समाचार
१४ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पर्सि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । यो बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।
१४ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले […]
१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते […]
१४ असार, काठमाडौं । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी महिलाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका मेसु डा. लक्ष्मण खड्काका अनुसार मृतक महिलाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाबको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि असार ११ गते दिउँसो अस्पतालमा भर्ना भएकी २१ […]
१४ असार, काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले देशभरका गुठीका जग्गा असुरक्षित रहेको बताएकी छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले गुठीको जग्गालाई राज्यले सुरक्षा गर्न नसकेको बताएकी हुन् । गुठी जग्गाको सुरक्षा गर्न विधेयक ल्याए पनि अगाडि बढाउन नसक्दा अतिक्रमण बढेको उनको भनाइ छ । ‘गुठीको जग्गाहरू […]
१४ असार, काठमाडौं । सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिइएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको […]
१४ असार, सुर्खेत । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा कार्यरत करार कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । कार्यालयमा सहजकर्ता र कम्प्यूटर अपरेटर पदमा कार्यरत तीनजना महिला कर्मचारीहरुले एक वर्षसम्म तलब नपाएको बताएका हुन् । कार्यालयमा कम्प्युटर अपरेटरमा कार्यरत वीरेन्द्रनगर १ की सुमित्रा चपाईंले गत अघिल्लो वर्षको साउनदेखि पारिश्रमिक नपाएको बताइन […]
१४ असार, विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार […]
१४ असार, जनकपुरधाम । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको मृत्युबारे छानबिन गर्न प्रदेश २ को प्रदेशसभाले समिति गठन गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकले सांसदहरु रवीन्द्र बैठा, चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेशकुमार यादव र सावित्री देवी साह रहेको समिति बनाएको हो । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैं तयार […]
१४ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड एक हजार ५२७ पुगेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म ५२ लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने […]
१४ असार, कैलाली । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । विकसहित पक्राउ पर्नेमा २२ वर्षीय धनगढी-३ का लक्की शाह, वडा नम्बर-२ का ४० वर्षीय डम्बर सुनार, वडा […]
१४ असार, रौतहट । रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । शनिबार आएको […]
१४ असार, सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको तथ्याङ्क संशोधन गरेको छ । शनिबार संक्रमित संख्या १४४० पुगेको तथ्यांक सार्वजनिक गरेको स्वास्थ्य सेवा महाशाखाले आइतबार संख्या घटाएको छ । आइतबार जुम्लाको परीक्षणबाट पुष्टि भएका थप दुई जनासहित संक्रमितको जम्मा संख्या १४२८ पुगेको महाशाखाले जानकारी गराएको छ । शनिबारको तथ्यांकमा अछाम […]
१४ असार, काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–साँगा खण्डमा सडक छेउको रुख काट्न सुरु रहेको छ । रुख बुढो भएको र जुनसुकै बेला ढल्न सक्ने भन्दै काट्न सुरु गरिएको हो । सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेका अनुसार करिब ३ सय वटा रुख काट्न लागिएको हो । ‘यो वर्ष सडकमा ४ वटा […]
१४ असार, तनहुँ । असारलाई मानो रोपेर मुरी उब्जाउने समय भनिन्छ । मध्य असारको गर्मीलाई सिमसिम पानीले प्रतिवाद गरिरहेको छ । धेरै ठाउँका किसान खेत रोप्ने तयारीमा रहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाका किसानलाई भने चैते धान भित्र्याउने चटारो छ । असार सुरुदेखि नै लगातार पानी परिरहेका कारण खेत हिलो भएको छ । जति हिलो भए […]
१४ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुङ्गो लागिसकेको छ भने […]
१४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए । टेकुको […]
१४ असार, काठमाडौं । काभ्रेको बेथानथोक गाउँपालिकाका एक युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट २ असारमा आएका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हाल स्थानीय तहको क्वारेन्टिनमा छन् । काभ्रेमा यसअघि ५ पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । र, उनीहरु सबै निको भएर घर […]
१४ असार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन’ उनले भने ‘यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो […]
१४ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह देशैभर पुगेको हुनसक्ने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । तर कुनै पनि ठाउँमा ठूलो समूहमा नभएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । मन्त्रालयमा प्राप्त पछिल्लो सूचना अनुसार चितवन र मकवानपुरमा भने बालीनाली हानी गर्न सक्ने गरी सलहको झुण्ड देखिएको छ । ‘चितवन […]
१४ असार, काठमाडौं । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट आइतबार २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार आइतबार तीन जना महिलासहित २१ जना संक्रमित डिस्चार्ज भएका हुन् । पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. उपाध्यायले बताए । डिस्चार्ज हुनेमा पर्साको विन्दवासिनी गाउँपालिकाका १० जना, पोखरिया […]
from समाचार – Online Khabar https://ift.tt/31p5n3h
via IFTTT