समाचार
१६ असार, देउखुरी । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्याएको छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् । सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै […]
१६ असार, विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरी समायोजन हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संघीय सरकारसँग ११ हजार प्रहरी समायोजन भएर आउने सैद्धान्तिक सहमति भएको बताएका हुन् । संघीय सरकारसँग सैद्धान्तिक सहमतिपछि प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक बनाउने गृहकार्य सुरु भएको […]
१६ असार, जनकपुरधाम । सिराहामा नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । मंगलबार सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका-३ बस्ने २३ वर्षीय मनोहर कुमार यादव छन् । सिराहास्थित सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत उनी कसरी नहरमा पुगे भन्ने […]
१६ असार, काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट […]
१६ असार, काठमाडौं । काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ । देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण […]
१६ असार कैलाली । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो । वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो […]
१६ असार, गुल्मी । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु मंगलबार डिस्चार्ज भएका हुन् । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला छन् । पछिल्लो तथ्यांक अनुसार […]
१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय […]
१६ असार, काठमाडौं । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले बालविवाह र छोरीभन्दा छोराको चाहना बढी गर्ने संस्कार तत्काल रोक्नुपर्ने बताएको छ । यूएनएफपीएले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने संस्कारले लैङ्गिक भेदभावलाई बढावा दिएको र छोराको छनौट बढी भई नवजात शिशु जन्ममा लैङ्गिकअनुपात असन्तुलन बढेको जनाएको छ । नेपालमा सन् २००५ मा १०० नवजात […]
१६ असार, रौतहट । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ भएको रिपोर्ट दिएपछि सोमबार साँझ रौतहट जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरु तनावमा परे । स्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइयो । तर हेटौंडामा […]
१६ असार सुर्खेत । कर्णाली प्रदेशमा पनि सलह भित्रिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-३ दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)कै बारीमा मंगलबार सलह देखिएको हो । कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो […]
१६ असार, काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ, हामी जाँचबुझ गर्दै छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीको अध्यक्षको नाम सन्ध्या तिवारी लेखिएको छ […]
१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका […]
१६ असार, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिए । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण […]
१६ असार, वीरगञ्ज । पर्सामा चित्तलको मासु खाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सखुवा पर्सौनी गाउँपालिका-१ औराह बस्ने ४५ वर्षीय लक्ष्मण माझी मुसहर पक्राउ परेका हुन् । डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको टोली र राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले सोमबार माझीलाई पक्राउ गरेको हो । छापामारीको क्रममा बाह्र बोरको […]
१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार […]
१६ असार, काठमाडौं । आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ। मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा […]
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने यदि त्यस्तो षड्यन्त्र गरेको भए किन […]
१६ असार, काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोप छ । २०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा […]
१६ असार, कैलाली । दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महरा र शैल्यशिखर नगरपालिका –४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ घाँस काट्दा भिरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भए पनि प्रहरीले घटनाबारे मंगलबार बिहान मात्रै जानकारी पाएको […]
१६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो । ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा […]
from समाचार – Online Khabar https://ift.tt/31HHeFl
via IFTTT