  धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि […]

१२५ केजी गाँजासहित तीन जना पक्राउ

१२ असार, वीरगञ्ज । बाराको करैयामाईबाट प्रहरीले १ सय २५ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरी टोल बस्ने २५ वर्षीय सुवोधप्रसाद यादव, पर्साको बहुदरमाई नगरपालिका –९ घर भई बारा करैयामाई गाउँपालिका–४ बस्ने ६२ वर्षीय समसुल हक देवान र चितवनको राप्ती नगरपालिका–७ का ४५ वर्षीय लक्ष्मीबहादुर राई पक्राउ परेका हुन् । […]

प्रदेश २ मा दुई असईसहित ३ जना प्रहरी निलम्बित

१२ असार, जनकपुरधाम । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, […]

केपी ओलीको बचाउ गर्दै योगेश भट्टराईले भने– बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस्

११ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका र टिप्पणीहरू उब्जिएका छन् । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री काम विशेषले एकछिन […]



from समाचार – Online Khabar https://ift.tt/2B3fMXG
via IFTTT
Powered by Blogger.