Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

२०२३ को महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने

१२ असार, काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीवार आगामी विश्वकप दुई देशले संयुक्त रुपमा आयोजना गर्ने जनाएको हो । यी दुई राष्ट्रले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको बिडलाई पछि पारेको हो । यसअघि ब्राजिल र जापानले नाम फिर्ता लिएपछि दुईवटा मात्र […]

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि, ३० वर्षपछि फर्कियो खुसी

१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलले […]

सरकारले भन्यो : चीनसँग सीमा विवाद छैन

११ असार, काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने […]

राजु सदाको मृत्युबारे छानबिन समिति गठन

११ असार, जनकपुरधाम । धनुषाको हंसपुरका राजु सदाको आइसोलेसन वार्डमै भएको मृत्युबारे छानविन गर्न प्रदेश २ सरकारले समिति बनाएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिपकुमार प्रधान छन् । ७ दिनभित्र […]

‘नागरिकता विधेयक फिर्ता नलिए आन्दोलन हुन्छ’

११ असार जनकपुरधाम । नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताविक विधेयकबिरुद्व जनकपुरधाममा बिहीबार पनि प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद, नेता/कार्यकर्ताले बिहीबार स्थानीय जनक चोकमा नागरिकता विधेयकबिरुद्व प्रदर्शन गरेका हुन् । सडकमै प्लेकोर्डसहित बसेका उनीहरुले विधेयक खारेजको माग गरेका छन् । जसपाका प्रदेश सांसद परमेश्वर […]

कसरी भयो नागरिकता विधेयकमा देउवाको यु-टर्न ?

११ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौं’ भन्दै ट्विट गरे । उनले ट्विटमा भनेका छन् ‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनुहुँदैन पनि ।’ देउवाले पूरक ट्विट पनि […]

सांसदहरुको प्रस्ताव : ई–पासपोर्टको टेण्डर रद्ध गरौं

११ असार, काठमाडौं । सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न गरिएको टेण्डर रद्ध गर्न सरकारलाई सुझाव दिएका छन् । ई–पासपोर्टका लागि छुट्याइएको रकम कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा न्युनीकरणमा लगाउनुपर्ने उनीहरुको सुझाव छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राहदानी विभागका महानिर्देशक रामकाजी खड्कासँग ई–पासपोर्ट छपाईको विषयमा छलफल थियो । खड्काका अनुसार २० लाख ई–पासपोर्ट छाप्नका […]

गाउँलेले कोरोना भगाउन पशुबली दिए, अगुवा भन्छन्– अन्धविश्वास

११ असार, जनकपुरधाम । तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् । चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ । […]

वडाध्यक्षले क्वारेन्टिनबाट घर पठाएका ६ जनामा कोरोना संक्रमण

११ असार, कैलाली । आत्महत्या गर्ने धम्की दिदै क्वारेन्टिनबाट घर गएकी कञ्चनपुरकी एक महिलासहित ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित सरस्वती माबिको क्वारेन्टिनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा कार्यालयले पीसीआर परीक्षणका लागि स्वाब संकलन नगरी घर पठाएको थियो । ती १० जनामध्ये ६ जनामा बुधबार कोरोना […]

कर्णालीमा कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

११ असार, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै संसद अवरुद्ध गरेको छ । कांग्रेसले यही विषयलाई लिएर बुधबार र बिहीबार दुई दिन संसद अवरुद्ध गरेको छ । वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गर्ने आर्थिक मामिला तथा योजना […]

एमसीसीका सबै विवादित बुँदा संसदमा व्याख्या गर्नुपर्छ : विवेकशील नेपाली दल

११ असार, काठमाडौं । विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता (कम्प्याक्ट) का बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गर्नुपर्ने बताएको छ । संसदमा ब्याख्या भएर नेपाल र नेपालीको हितमा भए स्पष्ट आधारसहित आम नागरिकको विश्वास लिएर पारित गर्नुपर्ने उसको भनाइ छ । एमसीसी सम्झौताका २.४, ५.१, ५.३, ५.५, ६.८, ७.१, […]

एमसीसीबारे संसदीय समितिमा छलफल चलाउन कांग्रेसको माग

११ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल चलाउन माग गरेका हुन् । कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने […]

