समाचार
१४ असार, काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ । सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको […]
१४ असार, काठमाडौं । दोलखाको लामाबगरमा स्वदेशी लगानीमा निधर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएको छ । करिब ३०५ मिटर अग्लो माथिल्लो पेनस्टक साफ्टको अन्तिम पाइप आइबतार जडान भएको छ । योसँगै आयोजनाकै अर्को महत्वपूर्ण खुडि्कलो पार भएको आयेजनाका उपप्रवन्धक विमल गरुङले जानकारी दिए […]
१४ असार, सिराहा । लहान नगरपालिका वडा नम्बर २४ निवासी श्यामलाल रामको घरमा १२ गते शुक्रबार छोरीको डोली उठ्नुपथ्र्यो । बुबा श्यामलालले इष्टमित्रलाई खबर गरिसकेका थिए । दुलाहा पक्षलाई तिर्नुपर्ने दाइजोसमेत बुझाइसकेका थिए । बिहेका लागि चाहिने सबथोक जुटिसकेको थियो । विडम्वना ! वर्षौंदेखि साँचेको शुक्रबारको खुसी आउनुअघि नै यो परिवारमा बज्रपात आइलाग्यो । नाचगान […]
१४ असार, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाबाट शनिबार पारित सञ्चारसम्बन्धी विधेयकमा सत्तारुढ दलकै सांसदले विरोध असन्तुष्टि जनाएका छन् । आइतबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद अशोक यादवले संचारसम्बन्धी विधेयक संसदीय समितिमा छलफल नै नगरि प्रदेशसभाबाट पारित गरिएकामा असन्तुष्टि जनाएका हुन् । ‘संसदीय व्यवस्थामा संसदीय समिति मेरुदण्ड हुन्छ’ सांसद यादवले भने, ‘तर सञ्चारसम्बन्धी विधेयक समितिमा […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख पहिलो साता नोवेल कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा महामारीको रुप नलिने बताएका थिए । राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको अन्तर्वार्तामा उनले संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्र्तराष्ट्रिय प्रवेश विन्दु र सीमानाका बन्द तथा ७७ वटै जिल्लामा कोभिड-१९ परीक्षण केन्द्र स्थापना गरिएकाले महामारीको रुप […]
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै […]
१४ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा निकै सस्तो मूल्यमा भाडामा लगाएको पाइएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले ‘पशुपति क्षेत्र विकास कोषको अध्ययन गर्न गठन गरेको उपसमितिका अनुसार पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गा वार्षिक २ मुरी धान दिने गरी भाडामा लगाएको फेला पारेको छ । उपसमिति सदस्य सांसद […]
१४ असार, काठमाडौं । सरकारको निर्देशन विपरीत निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क संकलन गर्न थालेका छन् । स्कुल बचाउने भन्दै केही विद्यालयले जबरजस्ती शुल्क तिर्न ताकेता गर्न थालेको अभिभावले बताएका छन् । हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलले ह्वाटस् एप ग्रुपमा अभिभावकलाई शुल्क तिर्न दबाब दिइरहेको छ । कक्षा ५ को विद्यार्थीका अभिभावकलाई स्कुलले ५० हजार रुपैयाँको […]
१३ असार, कैलाली । धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध आइतबार विरोध र्याली निकालिएको छ । स्वाधीनताको रक्षाका लागि भन्दै बोलन्या थली संस्थाले बयलगाडा र्याली निकालेको हो । ‘एमसीसी जाल हो, देश बेच्ने चाल हो’, ‘एमसीसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ लगायतका ब्यानरसहित युवाहरुले र्याली निकालेका थिए । एक दर्जन बयलगाडासहित युवाहरु नारा लगाउँदै धनगढीको […]
१४ असार, काठमाडौं । बल्खुबाट कलंकीतर्फ जाँदा आजभोलि सवारीले सर्भिस लेनमा गुड्न पाउँदैनन् । चक्रपथको सर्भिस लेन खनेर अहिले मेलम्चीको पाइप बिछ्याइँदैछ । सडकको कालोपत्रे अहिले धमाधम मेसिन लगाएर काटिँदैछ । गाडी त के, पैदलयात्रीलाई नै हिँड्न मुस्किल छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले चक्रपथको सीता पेट्रोलपम्पदेखि कलंकीसम्म गत वर्षमात्रै […]
