समाचार
१२ असार, बुटवल । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका संक्रमित मध्ये ७२ जना पुरुष र ५ […]
१२ असार, काठमाडौं । सरकारले असार १५ गते १७ औं राष्ट्रिय धान दिवस मनाउने भएको छ । कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्याक्तिगत दूरी कायम गर्दै धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि […]
१२ असार, वीरगञ्ज । बाराको करैयामाईबाट प्रहरीले १ सय २५ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरी टोल बस्ने २५ वर्षीय सुवोधप्रसाद यादव, पर्साको बहुदरमाई नगरपालिका –९ घर भई बारा करैयामाई गाउँपालिका–४ बस्ने ६२ वर्षीय समसुल हक देवान र चितवनको राप्ती नगरपालिका–७ का ४५ वर्षीय लक्ष्मीबहादुर राई पक्राउ परेका हुन् । […]
१२ असार, जनकपुरधाम । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, […]
१२ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र […]
१२ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: अनसन बसेका छन् । कोरोना महामारीबाट सर्वसाधारणको जीवन बचाउनका लागि आफू अनसनमा बसेको उनले बताएका छन् । शुक्रबार १ बजे दिउँसो पाटन दरबार क्षेत्रमा उनी अनसनमा बसेका हुन् । उनी कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको […]
१२ असार, जनकपुरधाम । जनकपुरधामबाट एक जना १७ वर्षीय किशोर कटुवा पेस्तोलसहित बिहीबार पक्राउ परेका छन् । जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट धनुषाको जनक नन्दनी गाउँपालिका-१ घर भई जनकपुरधाम उपमहानगरपालिका-१ बस्दै आएका १७ वर्षीय श्याम सहनीलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट […]
१२ असार, काठमाडौं । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति ८ः३० बजे मृत्यु भएको अस्पतालका मेसु डा. लक्ष्मण खड्काले जानकारी दिए । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी बिहीबार दिउँसो अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । डा. […]
१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगले अवरोध नगर्न आग्रह गरेको हो । पोखरा घटनाको अनुगमन गर्दा स्थानीय वासिन्दाले कोभिड–१९ […]
१२ असार, काठमाडौं । नेपालमा थुनुवाहरुविरुद्ध अहिले पनि यातना र दुर्व्यवहारको घटना रोकिन नसकेको एक अध्ययनले देखाएको छ । इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), एडभोकेसी फोरम र तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) ले गरेको एक अध्ययनले थुनुवाविरुद्ध र यातना र दुर्व्यवहार प्रचलनमै रहेको देखाएको हो । एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठाकुरीले […]
१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी थालेको छ । हेटौंडामा रहेको जिल्ला अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णय गरेको सरकारले प्रतिष्ठानको अध्यापन र कार्यालय हेटौंडा उपमहानगरपालिका ८ मा राख्ने तयारी गरेको छ । जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको लगानीमा उपमहानगरको-८ नम्बरमा ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा […]
१२ असार, दमौली । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । व्यास नगरपालिकाले एक अर्ब ५२ करोड ९७ लाख […]
१२ असार, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतमा चीनको खतरा बढिरहेको बताएका छन् । ब्रसेल्स फोरममा बोल्दै पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको भन्दै युरोपमा रहेको अमेरिकी सेना कटौती गर्ने बताएका छन् । पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा रहेको […]
१२ असार, वीरगञ्ज । कलैया उपमहानगरपालिका–३ स्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि विरोध स्वरूप स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् । भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा उनीहरूले धान रोपाइँ गरेर विरोध जनाएका हुन् । सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधि र ठेकदारले बाटो मर्मतमा ध्यान नदिएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य […]
१२ असार, काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको […]
१२ असार, सुर्खेत । महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा थपिएको चुनौतीका कारण स्थानीय तहले पनि आफ्ना प्राथमिकता बदलेका छन् । चालु तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सुर्खेतका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीको विषयलाई महत्व दिएका छन् । यहाँका नौवटै स्थानीय […]
१२ असार, रौतहट । रौतहटमा क्वारेन्टिनबाहिर रहेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल […]
१२ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा […]
१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते […]
१२ असार, चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्क कम संकलन गरेको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड ९२ लाख १३ हजार रुपैयाँ असुल गर्ने लक्ष्य लिएकोमा १७ अर्ब ९२ […]
१२ असार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको […]
from समाचार – Online Khabar https://ift.tt/2Vi0CEv
via IFTTT