समाचार
८ साउन, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा तथा ध्यान हल’ निर्माण अन्तिम चरणमा पुगेको छ । २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि २०७७ असोजसम्म थप गरिएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुसार पाँच हजार जना क्षमताको सभा […]
८ साउन, जनकपुरधाम । धनुषामा रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारी, शहीदनगर नगरपालिका-७ ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका-१६ का २१ वर्षीय छोटु झा छन् । पक्राउ परेकामध्ये अधिकारी यदुकोहास्थित मोटरसाइकल शोरुमका कर्मचारी […]
८ साउन, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको […]
८ साउन, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस फैलिन नदिन निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञा बिहीबारदेखि नै लागु हुनेछ । ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । बुधार आएको रिपोर्टमा […]
८ साउन, विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ । विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको […]
८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी नआएको भए अहिले रातो मत्स्येन्द्रनाथको रथयात्रा चलिरहेको हुन्थ्यो । तर कोरोनाले नेपालकै सबैभन्दा लामो रथयात्रा नराम्ररी प्रभावित भयो । सुरुमा त रथ नै बनाउन रोकियो । तर असार १० गतेदेखि रथ बनाउन थालियो तर रथयात्रा हुने वा नहुने अन्यौल कायमै रह्यो । लकडाउन केही खुकुलो भएपछि […]
८ साउन, काठमाडौं । सरकारी छाप किर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७० चैत १७ गते सरकारी छाप कीर्ते र ठगी मुद्दामा महतलाई दोषी ठहर […]
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड-१९)को सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापित देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका हुन् । […]
८ साउन, जनकपुरधाम । सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने दिपेशकुमार […]
८ साउन, काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । स्रोतका अनुसार सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै […]
८ साउन, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त घोषणा गरेपछि बिहीबारदेखि धेरै सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग सम्बोधन भएपछि मात्र यातायात चलाउने घोषणा गरेका थिए । व्यवसायी र मजदुरका माग सरकारले सम्बोधन गर्ने बताएपछि […]
८ साउन, लहान (सिरहा) । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एकजनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाको अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । […]
८ साउन, बुटवल । रुपन्देहीको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीको कार्यालयमा तालाबन्दी भएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागि विधान विपरित निर्वाचन समिति बनाइएको र समावेशीतालाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले कार्यालयको मूल गेटमा बिहीबार बिहान तालाबन्दी गरेको हो । उपभोक्तासहित झण्डै पाँचसय जनाको उपस्थितिमा नाराबाजी गर्दै उक्त पार्टीले गेटमा तालाबन्दी […]
८ साउन, काठमाडौं । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले अनलाइनखबरलाई बताए । बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा […]
८ साउन, काठमाडौं । साउनको दोस्रो सातासम्म आईपुग्दा देशभरको रोपाइँको अवस्था राम्रो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । देशभर कुल १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ योग्य भूमिमध्ये १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । देशभरको उच्च पहाडमा […]
८ साउन, काठमाडौं । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ । कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । सरकारले चार महिनापछि बुधबार लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि […]
८ साउन काठमाडौं । युरो टि-२० स्लाम फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करण एक वर्ष पछि हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण उत्पन्न अनिश्चिताको कारण युरोपको यस प्रतियोगिता स्थगित भएको हो । आयोजकले बुधबार यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ । युरो टि-२० स्लामको पहिलो सिजन सन् २०१९ […]
८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो । कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार कारागार पुगेकी थिइन् । उनकै कारमा कोइराला घरतर्फ लागेका थिए । सञ्चारकर्मीतर्फ हेरेर […]
८ साउन, काठमाडौं । सुनको मूल्यमा बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० […]
८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी […]
८ साउन, झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् । मृतकमध्ये तामाङको […]
from समाचार – Online Khabar https://ift.tt/2WOO1JN
via IFTTT