समाचार
१३ असार, बुटवल । राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा बुटवलमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति […]
१३ असार, कुस्मा । पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन (कालीनाग) को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुवाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए । स्थानीयको खबरपश्चात […]
१३ असार, गुल्मी । गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना डिस्चार्ज भएका हुन् । इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । संक्रमितहरुको २ पटक पीसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ […]
१३ असार, पोखरा । दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो । पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । […]
१३ असार, पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना कोरोना संक्रमित थपिए । कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ […]
१३ असार, सिड्नी । अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान हुँदैछ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २२० जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किन लागेको जानकारी दिए । यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा जस्तै अहिले पनि अष्ट्रेलियामा आफ्ना आफ्न्त भेट्न र घुम्न आएका […]
१३ असार, काठमाडौं । एक जना भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् । उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र […]
१३ असार, पोखरा । गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि हुनेमा स्याङ्जाका मात्रै २२ जना जना छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने […]
१३ असार, गुल्मी । गुल्मीको तम्घास नजिकै रहेको ह्वाक्ने छहराको स्वरुप परिवर्तन भएपछि आकर्षणको केन्द्र बनेको छ । अविरल वर्षासँगै पानीको सतह बढेपछि छहराको सुन्दर दृश्य बनेको छ । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१० मा पर्ने छहरा अघिल्ला वर्षहरुमा यतिबेला सुख्खा हुन्थ्यो । भदौ–असोजमा मात्रै छहरा बग्न सुरु हुन्थ्यो । तर, यस वर्ष […]
१३ असार, काठमाडौं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, संघीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले […]
१३ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ शुरु गरेको छ । दिनभर कहाँ-कहाँ कस्ता-कस्ता घटना भए, कहाँ-कहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छलगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ । प्रारम्भिक चरणमा हरेक […]
१२ असार, काठमाडौं । अदालतको अनुमतिबिना कल ट्यापिङ (इन्टरसेप्सन) गर्न नदिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विशेष सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयकले अदालतको अनुमति बिना नै गुप्तचर निकायले कल ट्यापिङको अधिकार पाउने व्यवस्था छ । अदालतको अनुमति […]
१२ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध भने बढेको पाइएको छ । यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेको नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए । शुक्रबार प्रतिनिधिभाको विकास तथा प्रविधि समतिमा अर्यालले जानकारी दिएअनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी […]
१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए […]
१२ असार, काठमाडौं । न्युरोड गेटबाट दायाँ लागेपछि देखिन्छ अनेकानेक पसल । कुनै पसल अगाडि विविध रङ्गका खेलौना झुण्डाइएका छन् त कुनैमा स्टाइल-स्टाइलमा ब्यागहरू । पसलहरूका अगाडि फुटपाथमा पनि व्यापारका अनेकथरी सामान फिँजाइएका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड पनि बढेको देखियो । तीन महिनादेखि हात बाँधेर बस्ने भरियाहरू […]
१२ असार, काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख […]
१२ असार, काठमाडौं । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ । कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने […]
१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा छ । स्थायी कमिटीको बैठकचाहिँ प्रधानमन्त्रीनिवास बालुवाटारमा राखियो । व्यस्त प्रधानमन्त्रीलाई उपस्थित हुन सहज होस् भनेरै सरकारीनिवासमा बैठक राखिएको हो । तैपनि शुक्रबारको बैठकमा प्रधानमन्त्री हाजिर भएनन् । बुधबार स्थायी कमिटी बैठक सुरु भएका दिन सम्बोधन गरेका अध्यक्ष ओली शुक्रबार गयल भए […]
१२ असार, काठमाडौं । समाजवादी विद्यार्थी युनियनले निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नतिर्न आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति निकालेर युनियनले दिनको १/२ घण्टा मात्रै अनलाइन कक्षा संचालन गरेर सबै अभिभावकसँग शुल्क असुल्न खोज्नु ठीक नहुने बताएको छ । हाल निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरे पनि कतिपय विद्यार्थी इन्टरनेटको पहुँच बाहिर रहेको र स्मार्ट […]
१२ असार, काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको […]
१२ असार, वीरगञ्ज । कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिन सञ्चालनमा आएको छ । महानगरपालिकाले हस्तान्तरण गरेको ६ दिनपछि मेसिन सञ्चालनमा ल्याइएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । अब नारायणी अस्पतालमा कोरोना परीक्षण गर्ने दुईवटा मेसिन भएको छ । पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक ५÷६ सय नमुना सहजै परीक्षण […]
from समाचार – Online Khabar https://ift.tt/385KN9b
via IFTTT