Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘हिरासतमा थुनुवामाथि यातना रोकिएन’

१२ असार, काठमाडौं । नेपालमा थुनुवाहरुविरुद्ध अहिले पनि यातना र दुर्व्यवहारको घटना रोकिन नसकेको एक अध्ययनले देखाएको छ । इन्टरनेशनल कमिसन अफ जुरिष्ट (आईसीजे), एडभोकेसी फोरम र तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले गरेको एक अध्ययनले थुनुवाविरुद्ध र यातना र दुर्व्यवहार प्रचलनमै रहेको देखाएको हो । एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठाकुरीले […]

जिल्ला अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी थालेको छ ।  हेटौंडामा रहेको जिल्ला अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णय गरेको सरकारले प्रतिष्ठानको अध्यापन र कार्यालय हेटौंडा उपमहानगरपालिका ८ मा राख्ने तयारी गरेको छ । जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको लगानीमा उपमहानगरको-८ नम्बरमा ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा […]

तनहुँका स्थानीय तहले ल्याए ७ अर्बको बजेट

१२ असार, दमौली । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । व्यास नगरपालिकाले एक अर्ब ५२ करोड ९७ लाख […]

भारत र दक्षिणपूर्वी एसियामा चीनबाट खतरा छ : अमेरिका

१२ असार, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतमा चीनको खतरा बढिरहेको बताएका छन् । ब्रसेल्स फोरममा बोल्दै पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको भन्दै युरोपमा रहेको अमेरिकी सेना कटौती गर्ने बताएका छन् । पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा रहेको […]

कलैयाका स्थानीयले रोपे सडकमै धान !

१२ असार, वीरगञ्ज । कलैया उपमहानगरपालिका–३ स्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि विरोध स्वरूप स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् । भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा उनीहरूले धान रोपाइँ गरेर विरोध जनाएका हुन् । सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधि र ठेकदारले बाटो मर्मतमा ध्यान नदिएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य […]

सुर्खेतका स्थानीय तहको बजेट : बदलिए प्राथमिकता

१२ असार, सुर्खेत । महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा थपिएको चुनौतीका कारण स्थानीय तहले पनि आफ्ना प्राथमिकता बदलेका छन् । चालु तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सुर्खेतका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीको विषयलाई महत्व दिएका छन् । यहाँका नौवटै स्थानीय […]

रौतहटमा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण

१२ असार, रौतहट । रौतहटमा क्वारेन्टिनबाहिर रहेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल […]

असार २२ र २३ गते  बालबालिकालाई भिटामिन ए खुवाइँदै

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते […]

लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो

१२ असार, चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्क कम संकलन गरेको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड ९२ लाख १३ हजार रुपैयाँ असुल गर्ने लक्ष्य लिएकोमा १७ अर्ब ९२ […]

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ   

१२ असार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको […]

सामाजिक अभियन्ता ई : अनशनमा

१२ असार, काठमाडौं । सामाजिक अभियन्ता ई : आमरन अनशन बसेका छन् । ललितपुरको पाटन दरबार स्क्वायरमा उनी अनसनमा बसेका हुन् । कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने […]

‘मापसे’ गरेर सामान्य विवादमा साथीको हत्या

१२ असार, काठमाडौं । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३५/४० वर्षका श्याम परियारको हत्या भएको हो । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई बताए । पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम […]

राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

१२ असार, जनकपुरधाम । जीवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए । घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री […]

व्यापारीका पीडा : ‘पसल त खोलियो, ग्राहक छैनन्’

१२ असार, काठमाडौं । न्युरोड गेटबाट दायाँ लागेपछि देखिन्छ अनेकानेक पसल । कुनै पसल अगाडि विविध रङ्गका खेलौना झुण्डाइएका छन् त कुनैमा स्टाइल-स्टाइलमा ब्यागहरू । पसलहरूका अगाडि फुटपाथमा पनि व्यापारका अनेकथरी सामान फिँजाइएका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड पनि बढेको देखियो । तीन महिनादेखि हात बाँधेर बस्ने भरियाहरू […]

मोरङमा स्कारपियोको ठक्करबाट तीनजनाको मृत्यु

१२ असार, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर […]

हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध

१२ असार, हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो । हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले […]

इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति 

१२ असार, काठमाडौं । ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

१२ असार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । […]

एयरबीएनबी : निर्माणमा १२ वर्ष लाग्यो, ६ सातामा ध्वस्त भयो !

१२ असार, काठमाडौं । तपाईंको कुनै सपना पूरा हुन दशकभन्दा पनि बढी लामो समय लाग्छ । साथै कुनै एउटा महामारी आउँछ र तपाईंको सपना चकनाचुर पारिदिन्छ । अहिले त्यस्तै अवस्था एयरबीएनबीका सीईओ ब्रियन चेस्कीले भोगिरहेका छन् । यसै वर्ष आएको कोभिड–१९ को महामारीको कारण उनको व्यवसाय चौपट भएको छ । ‘हामीलाई एयरबीएनबी निर्माण गर्न १२ […]

ई–पासपोर्टको टेण्डरमा अल्झियो सरकार, एमआरपीले डेढ वर्ष धान्ने

१२ असार, काठमाडौं । सरकार विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्ने प्रक्रियाको टेण्डरमै अल्झिएको छ । आर्थिक वर्ष २०७०/०७१ सालको नीति तथा कार्यक्रम र बजेटमा परेदेखि निरन्तर सरकार ई–पासपोर्ट छाप्ने र नेपालमा लागू गर्ने तयारीमा छ । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार ई–पासपोर्ट छपाइका लागि सुरुमा १० भदौ २०७६ मा टेन्डर आह्वान गरिएको थियो । तर […]

गण्डकीका चार जिल्लामा थपिए २५ संक्रमित, ९ जना डिस्चार्ज

१२ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरमा २१ जना, तनहुँमा २ जना तथा बाग्लुङ र स्याङ्जामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ सय ९२ पुगेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी […]



from समाचार – Online Khabar https://ift.tt/2Z8HyKk
via IFTTT
Powered by Blogger.