समाचार
११ असार, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ४९ करोड ६२ लाख १६ हजार ५ सय ९९ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ को तुलनामा केही घटाएर बजेट ल्याएको हो । नगरकी उपप्रमुख लिशा नकर्मीले बुधबार आयोजित नगरसभाको पाँचौ अधिवेशनमा वार्षिक बजेट तथा […]
११ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौं’ भन्दै ट्वीट गरे, ‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनुहुँदैन पनि ।’ देउवाले पूरक ट्वीट गरे, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी […]
११ असार, सुर्खेत । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य […]
११ असार, काठमाडौं । कालो हाफ प्यान्ट र निलो टिसर्ट लगाएका, कपाल सेतै फुलेको, पातलो ज्यान भएका एक पुरुष बाउसे गरेर ठिक्क बनाएको खेतको गरामा धमाधम धान रोपिरहेका छन् । खेतमा रहेका केही खेतालाहरु गराको तल्लोपट्टी खाजा खाँदैछन्, दिन घुरमैलो छ । एकजना महिला मोबाइलमा भिडियो खिच्दै भनिरहेकी छिन् ‘मामाले कति छिटो भ्याइसक्नु भयो एउटा […]
११ असार, काठमाडौं । टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् । गएराति १ बजे विवाद हुँदा उनले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले […]
११ असार, काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् । उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए । लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग भनेका छन्, ‘हिजो पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका […]
११ असार, काठमाडौं । नेपाली सेनाले ल्याएको २८ हजार आरएनए एक्ट्रयाक्सन किट (रिएजेन्ट) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख रुना झासहित विज्ञ टोलीले निरीक्षण गरेर प्रयोगका लागि उपयुक्त हुने भनेर हस्ताक्षर गरेको पाइएको छ । सेनाले हवाई मार्गबाट १७ जेठमा किट ल्याएको थियो भने भोलिपल्ट निरीक्षणका लागि गुणस्तर छानविन समिति छाउनीस्थित किट भण्डारण गरेको स्थलमा पुगेको थियो […]
११ असार, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि ३४ करोड २८ लाख ४९ हजार ४ सय १० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बुधबार आयोजित गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकासलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष महतोले […]
११ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्तावको माइन्युट गरिएको छ । पदाधिकारीहरूको जुम मिटिङबाट पारित भएको खेद प्रस्ताव कार्यसमितिले समेत अनुमोदन गरेको थियो । ढकालले महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई होच्याउने खालको शब्द प्रयोग गरेको, सञ्चार माध्यमहरूमा व्यक्तिगत कुराहरू गरेर बद्नाम […]
११ असार, काठमाडौं । २२ साउन ०७५ देखि विचाराधीन नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार पारित गरी प्रतिनिधिसभामा पुर्याएको छ । विधेयकको समर्थन र विरोधमा जनमत बाँडिएको छ । विधेकमा व्यवस्था गरिएको नेपाली पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता पाउनका लागि नेपालमा निरन्तर […]
११ असार, काठमाडौं । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–२ कालापानी बस्ने १७ वर्षीया सम्झना घिसिङ र सोही ठाउँ बस्ने २५ वर्षीया बिना घिसिङ रहेका छन् । आफ्नै घरमा बसिरहेको अवस्थामा बुधबार राति चट्याङ पर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो भने बिना गम्भीर घाइते भएकी थिइन् । बिनाको […]
११ असार, काठमाडौं । कोभिड–१९ को परीक्षण गर्ने ल्याबको लिस्टिङ गर्न भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुको टोली मंगलबार उपत्यकाको एउटा निजी ल्याबमा पुग्यो । तर सरकारले तोकेको मापदण्ड अनुसार परीक्षण गर्न नसक्ने भनेर ल्याबका अधिकारीहरुले एनपीएचएलको टोलीलाई फर्कायो । त्यसको केहीअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन परिचालन केन्द्रले कोभिड–१९ मोलिक्युलर परीक्षण गर्न अनुमति […]
११ असार, गुल्मी । मुसिकोट नगरपालिकाकाले आर्थिक वर्ष ०७७/७८ को लागि ६२ करोड ४० लाख १० हजार बरावरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । उपमेयर कमला शर्माले चालु खर्च तर्फ ३९ करोड २ लाख ४२ हजार र पुँजीगततर्फ २३ करोड ६७ लाख ६८ हजार विनियोजन गरेको जानकारी गराइन् । जसमध्ये आर्थिक विकासतर्फ ७ करोड २४ […]
११ असार, काठमाडौं । निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति देउवाले निजी क्षेत्रलाई तर्साउने विधेयक अघि नबढाउन आफ्नो सहमति हुने बताएका हुन् । […]
११ असार, काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। कोभिड-१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरूलाई बेवास्ता गरेकोभन्दै साना होटल व्यवसायीहरूको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना […]
११ असार, काठमाडौं । काठमाडौं इचंगुनारायणका किसानको खेतबारीमा ढकमक्क फूल फुलेका छन् । सामान्य अवस्थामा यी फूल बजारमा बिक्री गरेर किसानहरुले घर खर्च चलाउने गरेका थिए । तर अहिले कोरोना महामारी र लकडाउनका कारण फूल बारीमा ओइलाउने अवस्थामा पुगेका छन् । किसानले फूल टिपेर बजार पुर्याउने कोशिस त गरिरहेका छन्, महंगो गाडीभाडा तिरेर बजारसम्म फूल […]
११ असार, काठमाडौं । अवैध लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले पर्साबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ४३ वर्षीय मंगल सिंह रुम्बा, २१ वर्षका सुवास तामाङ, २० वर्षका रामबहादुर तामाङ, २२ वर्षका सुमन तामाङ र ५० वर्षका धनबहादुर तामाङ रहेका छन् । ठोरी गाउँपालिका–४ स्थित नयाँवस्तीबाट […]
११ असार, सप्तरी । सप्तरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए । मृत्यु […]
११ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अहिले विकासे अड्डाहरुलाई भ्याई नभ्याई छ । काम भएका तर भुक्तानी हुन बाँकी रकमको राफसाफ गर्नुपर्ने त छँदैछ, कतिपय ‘असारे विकास’ आयोजना पनि चालु छन् । यस्ता कामबाट सिर्जित दबाब तलका विकासे निकायदेखि अर्थ मन्त्रालयसम्मै परिरहेको छ । अर्थका अधिकारीहरू राजस्व कम उठेर तनावमा छन् । सर्वोच्च अदालतले […]
११ असार, बुटवल । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स […]
११ असार, पोखरा । अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. […]
from समाचार – Online Khabar https://ift.tt/2Vifcfs
via IFTTT






