१४ असार, गुल्मी । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार गुल्मीदरबार गाउँपालिकामा ११ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
१४ असार, धनगढी । प्रत्येक वर्ष असार १५ गते सुदूर पश्चिम प्रदेश सरकारले आयोजना गर्ने राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव यस वर्ष नहुने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना संक्रमणका कारण सोमबार हुने रोपाइँ महोत्सव स्थगित गरिएको जनाएको छ । कोरोना संक्रमण फैलन सक्ने खतराका कारण राष्ट्रिय धान दिवस तथा […]
१४ असार, वीरगञ्ज । वीरगञ्ज–५ रेशमकोठीका धीरेन्द्र ठाकुरले कोठा भाडामा लिएर सैलुन खोलेका छन् । मासिक ३५ हजार भाडा लाग्ने सैलुन लकडाउनका कारण तीन महिनादेखि बन्द छ । साहुले भाडा मागिरहेका छन् । ‘साहुले भाडा चाँडै दिनुस् भनिरहेका छन्, कारोबार शून्य छ । बचेको थोरै पैसा पनि लकडाउनमा सकियो । अब म कहाँबाट पैसा ल्याएर […]
१४ असार, काठमाडौं । शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे । लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर […]
१४ असार, डोटी । असार १० गतेभित्र पीसीआर मेसिन जिल्लामा पुग्छ, कहिलेबाट सञ्चालन ल्याउने भन्ने सम्बन्धित जिल्ला अस्पतालले तयारी गर्नुपर्यो’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डा. गुणराज अवस्थीले भनेका थिए । प्रदेश सरकारले चेत १५ मा नै बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । तर लामो समयसम्म कार्यान्वयन नभएपछि […]
१४ असार,बुटवल । प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका छन् । गुल्मीमा दुई महिला […]
१४ असार, काठमाडौं । गत माघको अन्तिमसाता नेपाल दूरसञ्चार प्राधिकरणमा रमेश गौतम (नाम परिवर्तन)ले अनौंठो उजुरी गरे । जसमा उल्लेख थियो- ‘मैले चलाइरहेको सिमकार्ड हिजो अटोमेटिक निष्कृय भयो र अरूले नै मेरो नम्बरको सिमकार्ड निकालेर व्यक्तिगत सूचनाहरूमा पहुँच बनाउँदै दुरुपयोग गरिरहेका छन् ।’ विगतमा नयाँ सिम लिएर दुरुपयोग गरेको घटनाहरू भइरहेकै थिए । त्यसपटक भने […]
१४ असार, जनकपुरधाम । महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २७ वर्षीय जयकुमार साह र २२ वर्षीय संजयकुमार साह रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरकाे अवस्थामा मनरा सिस्वा नगरपालिका-२ भलुई चौकबाट उनीहरुलाई नियन्त्रणमा […]
१४ असार, काठमाडौं । अछाममा क्वारेन्टिनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित एक विद्यालयको क्वारेन्टिनमा बसेर घर गएका सोही ठाउँका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक प्रभुनाथ देवकोटाका अनुसार उनी जेठ २७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । असार १० गते र्यापिड डाइग्नोस्टिक […]
१४ असार, गुल्मी । गुल्मीका थप चारजना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिकाका ४ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । भारतबाट आएका उनीहरु कोरोना पुष्टि भएको १५ दिनपछि आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुलाई फूल र डिस्चार्ज पत्र दिएर गाउँपालिका अध्यक्ष अशोक […]
१४ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पर्सि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । यो बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।
from समाचार – Online Khabar https://ift.tt/2YDNTyf
via IFTTT