समाचार
१४, असार, काठमाडौं । बालीनाली नष्ट गर्ने सलह किरा पाकिस्तान हुँदै भारतको सीमा नाघेर नेपालमा प्रवेश ग¥यो । अहिले सानो संख्यामा आए पनि आगामी दिनमा ह्वारह्वार्ती आउन सक्ने चिन्ता बढेको छ । भलै सरकारी अधिकारीहरु भने ठूलो समूहमा नआउने भन्दै आश्वस्त पार्न खोजिरहेका छन् । मौसमसम्बन्धी विज्ञहरुका अनुसार भारतबाट नेपालतर्फ बहेको हावासँगै सलह भित्रिएको हो […]
१४ असार, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाबाट शनिबार पारित सञ्चारसम्बन्धी विधेयकमा सत्तारुढ दलकै सांसदले विरोध असन्तुष्टि जनाएका छन् । आइतबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद अशोक यादवले संचारसम्बन्धी विधेयक संसदीय समितिमा छलफल नै नगरि प्रदेशसभाबाट पारित गरिएकामा असन्तुष्टि जनाएका हुन् । ‘संसदीय व्यवस्थामा संसदीय समिति मेरुदण्ड हुन्छ’ सांसद यादवले भने, ‘तर सञ्चारसम्बन्धी विधेयक समितिमा […]
१४ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा निकै सस्तो मूल्यमा भाडामा लगाएको पाइएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले ‘पशुपति क्षेत्र विकास कोषको अध्ययन गर्न गठन गरेको उपसमितिका अनुसार पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गा वार्षिक २ मुरी धान दिने गरी भाडामा लगाएको फेला पारेको छ । उपसमिति सदस्य सांसद […]
१३ असार, कैलाली । धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध आइतबार विरोध र्याली निकालिएको छ । स्वाधीनताको रक्षाका लागि भन्दै बोलन्या थली संस्थाले बयलगाडा र्याली निकालेको हो । ‘एमसीसी जाल हो, देश बेच्ने चाल हो’, ‘एमसीसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ लगायतका ब्यानरसहित युवाहरुले र्याली निकालेका थिए । एक दर्जन बयलगाडासहित युवाहरु नारा लगाउँदै धनगढीको […]
१४ असार, गुल्मी । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार गुल्मीदरबार गाउँपालिकामा ११ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
१४ असार, धनगढी । प्रत्येक वर्ष असार १५ गते सुदूर पश्चिम प्रदेश सरकारले आयोजना गर्ने राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव यस वर्ष नहुने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना संक्रमणका कारण सोमबार हुने रोपाइँ महोत्सव स्थगित गरिएको जनाएको छ । कोरोना संक्रमण फैलन सक्ने खतराका कारण राष्ट्रिय धान दिवस तथा […]
१४ असार, वीरगञ्ज । वीरगञ्ज–५ रेशमकोठीका धीरेन्द्र ठाकुरले कोठा भाडामा लिएर सैलुन खोलेका छन् । मासिक ३५ हजार भाडा लाग्ने सैलुन लकडाउनका कारण तीन महिनादेखि बन्द छ । साहुले भाडा मागिरहेका छन् । ‘साहुले भाडा चाँडै दिनुस् भनिरहेका छन्, कारोबार शून्य छ । बचेको थोरै पैसा पनि लकडाउनमा सकियो । अब म कहाँबाट पैसा ल्याएर […]
१४ असार, काठमाडौं । शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे । लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर […]
१४ असार, डोटी । असार १० गतेभित्र पीसीआर मेसिन जिल्लामा पुग्छ, कहिलेबाट सञ्चालन ल्याउने भन्ने सम्बन्धित जिल्ला अस्पतालले तयारी गर्नुपर्यो’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डा. गुणराज अवस्थीले भनेका थिए । प्रदेश सरकारले चेत १५ मा नै बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । तर लामो समयसम्म कार्यान्वयन नभएपछि […]
१४ असार,बुटवल । प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका छन् । गुल्मीमा दुई महिला […]
१४ असार, काठमाडौं । गत माघको अन्तिमसाता नेपाल दूरसञ्चार प्राधिकरणमा रमेश गौतम (नाम परिवर्तन)ले अनौंठो उजुरी गरे । जसमा उल्लेख थियो- ‘मैले चलाइरहेको सिमकार्ड हिजो अटोमेटिक निष्कृय भयो र अरूले नै मेरो नम्बरको सिमकार्ड निकालेर व्यक्तिगत सूचनाहरूमा पहुँच बनाउँदै दुरुपयोग गरिरहेका छन् ।’ विगतमा नयाँ सिम लिएर दुरुपयोग गरेको घटनाहरू भइरहेकै थिए । त्यसपटक भने […]
१४ असार, जनकपुरधाम । महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २७ वर्षीय जयकुमार साह र २२ वर्षीय संजयकुमार साह रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरकाे अवस्थामा मनरा सिस्वा नगरपालिका-२ भलुई चौकबाट उनीहरुलाई नियन्त्रणमा […]
१४ असार, काठमाडौं । अछाममा क्वारेन्टिनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित एक विद्यालयको क्वारेन्टिनमा बसेर घर गएका सोही ठाउँका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक प्रभुनाथ देवकोटाका अनुसार उनी जेठ २७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । असार १० गते र्यापिड डाइग्नोस्टिक […]
१४ असार, काठमाडौं । कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट एकै पटक साढे ५५ करोड रुपैयाँ खर्च गरेको छ । कोष सञ्चालन निर्देशिका अनुसार ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिस अनुसार महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको छ । यो रकम स्वाब संकलनका क्रममा विमान चार्टर्डमा लागेको भाडादेखि नेपाली […]
१४ असार, गुल्मी । गुल्मीका थप चारजना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिकाका ४ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । भारतबाट आएका उनीहरु कोरोना पुष्टि भएको १५ दिनपछि आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुलाई फूल र डिस्चार्ज पत्र दिएर गाउँपालिका अध्यक्ष अशोक […]
१४ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पर्सि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । यो बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।
१४ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले […]
१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते […]
१४ असार, काठमाडौं । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी महिलाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका मेसु डा. लक्ष्मण खड्काका अनुसार मृतक महिलाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाबको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि असार ११ गते दिउँसो अस्पतालमा भर्ना भएकी २१ […]
१४ असार, काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले देशभरका गुठीका जग्गा असुरक्षित रहेको बताएकी छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले गुठीको जग्गालाई राज्यले सुरक्षा गर्न नसकेको बताएकी हुन् । गुठी जग्गाको सुरक्षा गर्न विधेयक ल्याए पनि अगाडि बढाउन नसक्दा अतिक्रमण बढेको उनको भनाइ छ । ‘गुठीको जग्गाहरू […]
१४ असार, काठमाडौं । सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिइएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको […]
from समाचार – Online Khabar https://ift.tt/2Vpgdm3
via IFTTT