समाचार
१६ साउन, काठमाडौं । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ । सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ । उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘सो घटनाको थप […]
१६ साउन, वीरगञ्ज । मुस्लिम आयोगले इज उल अज्हा (ईद) घरमै नमाज पढेर मनाउन आग्रह गरेको छ । आयोगले नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै सम्पूर्ण मुस्लिम समुदायमा यस्तो अनुरोध गरेको हो । ‘…ओल्माहरू, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी […]
१६ साउन, काठमाडौं । साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणबारे थाहै नभएका व्यक्तिलाई प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ । काठमाडौंबाट भाग्नलाई तीन अभियुक्त चढेको ट्याक्सीका चालक भैरहवाका सन्दीप गुरुङलाई पनि पक्राउ गरेर प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको हो । काठमाडौं प्रहरी परिसर, […]
१६ साउन, चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए । तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् । मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । […]
१६ साउन, कैलाली । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका-८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता […]
१६ साउन, सुर्खेत । कर्णाली प्रदेशमा मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक/एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । मनसुन सुरु भएयता पहिरो […]
१६ साउन, काठमाडौं । नेपाली सेनाले विभिन्न वित्तिय संस्थामा जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी छ । अघिल्लो वर्षसम्म सेनाको करिब २३ करोड रुपैयाँ नोक्सान हुने जोखिम थियो । तर, प्रभावकारी व्यवस्थापन एवं निक्षेप नीति अवलम्बन गरिएकाले हाल उल्लेख्य रुपमा घटेको सैनिक […]
१६ साउन, काठमाडौं । नेपाली सेनाले ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको नयाँ भवनलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न लागेको स्वीकार गरेको छ । तर, यो सैनिक कल्याणकारी कोषको हिताधिकारीकै चाहना बमोजिम भएको सैनिक अधिकृतहरुको दाबी छ । सैनिक कल्याकारी योजना निर्देशनालयका सहायक रथी सागरबहादुर केसीले शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा हिताधिकारीको चाहना र महांकालमा बढ्दो […]
१६ साउन, विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प […]
१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा […]
१६ साउन, जुम्ला । आगामी साउन २० गतेदेखि सुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भिडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने […]
१५ साउन, काठमाडौं । नेपाली उद्योग क्षेत्रको एउटा स्थापित व्यापारिक घराना हो, सारडा समूह । यस समूह अन्तर्गतका उद्योगहरुले विद्युतीय केवल, चाउचाउ, बिस्कुट, सावुनदेखि अक्सिजन ग्यास, सिमेन्ट तथा स्टिल लगायत धेरै सामग्रीको उत्पादन र बिक्री गरिरहेका छन् । पुख्र्यौली उद्योग-व्यवसायमा रमाइरहेको यस समूहको नेतृत्व शिवरतन सारडाले गरिरहेका छन्, जो उमेरले ७० वर्षका भए । वृद्धावस्थाका […]
१६ साउन, विराटनगर । लागूऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया भन्ने स्थानमा बिहीबार राति करिब साढे १० बजे आक्रमण भएको हो । लागूऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीमाथि उनीहरुले आक्रमण गरेपछि प्रहरीले […]
१६ साउन, काठमाडौं । बैंकिङ क्षेत्रबाट सुरु भएको मर्जरको अभ्यास अब सहकारी क्षेत्रमा पनि सुरु भएको छ । शुक्रबार मात्रै दुईवटा सहकारी संस्थाहरु आपसमा गाभिएर एकिकृत कारोबार शुरु गरेका छन् । भक्तपुरको गठ्ठाघरमा रहेको साथीको बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको न्यूरोडमा रहेको किर्ती बचत तथा ऋण सहकारी संस्थाहरु एक-आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार […]
१६ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका– ५ मा रहेको जिल्लाकै सबैभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स बन्द भएको सूचनाले किसान चिन्तित बनेका छन् । साउन ११ गते उद्योग सञ्चालक समितिले एक सूचना जारी गर्दै महम्मदपुर गरुडामा रहेको सो चिनी मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो । २०४९ सालमा स्थापना […]
१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई रद्द गरेको छ । शुक्रबार सूचना जारी गरी काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने पास रद्द गर्ने निर्णय गरेको हो । अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारी समेत सञ्चालनमा छ । तर विभिन्न जिल्लाबाट नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरस […]
१६ साउन, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए । ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएकी उनी हालसालै […]
१६ साउन, सुर्खेत । कालीकोटको पलाता गाउँपालिकामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । गाउँपालिकाको वडानम्बर-८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजे कुलो मर्मत गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर रोकायको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]
१६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को २३ असारको बैठकले उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गर्यो । त्यसका लागि शर्त छ, सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र राख्ने, सबै यात्रुले मास्क लगाउने, स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने । सार्वजनिक […]
१६ साउन, कैलाली । बाजुरामा पहिरोमा बेपत्ता भएका एकजनाको तीन दिनपछि शव फेला परेको छ । बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए । साँफे मार्तडी सडक खण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर उनी बुधबारदेखि बेपत्ता […]
१६ साउन, काठमाडौं । अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब […]
from समाचार – Online Khabar https://ift.tt/39JCBwd
via IFTTT