समाचार
१५ साउन, काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता थुप्रिए पछि रिभर्स रिपोमार्फत नेपाल राष्ट्र बैंकले तरलता तान्न लागेको हो । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता […]
१५ साउन, काठमाडौं । कतिपय सार्वजनिक संस्थानहरुमा कर्मचारी पदपूर्ति, बढुवा र सरुवामा ट्रेड युनियनको भूमिका कायमै रहेको भन्दै लोक सेवा आयोगले असन्तुष्टि जनाएको छ । ट्रेड युनियनका प्रतिनिधि कर्मचारी छनोट गर्ने, सरुवा गर्ने, बढुवा गर्नेमा संलग्न रहने व्यवस्था नसच्चिएसम्म त्यस्ता संस्थानहरुमा कर्मचारी भर्नामा सहभागी नहुने अडान आयोगले लिएको छ । आयोगले औपचारिक रुपमा र अनौपचारिक […]
१५ साउन, हेटौंडा । पश्चिम मकवानपुरको मनहरी र धादिङ जोड्ने सडक निर्माणको तयारी चलिरहँदा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विवादमा तानिएका छन् । डीपीआरसमेत तयार भइसकेको उक्त सडक बन्दैन भन्ने अभिव्यक्ति दिएपछि पौडेलविरुद्ध सत्ता पक्ष र प्रतिपक्ष दलले संयुक्त मोर्चाबन्दी गरेका छन् । साउन ७ गते मकवानपुरको कैलाश गाउँपालिकामा बनेको दुबो खोला पुल उद्घाटनको क्रममा […]
१५ साउन, जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ । कुल २६ हजार ४ सय ७ जनाको स्वाब संकलन गर्दा २ हजार ५२१ […]
१५ साउन, बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको हो । शुक्रबार प्रदेशसभाको बर्खे अधिवेशनको अन्त्यमा मुख्यमन्त्री शेरधन राईले तीन […]
१४ साउन, काठमाडौं । नेपालले एक वर्षको अवधिमा विभिन्न कसुरमा मुछिएका ६७१ जना विदेशी नागरिकलाई निष्कासित गरेको छ । यसमध्येको ठूलो संख्या भिसा अवधि सकिएपछि नवीकरण नगराई बसेका विदेशी नागरिकहरूको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ मा ‘ओभर स्टे’को कसुरमा ५७८ र अन्य कसुरमा ९३ जना विदेशीलाई नेपालले सम्बन्धित मुलुकमा फिर्ता गरेको हो । […]
१५ साउन, काठमाडौं । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न थालेको गत असार २ गते एक वर्ष बित्यो । यो स्याटेलाइट प्रक्षेपण भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्यो’ भन्दै ट्विट गरेका थिए । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएलगत्तै विज्ञहरुले भने यो स्याटेलाइटलाई ‘डुंगालाई पानी जहाज […]
१५ साउन, चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गत मंगलबार नै गरेको थियो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष […]
१५ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक […]
१५ साउन, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा […]
१४ साउन, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे । छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको कडा भाषण सुनेका थिए । केही नेताले मोबाइलमा […]
१४ साउन, काठमाडौं । उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर यो निर्णय गरेका हुन् । योसँगै उपत्यका प्रहरीको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन हुने भएको गृहका एक […]
१४ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका कोभिड-१९ संक्रमित केही दिन अघि भारतबाट आएको खुलेको छ । कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले गम्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका- ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृत्यु […]
१४ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो । वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित […]
१४ साउन, काठमाडौं । रथारोहण गरिएको चौथो दिनभित्रमा रथयात्रा सुरु गरिसक्नुपर्ने रातो मत्स्येन्द्रनाथको परम्परा तोडिएको छ । शनिबार रथारोहण गरेको मत्स्येन्द्रनाथको रथयात्रा बुधबारसम्म पनि गरिएको छैन । जसले हालसम्मको परम्परालाई तोडेको संस्कृतिविद्हरू बताउँछन् । चैत २८ गते पहिलोपटक स्थगित भएको रथ बनाउने काम असार १० देखि सुरु भएको थियो । पटकपटक स्थगित हुँदै अन्योलका बीच […]
१४ साउन, सुर्खेत । लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या बढेको छ । यस प्रदेशमा असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ । जेठ ५ गते पहिलोपटक संक्रमण पुष्टि भएको कर्णालीमा पहिलो महिना ९५७ जनामा संक्रमण देखिएको थियो । असारमा ७५७ जनामा संक्रमण भेटिएको थियो । तर, साउन पहिलो […]
१४ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । ‘बोर्डले सञ्चालन गर्ने […]
१४ साउन, सुर्खेत । कालीकोटको महावै गाउँपालिकामा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । वडा नम्बर ७ मा बुधबार दिउँसो आएको पहिरोले तुलबहादुर महतराको घर पुरिँदा सात वर्षकी संगीता भण्डारीको मृत्यु भएको हो । त्यस्तै १२ वर्षका गणेश महतरा घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी […]
१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. विश्वराज जोशी (बीआर जोशी ) लाई नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार, वीर […]
१४ साउन, बुटवल । लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम बढेको छ । चार महिना लामो लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेका छन् । सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाप्रति लापरवाही बढ्न थालेको छ । भारतबाट प्रहरीको आँखा छलेर भारतीय कामदारहरु नेपाल आउने क्रम पनि रोकिएको छैन । ती भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको […]
१४ साउन, काठमाडौं । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न आयोगका अध्यक्ष उमेश मैनालीसहितका पदाधिकारीलाई बोलाइएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विजय सुब्बाले प्रश्न गरे– ‘बाबुले छोरीलाई शतप्रतिशत नम्बर दिलाएर लोकसेवा पास गराउन खोजेको कसरी ?’ लोक सेवा आयोगअन्तर्गतको सुरक्षा निकाय तथा संगठित […]
from समाचार – Online Khabar https://ift.tt/30VpDHM
via IFTTT