समाचार
१६ असार सुर्खेत । कर्णाली प्रदेशमा पनि सलह भित्रिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-३ दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)कै बारीमा मंगलबार सलह देखिएको हो । कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो […]
१६ असार, काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ, हामी जाँचबुझ गर्दै छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीको अध्यक्षको नाम सञ्जय अधिकारी लेखिएको छ […]
१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका […]
१६ असार, वीरगञ्ज । पर्सामा चित्तलको मासु खाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सखुवा पर्सौनी गाउँपालिका-१ औराह बस्ने ४५ वर्षीय लक्ष्मण माझी मुसहर पक्राउ परेका हुन् । डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको टोली र राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले सोमबार माझीलाई पक्राउ गरेको हो । छापामारीको क्रममा बाह्र बोरको […]
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने यदि त्यस्तो षड्यन्त्र गरेको भए किन […]
१६ असार, काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोप छ । २०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा […]
१६ असार, कैलाली । दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महरा र शैल्यशिखर नगरपालिका –४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ घाँस काट्दा भिरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भए पनि प्रहरीले घटनाबारे मंगलबार बिहान मात्रै जानकारी पाएको […]
१६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो । ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा […]
१६ असार, काठमाडौं । नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रले जनाएको छ। सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर […]
१६ असार, वीरगञ्ज । प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीमा २९, रौतहटमा ५, धनुषामा ३ जनामा संक्रमण देखिएको हो । १ सय ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए । महोत्तरीको सम्सी क्वारेन्टिनका […]
१६ असार, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी […]
१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नेकपाभित्र स्पष्ट वक्ता मानिन्छन् । यद्यपि उनी अहिलेको ध्रुवीकरणमा माधव नेपाल पक्षमा छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको समीक्षा हुने र आवश्यकता पर्यो भने पार्टीले प्रधानमन्त्री फेर्न पनि सक्ने नेता पाण्डेको भनाइ छ । ‘नेकपा […]
१६ असार, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित पुष्टि भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका […]
१६ असार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए । श्वासप्रश्वासमा समस्या भएपछि […]
१६ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेकपा अध्यक्ष केपी ओलीनिकट नेता हुन् । जनताको बहुदलीय जनवाद (जबज) को वकालत गरेसँगै पूर्वमाओवादी समूहबाट पोखरेल बेला बखत तारो बन्दै आएका छन् । सत्तारुढ पार्टीकै नेताहरुबाट सरकारको आलोचना भइरहेको सन्दर्भमा विगतमा पनि यस्तै हुने गरेकाले यो स्वाभाविक भएको पोखरेलको तर्क छ । उपप्रधानमन्त्री पोखरेलले अनलाइनखबरसँग […]
१६ असार, काठमाडौं । स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न प्रदेश ५ सरकारले कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन […]
१६ असार, काठमाडौं । नेकपा सचिवालयबाट टरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट स्थायी कमिटीमा सरेको छ । दुई दिन स्थगित भएर मंगलबारदेखि पुनः शुरु हुने बैठकमा प्रचण्ड–माधव नेपाल पक्षले सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । गत बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अहिलेसम्म नक्सा […]
१६ असार, काठमाडौं । मंगलबार बिहान ६ बजेदेखि ९ बजेको बीचमा नेपाल एयरलाइन्सका चारवटै जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरे । सोमबार साँझ विभिन्न चार वटा मुलुकमा गएका यी जहाजले एकै बिहान करीव ८ सय नेपाली नागरिकलाई काठमाडौं ल्याए । सोमबार बिहान कुवेत, दुबई, दोहा र क्वालालाम्पुरबाट नेपाल एयरलाइन्सका जहाजले घर फर्कने नेपाली लिएर काठमाडौं अवतरण […]
१६ असार, वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरीया नगरपालिका–२ लमरिया निवासी २८ वर्षीय मनोज यादव रहेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले उनलाई अलौ भन्सारबाट नियन्त्रणमा लिएको हो । ना १५ प […]
१६ असार, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले लकडाउन अवधिको शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले लकडाउन अवधिको पनि शुल्क असुल गर्न खोजेको भन्दै सो संगठनले यो निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । मंगलबार […]
१६ असार, काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै केहि सहज बनाएपछिमात्रै पनि बैंकहरुको लगानी ७ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ । लकडाउनको मोडालिटीको परिवर्तन हुनु अगाडि ३० जेठसम्म बैंकहरुको २६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो । १ असारदेखि लकडाउन केहि सहज भएको थियो […]
from समाचार – Online Khabar https://ift.tt/3eSx9sU
via IFTTT