समाचार
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश […]
१५ असार, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनको तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
१५ असार, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरातत्व विभागले अनुमति दिएमा डिल्लीबजारको चारखालस्थित पुराना संरचना २४ घण्टाभित्रै हटाउने बताएका छन् । केही दिनअघि डिल्लीबजार कारागारको पुरानो भवनको बाहिरी पर्खाल भत्किएको थियो । वर्षाको समयमा पुरानो जिर्ण भवनका अन्य भाग पनि भत्किने जोखिम कायमै छ । कारागारको बाहिरी क्षेत्रमा रहेको जिर्ण भवनको व्यवस्थापनका लागि […]
१५ असार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्ने ।’ यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा […]
१५ असार, काठमाडौं । आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् । कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ । राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री […]
१५ असार, काठमाडौं । निजामती सेवामा महिला आरक्षणलाई पनि समावेशी बनाइने भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिचाराधीन ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा महिला आरक्षणलाई समावेशी बनाउने विषयमा सहमति जुटेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र समितिका सदस्यहरुबीच पटक–पटक […]
१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो । ‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले भने ‘विराटनगरमा साथीहरुले १–२ वटा […]
१५ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैकाे अवस्था सामान्य छ । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो । प्रदेश नं २ का […]
१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज असार १५ मा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ […]
१५ असार, कैलाली । कैलालीमा भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो । भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।
१५ असार, गुल्मी । लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित भएका छन् । लिची खेतीले चिनिदै आएको जिल्लाका रुरु गाउँपालिकास्थित च्यूरेक, थोर्गा, थानपती लगायतका स्थानमा लिची उत्पादन घटेको छ । यस वर्ष पटक–पटक असिना पानी परेकाले एक करोड बढीको लिची नष्ट भएको च्यूरेक फलफूल तथा तरकारी समूहका संयोजक युवराज ज्ञवालीले बताए । ज्ञवालीका अनुसार लिची […]
१५ असार, डोटी । डोटीको के.आई. सिंह गाउँपालिका–४ का २६ वर्षीय राम जोशी जेठ १७ गते भारतको मुम्बईबाट आफ्नो गाउँ पुगे । सँगै आएका अन्य ३५ जनासहित उनलाई स्थानीय झिमेमालिका माविको क्वारेन्टिनमा राखियो । सुरुमा उनलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भनिएको थियो तर दिनगन्तिका हिसाबले उनी क्वारेन्टिनमा बसेको आज ३० दिन भयो । भारतको […]
१५ असार, सुर्खेत । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा कार्यरत करार कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको बताएका छन् । कार्यालयमा सहजकर्ता र कम्प्युटर अपरेटर पदमा कार्यरत तीन जना महिला कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको बताएका हुन् । कार्यालय प्रमुखसँग तलव माग्न जाँदा तलब दिनुको साटो उल्टो अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । […]
१५ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै जनस्तरबाट बढेको गतिविधिबाट आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरेर प्रहरीले बजार अनुगमनलाई तीब्रता दिएको छ । समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षा मापदण्ड कार्यान्वय भए/नभएको विषयमा बजार अनुगमन थालेको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किरणजंग कुँवरका […]
१५ असार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो । वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा […]
१५ असार, ताज्मानिया । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ । लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् । विगत तीन दिनको […]
१५ असार, घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए । स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर […]
१५ असार, काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । […]
१४ असार, काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ । सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको […]
१४ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट […]
from समाचार – Online Khabar https://ift.tt/2BJOCoy
via IFTTT