समाचार
१३ असार, काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले नेकपा कम्युनिस्ट सरकार नभएको आरोप लगाएको छ । तर, अहिले भारतले केपी ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको जनमोर्चाको दाबी छ । पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष केसीले प्रेस वक्तव्यमा भनेका छन्, ‘हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट […]
१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । एसोसिएसन आफ नेपाली एगि्रकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । कृषि विकासका लागि […]
१३ असार, वीरगञ्ज । प्रदेश २ मा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । महोत्तरीमा ३० जना र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुईजनामा संक्रमण देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको […]
१३ असार, धनगढी । बैतडीको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वषर्ीय पुरुषको मृत्यु भएको हो । शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए […]
१३ असार, वीरगञ्ज । पर्सामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । होटलमा पेड क्वारेन्टिनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको उमेर ३२ वर्ष छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । असार ४ गते […]
१३ असार, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भयो । शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए । र, एकैछिनमा बाहिरिए । तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका […]
१३ असार, काठमाडौं । एउटा अनलाइन सपिङले लकडाउनका बेला अत्यावश्यक सेवाको होमडेलीभरी थाल्यो । खासगरी लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मात्र होम डेलिभरी हुने गरेकामा यो कम्पनीले तरकारी, खाद्यान्न, तेलजस्ता भान्सामा प्रयोग हुने वस्तुको होम डेलिभरी थालेको हो । उक्त कम्पनीले लकडाउनका बेला काठमाडौंमा डेलिभरीको दायरा पनि बढायो । कम्पनीका संस्थापक अमुन थापाका अनुसार अनलाइन भुक्तानी गर्न […]
१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका […]
१३ असार, काठमाडौं । वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई शुक्रबार जानकारी दिए । नेपालले सीमा अतिक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औपचारिक र अनौपचारिक प्रयासलाई वेवास्ता गरेको मन्त्री ज्ञवालीको भनाइ छ । गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले […]
१३ असार, बुटवल । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण […]
१३ असार, काठमाडौं । डिलबहादुर गुरुङ धादिङ सदरमुकाम धादिङबेसीमा कस्मेटिक व्यवसाय गर्छन् । लामो समय जिल्ला सदमुकाममा रहेर व्यापार गर्दै आएका गुरुङ यसपटक लकडाउन सुरुभएलगत्तै सपरिवार जन्मथलो पात्ले फर्किए । अनिश्चितकालीन लकडाउनसँंगै गुरुङले गाउँको पुर्ख्यौली थलोको पाखोबारीमा खेताला लगाए । आफू पनि कस्सिएर काम थाले । कयौं वर्षदेखि प्रयोग नभएको केही र भएको पनि मुस्किलले […]
१३ असार, नेपालगन्ज । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए […]
१३ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा […]
झिलिमिली ठमेलको एक पात्र हुन्– ओमनाथ पाठक (६८) । आफ्नो अध्यारो जीवनमा पिलपिल बत्ती बालेरै भए पनि जसतसो पाइला सारिरहेका थिए उनले । कोरोना कहरले त्यही पिलपिल बत्ती पनि झ्याप्पै निभाइदियो । न उनको रिक्सा चल्यो, न पेटले अन्न र औषधि भेट्यो । ठमेलका सटरहरु खुल्न र मानिसहरु देखिन थालेपछि १ असारदेखि पाठक पनि सडकमा […]
१३ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो । महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको […]
१३ असार, बुटवल । राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा बुटवलमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति […]
१३ असार, कुस्मा । पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन (कालीनाग) को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुवाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए । स्थानीयको खबरपश्चात […]
१३ असार, काठमाडौं । एक जना भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् । उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र […]
१३ असार, पोखरा । दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो । पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । […]
१३ असार, पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना कोरोना संक्रमित थपिए । कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ […]
१३ असार, सिड्नी । अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान हुँदैछ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २२० जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किन लागेको जानकारी दिए । यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा जस्तै अहिले पनि अष्ट्रेलियामा आफ्ना आफ्न्त भेट्न र घुम्न आएका […]
from समाचार – Online Khabar https://ift.tt/2VnE2dH
via IFTTT