अस्तालको बेडमा सुतेकी महिलालाई चुम्बन गर्न खोज्ने पक्राउ

११ असार, काठमाडौं । अस्पतालको बेडमा सुतेकी एक बिरामी महिलालाई चुम्बन गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडानम्बर ४ बस्ने २२ वर्षीय युवक सुरजकुमार मण्डल रहेका छन् । बुधबार बिहान विराटनगरस्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा ती महिलालाई चुम्बन गर्न खोजेको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

अख्तियारलाई निजी क्षेत्रको छानबिन दिन खोज्नु विवेकहीन र गलत : राप्रपा

११ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको पनि छानबिन गर्ने जिम्मा दिन सक्ने गरी कानून नबनाउन आग्रह गरेको छ । राप्रपा अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बिहीबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थव्यवस्थामाथि आएको यस संकटको घडीमा निजी क्षेत्रमाथि त्रासको […]

सप्तरीमा सर्पले डस्दा १८ महिने बालिकाको मृत्यु

११ असार, सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा १८ महिने बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ गाउँपालिका-६ स्थित इनर्वा टोल बस्ने तैयब खानकी १८ महिनाकी छोरी रहेकी छन् । उनलाई बुधबार राति घरमै सुतिरहेको अवस्थामा बिषालु सर्पले डसेको थियो । विषालु सर्पको डसाइबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि राजविराजतर्फ ल्याउने क्रममा बाटोमै […]

सुदूरपश्चिममा १० दिनमै १२ सय संक्रमित थपिए, १२७ जना डिस्चार्ज

११ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा असार १ गतेयताको १० दिनमा एक हजार दुई सय ७२ संक्रमित थपिएका छन् । जेठ ३२ गतेसम्म दुई सय ६० जना संक्रमित भेटिएकामा असार १० गतेसम्म संक्रमितको संख्या एक हजार पाँच सय ३२ पुगेको छ । सुदूरपश्चिममा असार १ गते ६६, २ गते १७, ३ गते ३१, ४ गते […]

असईसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ असार, वीरगञ्ज । पर्समा कार्यारत एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका तत्कालिन असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, जवानद्वय अवधेश राय, राजकुमार गुरुङ र कावासोतीका सोनाम तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्धा दायर […]

देशभर असार १० गतेसम्म २० प्रतिशत रोपाइँ

११ असार, काठमाडौं । असार १० गतेसम्म देशभर २० प्रतिशत धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबारसम्म प्राप्त देशैभरको तथ्यांक अनुसार कुल दुई लाख ७५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान खेती भईसकेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘असार १० गतेसम्म २० प्रतिशत रोपाइँ सम्पन्न […]

सम्बोधन र प्रवचनमा पनि कपीराइट लाग्ने !

११ असार, काठमाडौं । सरकारले सम्बोधन, प्रवचन र कार्टुनजस्ता सार्वजनिक अभिव्यक्तिमा पनि प्रतिलिपी अधिकार (कपिराइट) सुरक्षित हुने गरी सरकारले कानून संशोधनको प्रस्ताव गरेको छ । प्रतिलिपी अधिकार ऐन २०५९ को संशोधन विधेयकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सम्बोधन, प्रवचन, कार्टुन र अनुवाद रचनामा पनि प्रतिलिपी अधिकार सुरक्षित रहने प्रस्ताव गरेको हो । सरकारले नेपालको […]

आत्महत्या गरेका दैलेखका युवकमा कोरोना संक्रमण पुष्टि

११ असार, सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका-१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार नै युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँच नगरी पोष्टमार्टम […]

सप्तरीका दुई वडा कार्यालयमा तालाबन्दी

२१ असार, सप्तरी । सप्तरीको दुई स्थानीय तहका वडा कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ र तिरहुत गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । हनुमाननगर कंकालनी नगरपालिका १ भारदहको कार्यालयमा स्थानीय युवाहरुले बिहीबार ताला लगाएका हुन् । वडाको गतिविधीको सूचना माग्दा समेत दिन नचाहेकाले तालाबन्दी […]



from समाचार – Online Khabar https://ift.tt/2Czfkk3
via IFTTT
Powered by Blogger.