समाचार
१६ साउन, जनकपुरधाम । कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो । अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् । पार्टी […]
१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । […]
१६ साउन, जनकपुरधाम । प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा […]
१६ साउन, चितवन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए । थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।
१५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ […]
१५ साउन, काठमाडौं । ललितपुरको ताल्सीखेल चोकबाट ५ सय मिटरभित्र पुगेपछि पुरानो जुपिटर टोल आउँछ । त्यहीँ छ, सिंगापुर पुलिसका पूर्वकर्मचारी अमरबहादुर राईको नवनिर्मित तीन तले घर । यही घरको कम्पाउण्डमा साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुको सादा पोशाकको टोलीले […]
१५ साउन, काठमाडौं । पार्टी महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ । पौडेल समूहले बुधबार पार्टी कार्यालय सानेपामा भेला गरेर आपत्ति जनायो । तर पार्टी सभापति देउवाले भने यसलाई महाधिवेशन राजनीति भनेका छन् । देउवा–पौडेल समूहको भेट लिखित रुपमै सभापतिको ध्यानाकर्षण गराउने भेलाको निर्णयअनुसार […]
१५ साउन, काठमाडौं । होटेलको गेटबाट भित्र छिर्नासाथ सुरक्षा गार्डले रोके । अलि पर बसेर उनले भने, ‘कृपया जुत्ता स्यानिटाइज गर्नुस है !’ जुत्ता स्यानिटाइज गर्नका लागि केमिकलमा डुबाइएको एउटा म्याटमा टेक्नुपर्ने रहेछ । त्यसपछि जुत्ता पुछ्नलाई अर्को सुख्खा म्याट । दुवै म्याटबाट अगाडी बढेपछि अटोमेटिक मेसिनले ज्वरो नाप्ने प्रबन्ध थियो । ज्वरो नापिएपछि त्यहाँ […]
१५ साउन, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले […]
१५ साउन, काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो । उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए लगतै […]
१५ साउन, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को […]
१५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् । ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, […]
१५ साउन, जनकपुरधाम । कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीको दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरिने भएको छ । सदरमुकाम जलेश्वरसहित महोत्तरी गाउँपालिकाको दुई वडामा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णयले शुक्रबार रातिदेखि दुई ठाउँमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको […]
१५, साउन हेटौंडा । मकवानपुरमा ३ दिनयता प्रहरीलाई घुस दिन खोज्ने १६ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक प्रलोभनमा परेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले ४ जना प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा परेको भन्दै निलम्बन गरेको छ । घुस दिँदै गर्दा पक्राउ पर्नेहरुमा अधिकांश प्रहरीको आँखा छलेर यात्रा गराउने चालकहरु १५ जना र एक जना […]
१५ साउन, वीरगञ्ज । प्रदेश, स्थानीय सरकार तथा स्थानीय प्रशासनले कोभिड संक्रमितको उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा उजुरी परेको छ । डब्ल्यूएचओ तथा नेपाल सरकारको प्रोटोकल विपरित कार्य भइरहेको भन्दै वीरगञ्जका अधिवक्ता सुधिर कर्णले उजुरी गरेका हुन् । रिट निवेदनमा कानुनको पालना गरी संक्रमितको सही व्यवस्थापन र उपचार गर्नुपर्ने लगायतको […]
१५ साउन, काठमाडौं । सर्वोच्च अदालतले लकडाउन अवधिमा घरभाडा तिर्न नसक्नेलाई दुर्व्यवहार नगर्न र घरबाट ननिकाल्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले घरभाडा तिर्न नसकेका कारण घरबाट निकाल्ने, निक्लन बाध्य पारिनेजस्ता दुर्व्यवहार नगर्न अन्तरिम आदेश दिएको हो । यसरी दुर्व्यवहार भएमा स्थानीय वडा कार्यालयलय सुपरीवेक्षण गर्न पनि अदालतले […]
१५ साउन, काठमाडौं । समाचार संकलनको क्रममा रहेका अनलाइनखबरकर्मीमाथि ‘इनफ इज इनफ’का कार्यकर्ताले दुर्व्यवहार गरेको विषयमा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । अनलाइनखबरका पत्रकार विश्वास खड्काथोकीलाई मंगलबार दुर्व्यवहार गरेका थिए । विभिन्न माग राखेर बसन्तपुरमा अनशन बसिरहेका अभियन्ताहरुको विषयमा समाचार संकलनका लागि पुगेका खड्काथोकीमाथि दुर्व्यवहार भएको थियो । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी […]
१५ साउन, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकामा कार्यरत एकजना २५ वर्षीया महिला कर्मचारीमा संक्रमण देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले जानकारी दिए । ‘२/३ दिन अघिदेखि उहाँलाई ज्वरो आएको रहेछ । त्यसपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार […]
१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् । ‘अस्ती मलाई […]
१५ साउन, काठमाडौं । एसिड आक्रमणमा परेकी २२ वर्षीया युवती पवित्रा कार्कीको उच्च शिक्षाको जिम्मेवारी नेविसंघले लिने भएको छ । कीर्तिपुर अस्पतालमा कार्कीलाई भेट्न पुगेका नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, बलदेव तिमल्सेना, तुलसा पन्त लगायतले पवित्राको उच्च शिक्षाको जिम्मेवारी नेविसंघले लिने घोषणा गरेका हुन् । ‘यो मानवताविरोधी अपराध हो, सरकारले यो कुरामा त्यत्ति […]
सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति […]
from समाचार – Online Khabar https://ift.tt/39PkCEQ
via IFTTT