समाचार
१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा नाङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई […]
१५ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताएका छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको मन्त्री खतिवडाले बताए । उनले वैदेशिक […]
१५असार, विराटनगर । प्रदेश १ मा करिब २२ प्रतिशत रोपाइँ भएको छ । आइतबारस्म्म प्रदेश १ का १४ जिल्लाको धानखेती हुने क्षेत्रको २१.४८ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको हो । प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्ष यहीँ अवधिमा १७.४ प्रतिशत रोपाइँ भएको थियो । प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ […]
१५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ […]
१५ असार, काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा […]
१५ असार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा चक्लाबन्दी खेती सुरु गरिएको १६० विघा खेतमा सोमबार धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरिएको छ । त्रियुगा नगरपालिका-१३ बहेडवहामा जग्गा भाडामा लिएर स्थानीय सहरा सहकारी संस्थाले चक्लाबन्दी खेती सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सोमबार चक्लाबन्दी खेतीको उद्घाटन गरे । त्यस क्रममा उनले […]
१५ असार, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारी नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा यातायात कार्यालय, धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुसहित १२ जनालाई मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । ‘यातायातको कर्मचारीले नक्कली बिलबुक […]
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानून नबन्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को वार्षिक साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पारे । ‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु,’ उनले भने, […]
१५ असार, वीरगञ्ज । पर्सामा ८ लेनको स्वचालित मेसिनबाट धान रोपेर १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । हातले छुपुछुपु धान रोप्ने परम्परा भएपनि प्रविधिको विकाससँगै स्वचालित मेसिनले धान रोप्न सकिने भएको हो । कृषि औजार अनुसन्धान केन्द्र परिसरमा रोपाइँका लागि तयार पारिएको खेतमा मेसिनले धान रोपिएको थियो । केन्द्रले उक्त मेसिन तीन वर्षदेखि […]
१५ असार, विराटनगर । एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित ड्याम बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुबानमा परेको हो । डुबानकै कारण बुधबार सात वर्षीय बालकको ज्यान गएको छ । वर्षाका कारण जमेको पानी जाने निकास […]
१५ असार, काठमाडौं । बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै सोमबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बाढी पहिरोको नियन्त्रण र रोकथामको चुस्त र प्रभावकारी तयारी गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावको कांग्रेस सांसदहरु लक्ष्मी […]
१५ असार, काठमाडौं । सुनिँदै आएको छ, सलह किरा नेपालमा ६० वर्ष पहिले देखापरेको थियो । उसबेला काठमाडौं उपत्यकामा सलह देख्नेमध्येका एक हुन्– चर्चित संस्कृतिविद् सत्यमोहन जोशी । ज्येष्ठ नागरिक जोशी अहिले १०१ वर्ष पुगिसकेका छन् । काठमाडौंमा सलह आउँदा आफू १३ वर्षको भएको उनको सम्झना छ । यो हिसाबलाई मान्ने हो भने काठमाडौंमा ६० […]
१५ असार, काठकाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीलाई नवसामन्त, श्री ३ को संज्ञा दिएका छन् । ओलीले आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको डा. लोहनीको प्रतिक्रिया छ । ‘सम्माननीय प्रधानमन्त्रीजी, नेपालको नयाँ नक्सा जारी गरेवापत विदेशी र स्वदेशी मिलेर तपाईलाई हटाउन प्रयास हुँदैछ […]
१५ असार, काठमाडौं । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवम पानी रहने भागको पर्खाल निर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम […]
१५ असार, काठमाडौं । आज असार १५ । अन्य जिल्लाका किसानहरू जस्तै ललितपुरको खोकनाबासी पनि सोमबार बिहानै खेतमा रोपाइँ गर्न निस्किए । सुडोल फाँटमा खेत जोत्ने, आली लगाउने, पानी लगाउनेलगायतका काम सुरु गर्नै लाग्दा प्रहरीको टोली त्यहाँ पुग्यो र उनीहरूको काममा अवरोध गर्यो । प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो । स्थानीय कृष्ण […]
१५ असार, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे […]
१५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल अघि नबढाउने निर्णय गरेको विधेयक राष्ट्रिय सभाले पारित गर्दैछ । नेकपा सचिवालय बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयक तत्काललाई अघि नबढाउने निर्णय गरेको थियो । राष्ट्रिय सभाको एक बजे बस्ने बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान […]
१५ असार, काठमाडौं । लकडाउन अवधिभरि काठमाडौंका चिल्ला र खाली सडकहरूको फोटो सामाजिक सञ्जालमा भाइरल बने । नबनुन् पनि किन ? यो वर्षको हिउँदमा नै गत वर्षहरूको भन्दा छिटो गतिमा सडक मर्मतको काम भयो । त्यसैले मंसिरसम्म भौतिक पूर्वाधार मन्त्री बनेका वसन्त नेम्वाङ र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा एकाएक चर्चामा आए । असार १ […]
१५ असार, काठमाडौं । कोरोनापछि अर्को संकट छिमेकी देश भारतबाट नेपाल छिरेको छ- सलह । आउँदैन भन्दाभन्दै नेपालमा आयो । ‘ढिलो आयो, कडा आयो’ भनेजस्तो सलहले एकैपटक देशव्यापी रूपमा आतंक सिर्जना गरेको छ । अहिले नेपालमा देखिएको सलह सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको थियो । त्यहाँबाट साउदी अरब, इरान हुँदै गत डिसेम्बरमा सलह […]
१५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो । अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या […]
१५ असार, कैलाली । घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो । घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो । घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्रीमान् र […]
from समाचार – Online Khabar https://ift.tt/2NF9Wyo
via IFTTT