समाचार
१५ असार, काठमाडौं । आइतबार ४ बजेतिर प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ । कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्याएको जनाएको […]
१५ असार, काठमाडौं । भक्तपुर प्रहरीले जडीबुटी उपनामले चिनिने ४५ वर्षीय कृष्ण तामाङको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई भक्तपुर नगरपालिका–४ गहिटी बस्ने ३० वर्षीय इन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी […]
१५ असार, सुर्खेत । कर्णालीमा डिस्चार्ज हुने कोरोना संक्रमित (कोभिड-१९)को संख्या एक हजार नाघेको छ । हालसम्म प्रदेशमा एक हजार एकजना कोरोना संक्रमित डिस्चार्ज भएको कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कर्णालीका विभिन्न आइसोलेसनबाट ४५ जना डिस्चार्ज भएका छन् । दैलेखको दैलेख अस्पताल/नारायण आइसोलेसनबाट एक महिलासिहत […]
१५ असार,बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना-१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु […]
१५ असार, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा कोरोना संक्रमितको उपचार गर्न भेन्टिलेटरसहितको आइसोलेसन कक्ष निर्माण गरिएको छ । गण्डकी गाउँपालिका–१ मकैसिंको प्राथमिक स्वास्थ्य केन्द्रमा बनाइएको १० बेडको आइसोलेसनमध्ये ४ वटामा अक्सिजनसहितको भेन्टिलेटर छ । हाल यहाँको आइसोलेसनमा गण्डकी गाउँपालिकाका ५ जना कोरोना संक्रमितलाई राखिएको छ । यसअघि यहाँका कोरोना संक्रमितलाई सदरमुकामस्थित गोरखा अस्पतालको आइसोलेसनमा लगिएकामा […]
१५ असार, काठमाडौं । आजबाट शेयरबजार कारोबार सञ्चालनमा आएको छ । खुला भएको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ । लकडाउनपछि बीचमा दुई दिन बन्द भएपछि पहिलोपटक खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर पुनरागमन गर्दै १२.७८ अंकले घटेर बन्द भएको हो । सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटेपछि […]
१५ असार, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
१५ असार, विराटनगर । दुबईबाट काठमाडौं हुँदै विराटनगर आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर– १५ की २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित युवती दुबईबाट काठमाडौं हुँदै ९ असारमा विराटनगर आएकी थिइन् । पीसीआर जाँचका लागि आइतबार स्वाब संकलन गरिएको […]
१५ असार, काठमाडौं । कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ । स्थानीय रामप्रसाद कठरियाले खेतमा मल छर्न जाँदा सलह किरा देखेको बताए । बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताए । उनले भने, ‘अहिलेसम्म सलह भन्ने छ त्यहाँ पुगेपछि विस्तृत थाहा […]
१५ असार, काठमाडौं । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधन सामान्य थिएन । एउटा सार्वभौम देशको प्रधानमन्त्रीलाई हटाउन ‘विदेशी दूताबासले सक्रियता देखाएको’ विषय सामान्य होइन, जघन्य अपराध हो । यस्तो अन्तर्राष्ट्रिय अपराध कोही पनि स्वाभिमानी नेपाली जनतालाई सैह्य हुँदैन । नेपाली जनताले बहुमत दिएर सरकार चलाउन पठाएका प्रधानमन्त्रीलाई हटाउन लैनचाैरस्थित भारतीय दूतावास सक्रिय भएकै […]
१५ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै असहमतिका बाबजुद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक बहुमतले पास गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने प्रस्ताव पास गरेको हो । प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा […]
१५ असार, चितवन । आज असार १५ । सरकारले धान दिवसको रुपमा मनाउने गरेको छ । वर्षायाममा रोपाइँको समयमा पर्ने भएकाले किसानहरुले पनि यो दिनलाई खुशियालीपूर्वक मनाउँछन् । घरमा दही, च्युरा र केरा खाने प्रचलन छ । यो वर्ष पर्याप्त वर्षा भएकाले आजको दिन धेरै किसान खेतमै छन् । खेतमा रोपाइँ गर्ने, हिलो खेल्ने र […]
१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा नाङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई […]
१५ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताएका छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको मन्त्री खतिवडाले बताए । उनले वैदेशिक […]
१५असार, विराटनगर । प्रदेश १ मा करिब २२ प्रतिशत रोपाइँ भएको छ । आइतबारस्म्म प्रदेश १ का १४ जिल्लाको धानखेती हुने क्षेत्रको २१.४८ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको हो । प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्ष यहीँ अवधिमा १७.४ प्रतिशत रोपाइँ भएको थियो । प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ […]
१५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ […]
१५ असार, काठमाडौं । कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान […]
१५ असार, काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा […]
१५ असार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा चक्लाबन्दी खेती सुरु गरिएको १६० विघा खेतमा सोमबार धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरिएको छ । त्रियुगा नगरपालिका-१३ बहेडवहामा जग्गा भाडामा लिएर स्थानीय सहरा सहकारी संस्थाले चक्लाबन्दी खेती सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सोमबार चक्लाबन्दी खेतीको उद्घाटन गरे । त्यस क्रममा उनले […]
१५ असार, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारी नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा यातायात कार्यालय, धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुसहित १२ जनालाई मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । ‘यातायातको कर्मचारीले नक्कली बिलबुक […]
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानून नबन्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को वार्षिक साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पारे । ‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु,’ उनले भने, […]
from समाचार – Online Khabar https://ift.tt/3idemKM
via IFTTT