समाचार
१५ साउन, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने ) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय फेरि सुरु गरेको प्रश्न उठेपछि बिहीबार बसेको समितिको बैठकले […]
१५ साउन, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक […]
१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् । ‘अस्ती मलाई […]
१५ साउन, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा गरीब र विपन्न परिवारका लागि निःशुल्क वितरण गर्नुपर्ने सोलार बत्तीमा अनियमितता भएको पाइएको छ । बिजुली बत्तीवको पहुँच नभएका गरीब परिवालाई अनुदानमा निःशुल्क उपलब्ध गराइएका सोलार बत्ती जनप्रतिनिधि र कर्मचारीले आफ्नो घरमा जडान गरेको पाइएको हो । कञ्चन गाउँपालिका वडा नं १ वडा सदस्यहरु गोमा कार्की, जुना परियार, […]
१५ साउन, बुटवल । बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण बुटवल–४ लक्ष्मीनगरमाथिको चुरे पहाड खसेपछि बस्ती जोखिममा परेको हो । तीनतिरबाट झरेका पहिरोले दर्जनौं रुख र ठूला–ठूला ढुंगाहरु बगाएर ल्याउंदा सुखौरा खोलाको धार नै परिवर्तन गरेको छ । पहिरोले खोला नै थुनिने र बस्तीतिर आउने खतरा बढेको स्थानीय […]
१५ साउन कैलाली । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए । ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म […]
१५ साउन, काठमाडौं । पछिल्लो डेढ महिनामा तरकारीकोे मूल्य अत्यधिक बढेको छ । आलु, गोलभेडा, काउली, भण्टादेखि धनियाँ लगायतको मूल्य ६ सय प्रतिसतसम्म बृद्धि भएको छ । थोकमै बढेपछि खुद्रा मूल्य झनै आकासिएको छ । प्रभावकारी सरकारी अनुगमन नहुँदा हरेक छाक तरकारीको खरिदमा उपभोक्ता ठगिन बाध्य छन् । कालीमाटी तरकारी बजारले तोक्ने थोक मूल्य र […]
१५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पाल्पाले श्रीकृष्ण जन्माष्टमीसम्मका सबै जात्रा पर्व रद्द गर्ने निर्णय गरेको छ । साउन ११ मा जिल्ला प्रशासन कार्यालयमा बसेको सबै स्थानीय तह, गुठीयार र गुठी संस्थानका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् । उनका अनुसार बैठकमा प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी, […]
१५ साउन, काठमाडौं । सरकारले १५ साउनबाट पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गर्यो । यसमा होटेल पनि थियो । सोहीअनुसार बिहीबारबाट देशभरका होटेल खुलेका छन् । तर, यसलाई व्यवसायीहरु मुलढोका उघि्रएको मात्र रुपमा बुझ्छन । किनकी यो सार्वजनिक यातायात वा हवाई यातायातजस्तै खुल्नासाथ चलिहाल्ने व्यवसाय होइन । ‘अहिले होटेल खुल्नु मतलव आजै पाहुनालाई स्वागत हुन्छ […]
१५ साउन, विराटनगर । कोसी अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार बिहीबार ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएको हो । ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दुईजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा […]
१५ साउन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा दलितका लागि छुट्याएको १० लाख रुपैयाँ काम नगरी भुक्तानी दिएको पाइएको छ । दलित क्षमता विकास उपभोक्ता समितिको नामबाट पेस भएको प्रस्ताव स्वीकृत भई भुक्तानी दिइएका उक्त योजनाका सबै कागजातहरु फर्जी रहेको पाइएको छ । गत जेठ १४ गते एक भेला आयोजना गरी उक्त […]
१५ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।
१५ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले लालबन्दी नगरपालिकाबाट एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको टोखा घर भई काठमाडौंको जोरपाटी नगरपालिका १ बस्दै आएका १९ वर्षीय सुनिल सन्थाली छन् । सन्थालीको साथबाट १९६ थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका १ बागबानी नजिक पैदल हिंडिरहेका उनीमाथि शंका लागी […]
१५ साउन, काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो । उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी […]
१५ साउन, काठमाडौं । चीनले विस्तार गरिदिएको कोटेश्वर-सातदोबाटो-कलंकी सडकखण्ड अवैज्ञानिक र अव्यवहारिक भन्दै चौतर्फी विरोध भयो । सडक विभागले विज्ञहरुको सुझावलाई आधार बनाएर तीनकुने-एयरपोर्ट-तिलगंगा सडकखण्डलाई फुटपाथ र साइकललेनसहित विस्तार गर्ने गरी १२ लेनको डिजाइन तयार गर्यो । तर, अर्को अध्ययनले देखायो- ३ अर्ब लागतमा त्यहाँ सुन्दर नमूना शहरी सडक बनाउन त सकिन्छ, तर ‘साइट क्लियर’ […]
१५ असार, पोखरा । स्याङजा गल्याङमा पनि एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ती सुरक्षाकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै स्याङजामामात्रै एसपीसहित जिल्लाभरिमा ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुनै पनि ट्राभल हिस्ट्रीबिना गल्याङमा बिहीबारमात्रै २ जना संक्रमित पुष्टि भएका छन् […]
१५ साउन, जनकपुरधाम । सिराहाको सिराहा नगरपालिकामा एकजना व्यक्तिको कल्भर्टमा डुबेर मृत्यु भएको छ । सिराहा नगरपालिका-१० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५० वर्षीय मुखियाको सोही कल्भर्टमा डुबेर मृत्यु भएको र शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी […]
१५ साउन, बुटवल । कपिलवस्तुको सुरई खोला नजिक पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षापछि खसेको पहिरोले बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकाले सडक खुलाउन चार–पाँच घण्टा समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । वर्षा नरोकिएकाले सडक हटाउने काम […]
भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ । त्यस्तै […]
१५ साउन, रौतहट । ३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर […]
१५ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको […]
from समाचार – Online Khabar https://ift.tt/313XcHN
via IFTTT